
बेंगलोर । बेंगलोरमा एक जना नेपालीको बिल्डिङबाट खसेर मृत्यु भएको छ । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका सचिव जय बहादुर बिक, सदस्य धर्म पहरी लगायत नेता कार्यकर्ताहरुले पाउनसाथ ३१/१२/२०२४ का दिन घटनास्थल बेंगलोर व्हाइट फिल्डको भत्तुरमा पुगि मृतक शिद्वाराज अवस्थीको उनले काम गर्ने बिल्डिंगको पाँचौ तलाबाट खसेर मृत्यु भएको निजकी श्रीमती गोमती अवस्थी र नजिकमा रहेका एकजना नेपाली र स्थानिय बताएका थिए ।
निज मृतक टेकराज अवस्थीका छोरा सिध्दराज अवस्थी वर्ष ४१ का डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका १ भेट भतकण्डाका स्थायी बासिन्दा हुनु हुन्थ्यो । पछि घटना रिपोर्ट नजिकमा रहेको पुलिस स्टेशन भत्तुरमा केश दर्ज गरिएको थियो । बाँकी प्रक्रिया मृतकका आफन्त नेपालबाट आए पछि ०२/०१/२०२५ का दिन प्रशासनिक प्रकृया पुरा गरी मालिकसँग मृतकको श्रीमती बालबच्चाको लागि क्षतिपूर्ति उपलब्ध गराए पछि पोस्टमार्टम गरी भत्तुरको संशनघटमा आफन्त जन उत्तर नगर समितिका सचिव जय बहादुर विक र मालिक लगायतको उपस्थितिमा अन्तिम दाहंस्कार गरिएको छ ।