मूल प्रवाह एल्लुरुको चौथो नगर सम्मेलन

एल्लुरु । आध्र प्रदेशको एल्लुरुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौथो नगर सम्मेलन सम्पन्न भएको छ ।

महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा डिसेम्बर २७, २०२५ का दिन मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत सो सम्मेलन सम्पन्न भएको हो ।

सो अवसरमा उद्घाटन मन्तव्य राख्दै महासचिव पौडेलले मूल प्रवाह प्रवासी नेपालीको असल अभिभावक भएको दाबी गर्नुभयो ।

नेपालीहरू आपतबिपत्मा सहयोग गर्ने भूमिका मूल प्रवाहले खेलेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा मूल प्रवाहका नेताहरू माया थापा, सन्जोग दुलाल, थानेश्स्वर भण्डारी, राजकुमार रायमाझी, दुर्गाप्रसाद आचार्य, पूर्णबहादुर कुँवर र सुजन पुनमगर को आतिथ्य रहेको थियो ।

सम्मेलनको सञ्चालन नरेन्द्र पुनले, अध्यक्षता रामप्रसाद पौडेल (क) ले र स्वागत राधिका पौडेलले गर्नुभएको थियो ।
सम्मेलनले शिवराज पौडेललाई अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा लक्ष्मी जिसी, सचिव अशोक कुंवर, सहसचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा कमला भट्टराईलाई चयन गरेको छ ।

समितिको सदस्यमा शङ्कर खड्का, रामु पौडेल, खुम खड्का, खिमकला गाहा, राधिका पौडेल, पद्मा पुन, जितबहादुर कुँवर, खेमसिंह बगाले र तुलबहादुर रायमाझी रहनुभएको छ ।

वैकल्पिक सदस्यमा लक्ष्मण जिसी, अमृता लम्तारी, माधवजङ्ग रायमाझी, पदम खत्री, प्रीतमबहादुर पुन र कुलबहादुर जिसी तथा सल्लाहकारमा धनबहादुर कार्की, जितबहादुर राना, भक्तबहादुर लम्तरी, रामबहादुर सारू र तीर्था आचार्य रहनुभएको छ ।

महिला विभागको संयोजकमा आचार्य

सम्मेलनले नगर समितिअन्तर्गत महिला विभाग पनि गठन गरेको छ

समितिको संयोजकमा राधिका पौडेल तथा सदस्यमा लक्ष्मी जिसी, खिमकला गाहा, पद्मा पुन, अमृता लम्तरी, कमला भट्टराई, शान्ति सूर्यवंशी, तीर्था आचार्य, शोभा गाहा र अनिता पहरी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार