शिवप्रसाद पोखरेलप्रति मसालको श्रद्धाञ्जली

काठमाडौँ । दाङ गढवा–४ निवासी शिवप्रसाद पोखरेलको निधन भएपछि नेकपा (मसाल) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।  प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ चैत ६ गते बुधबार शोकवक्तव्य जारी गर्दै पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।

प्रवास तथा स्वदेशमा पार्टीका विभिन्न तह र सामाजिक सङ्गठनमा कार्यरत पोखरेलको निधनबाट पार्टीको आन्दोलनमा क्षति पुगेको वक्तव्यमा उल्लेख छ ।

यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

“दाङ जिल्ला गढवा गाउँपालिका–४ निवासी कामरेड शिवप्रसाद पोख्रेलको ५९ वर्षको उमेरमा २०८१ फागुन २९ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

का. शिवप्रसाद हाम्रो पार्टीको पुरानो सदस्य हुनुहुन्थ्यो । उहाँले प्रवास र स्वदेशमा विभिन्न सामाजिक सङ्गठनका साथै विभिन्न जनवर्गीय मोर्चा र हाम्रो पार्टीका विभिन्न तहमा रहेर काम गर्नु भएको थियो । जीवनपर्यन्त पार्टीको विचार र उद्देश्यप्रति प्रतिबद्ध रही जिम्मेवारी निर्वाह गर्नुभएका का. शिवप्रसाद पार्टीको अनुशासित, जुझारु र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।

अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

दाङको गढवा–४ उठैया निवासी पोखरेलको ५९ वर्षको उमेरमा गत फागुन २९ गते बिहान करिब ६ बजे असामयिक निधन भएको थियो ।

उहाँले भारतको अनुपगढमा सन् १९९३ ताका उहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समितिको अध्यक्षमा रहनुभएको थियो । सन् १९९७ पछि उहाँ मूल प्रवाह श्रीगङ्गानगर नगर समितिको दुई कार्यकाल सभापति/अध्यक्ष बन्नुभयो । त्यसपछि उहाँ सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको सदस्य रही सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार