विकानेर लालगढमा एरिया समिति गठन

विकानेर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेर अन्तर्गत, लालगढ़मा एरिया समिति गठन भएको छ । सो अवसरमा नगर अध्यक्ष विशाल अधिकारी, क्षेत्रीय सदस्य राम प्रसाद, क्षेत्रीय सदस्य रामकुमार रसाइली, क्षेत्रीय महिला बिभागकी सदस्य सबिता खनाल, नगर सदस्य बल बहादुर राना, नगर समिति महिला विभाग मनिषा भुलको बिशेष उपस्थिति रहेको थियो ।

भेलाले दयाराम भण्डारीको अध्यक्षतामा ११पूर्ण ४ बैकल्पिक ४ सल्लाकार गरि १९ सदस्यीय एरिया समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष– बालाराम जैशी, सचिव– पुरन देवकोटा, सहसचिव– शिब राज भण्डारी, कोषाध्यक्ष– दिपा बिक, सदस्यहरुमा क्रमशः राम प्रसाद जैशी, जीत सुजी,मन्सरा भण्डारी, हिम कला जैशी, पार्बती बिक, भिमराज देवकोटा, वैकल्पिक सदस्यहरुमाः तारा भण्डारी, टेकराम जैसी, राजाराम सञ्जाल, गोरख सुजी, सल्लाहकारहरुमाः हेमन्त भण्डारी, गणेश जैशी, टेक राज देवकोटा र एकस्थान रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार