

चेन्नै । भारतको चेन्नैस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारओटा नगर समितिको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न भएको छ ।
मूल प्रवाह चेन्नै पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको आयोजनामा मे १, २०२५ का दिन एक सय छत्तिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य हरिप्रसाद शर्मा र सितम्बरम नगर समिति सदस्य दुर्गा हमाल, चेन्नै दक्षिणका नगर सचिव रोमबहादुर सापकोटा, चेन्नै पश्चिमका उपाध्यक्ष प्रकाश नेपाली, चेन्नै पश्चिमका नगर सहसचिव नेत्रलाल शर्मा, कलाकारको तर्फबाट डिलबहादुर जिएम, चेन्नै पूर्वकी सम्झना बस्याल र सुनिल नेपाली, चेन्नै पश्चिमका केशव नेपाली, बुद्वबहादुर नेपाली, रवि नेपाली, लोककुमारी थापा, राजेशकुमार सुनार, रामु नेपाली, मीनबहादुर क्षेत्री, गङ्गा नेपाली, राजु बस्याललगायतले मन्तव्य राख्नुभएको थियो ।
चेन्नै उत्तरका अध्यक्ष गोपाल विकको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन चेन्नै पश्चिमका सचिव किसोर शर्माले र स्वागत चेन्नै पूर्वका अध्यक्ष ओमकान्त शर्माले र कलाकारद्वारा गरिएको थियो ।