सुरेशकुमार पाण्डे
ठुला ठुला घटनाहरुनै बारबार भए,
त्यसैले त जनता पनि दिकदार भए ।
अर्काको देश जोगाउँन ढाल हुँनेहरु,
आफ्नै संतानहरु मास्ने तरवार भए ।
जनताले धेरै आस गरेर पठाए पनि,
सदै उस्तै कान चिरेका सरकार भए ।
देश र जनताको त छैन कत्ति चासो,
कुर्चिको लागि संसदमै मारामार भए
कैले बाडि कैले भुचाल र गृह्य युद्ध,
र बिदेशी अतिकर्मण लगातार भए ।
संसारका सबै भन्दा पौरखी जनता,
यि घट्नाले हृदय पनि आरपार भए ।
कैले असमान सन्धि कैले एमसीसी,
निरन्तर आक्रमणले नाङ्गेझार भए ।
बिदेशीहरु हाम्रो घरकै धुरिमा चड्दा,
रामछाँया हाम्रो जातीय तकरार भए ।
संसार भरिका बहादुर वीर गोर्खाली,
बदलामा समस्या मात्रनै उपहार भए ।
२१ मार्च २०२०,