सागर परियार
विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट नेपालीलाई सजग बनाउन भारतको हिमाचल प्रदेश किनौर जिल्लामा नेपाली एकता समाजले सचेतना अभियान जोगाईरहेको छ । हजारौको संख्यामा रहेका नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना संक्रमणबाट बच्न, सावधानीका उपायका बारेमा घरघरमा गएर सचेतना दिने गरिएको एकता समाजका अध्यक्ष मिथुन सिंहले बताए ।
उनका अनुसार भारत सरकारले कफ्र्यु लगाउनु पहिलो सचेतना कार्यक्रम ठाउँठाउँमा गरिएको थियो । तर अहिले जनता कफ्र्यु भएकाले घरबाट कमाउन गएका एकल महिला पुरुष, यूवा यूवतीलाई नआत्तिन तथा समस्या भएको खण्डमा नेपाली एकता समाजलाई खबर गर्नु होला । त्रसित भन्दा पनि सजक हुनुहोला भनेर सिकाउदै आएको सिंहले उल्लेख गरे ।
नेपाली एकता समाजले राजदुतावाससँग समन्वय गरी नेपालीलाई संक्रमण भएको खण्डमा तत्तकाल चेकजाँच तथा उपचारको समेत व्यवस्था गरिएको एकता समाजका कोषाध्यक्ष नरी परियारले बताए । उनका अनुसार शौचालय गईसकेपछि,फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ । भारतमा माहामारी हुने शंकाबाट त्रसित भएकाले सजक हुन र नआत्तिन समेत आग्रह गरिएको छ ।
कुनै समस्या भएको खण्डमा नेपाली एकता समाजका सम्पर्क व्यक्ति – ७०१८५८४६४९ / ७०१८४५२४१६) मा सम्पर्क गर्न भारतको हिमाचलमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई अनुरोध गरिएको छ ।