जीवन हरी शर्मा
आयो संकट विश्वमा दिनदिनै, झुक्दैछ मान्छे किन ?
खायो विश्व सखाप पार्छ कि कतै हाम्रै घुस्यो आगन
साह्रै होस गरे बचिन्छ कि कतै, मान्दैन यो मासिन
भन्थे मै हो, म राख्छु विश्व वसमा रोए अहो ति किन ?
एउटा मात्र रहेन देश अछुतो, दिन्न कुनै उम्कन
ठूलो शक्ति छ, अस्त्रशस्त्र महिमा क्षेप्यास्त्रको भेदन
जंगी यान, रकेट, जेट बनिए त्यो चन्द्रमा उक्लिन
इष्र्या, दम्भ, घमण्ड शक्ति सबको खोज्दैछ सिध्याउन
खै के काम भयोर शक्ति गतिलो, आफै भयो क्षेदन
केही काम गर्न नपाउँदै जगतमा किन लाखौं विमारी किन ?
दष्र्टा, दृष्टि, भविष्य देख्छ जसले, त्यो देवतामा गन
हाँसी मर्दछ ज्ञान यो जगतमा, विज्ञान रोई कन
साँच्चै सावित हुन्छ कि उक्ती कि कतै, देखेर भन्ने मन
धेरै बुद्धि भयो, योजनाहरु भए, सक्दैन होलन छुन ।
अर्को सूर्य यान मंगल पुगे, बन्दैछ तारा जुन
भन्छन् द्वित विजयी गर्यौं प्रकृतिमा, सामथ्र्य काम्यो किन ?
सुरो भई उभि दिन्छ नित्य पथमा श्रद्धान्जली पाउन
मेरै हो, सुख भोग होइन अरुको, आफू पुग्यो मासिन
अरबौं अरब गरे खर्च बोममा सद्बुद्धिको दोहन
राख्या छौं दिन रात भन्छ वसमा हुंकार थाक्यो किन ?
छेवअई अनि बस्दछन् प्रकृतिका खाना पुरानै लिन
जो जो बस्दछ गुप्त बास घरमा त्यो भाग्यशाली जन
शंका गर्दछु आज विश्व विचमा विज्ञानको दूरदिन
कोरोना भनिने छ भाइरस यो मान्छे डरायो किन ?