- सुरेशकुमार पाण्डे
छिछि…….कति दुःख लाग्छ हाम्रो समाजको यो रुढिवाद र अन्धविस्वाशलाई देख्दा । आफ्नाबाटै गन–गन गर्दै सेते पलंगमा थचक्कै बस्छ ।
घरमा दुईजना बाहेक अरु थिएनन् । यो कोरोनाको कारणले पनि फिलहाल जो जहाँ थिए उहिँ छन् । एक त बिहानैबाट भाग दौडले थकित ज्यान त्यहि माथि यो समाजको कुरिति देख्दा त झनै लखतरान परेको छ । पानीको गिलास नजिकैको टेवुलमा राख्दै सेतीले पानी पिउनुस भन्छिन, के भयो र सञ्चो छैन ? उन्ले सेतेलाई उदाश देखेर आश्चार्य हुँदै सोध्छिन् । मलाई त केही भएको छैन हाम्रो सामाजिक समरचनाको बिमारी पो निको हुँन सकिन “सेते भन्छ, बुझिन मैले ? सेतेको उत्तर सुनेर नबुझे जस्तै गरि प्रश्न गर्छिन् । समाज बौलाउँदैछ संसार कहाँ पुग्यो कहाँ, भन्दै पानीको गिलास खाली गर्छ ।
अहिले आएको यो बिश्व ब्यापि रोगबाट निजात पाउँन कसैले रातो भाले काटेर देवता पुज्दैछन् कसैले कालो पाठो कबुलेका छन् । चित्रेले पनि एकबोतल रक्सि देवताको नाममा चढायो अरे “आज ता अति भयो छि यो समाज कैले सुध्रेला ? हावामा प्रश्न तेर्छाउँदै बडबड गर्छ ।
बाहिरबाट आएर भर्खरै हात खुट्टा मिचि मिचि साबुनले धोएर पलङमा पल्ट्यो । चैत्रको अन्तिम तिर बाहिर गर्मि यो बर्ष पहिलेको जति नभए पनि आज गर्मिनै थियो । बिहानै निस्केको सेते भर्खरै आएको थियो, लकडाउन भए पनि खान त नखाएर हुँदैन । सेतीले केहि दिनबाट खाने तेल सकिएको भन्दै थिइन् । बिहानै महिना भरी खाएको ऋण पनि तिर्नै थ्यो, बैँकहरुमा पनि ऋण लिएको किस्त बुझाउँनु थियो । बजार सबै बन्द थिए, सुनशान थियो । बाटामा गरिब मजदुरहरुको झुग्गि बस्तिको हालत देख्दा अत्यन्तै दुःख लाग्यो । एकछिन ठिङ्ग उभिएर बस्ति निहाले पछि फर्किएको थियो ।
उनीहरु बिना काम घाम तापेर बसेका बच्चाहरु माटोमा खेलेका केहि दिन यस्तै हाल हो भने कोरोनाले भन्दा भोक र अरु रोगले गरिब बस्ति नै उजाड हुने अबस्था दिखियो । काम नभए पछि के खाने उनीहरुको अगाडि अनिकालको अबस्था छ । कता कति समान बितरण गर्दा पनि एक केजी आलु ५ जनाले फोटो खिचाएर आफ्नै प्रचार गरेको पनि देखियो ।
लकडाउनको पनि दुई साता भन्दा बढि भै सक्यो, १५ लाख भन्दा बढि मानिसहरु संक्रमिक र करिब ९० हजार मृत्यु भैसकेको समाचारहरुले भन्छन् । यो अबस्थामा स्वास्थ्यक्रमिहरु दिन रात एक गरेर मानिसहरुलाई जोगाउँन तल्लिन्छन् । कतिपय जनताका यो रुढिवादी नाटकले उनीहरुलाई झनै संकटमा पार्ने देखिन्छ । यतिबेला त बरु डाक्टर, बैज्ञानिकहरुलाई साथ दिने आफु आबश्याक भन्दा बाहिर नहिँडेर आफै जोगिने गर्नुको सट्टा सडकमा हिंड्न पाइनौं भनेर कुर्लेकाछन्, कतै मेला लगाएका छन् । यस्तैयस्तै समाचारले आज सेते पनि अलि परिसान देखिन्छ ।
भर्खरै अँस्ति सरकारले राती बत्ति मारेर दियो जलाउँन लगायो नौ मिनेट, त्यो भन्दा पहिले थाल ठटाउन लगायो, के हुँदैछ, आज यो समाज भित्र ? भन्दै सेते मनमनै बडबडाउँछ ।
एकछिन पछि सेतीले चिया लिएर आउँछिन् । आफुले चिया पिउँन नपाउँदै टैङ्गटैङ्ग…… घर अगाडिको मन्दिरमा कुनै अन्जान मान्छेले घण्टा बजाउँदै भगाई देउ प्रभु महाराज यो कोरोना भनेको प्रस्ट सुन्निन्थ्यो ।
सेतेको ध्यान त्यतै थियो, संसारमा विज्ञानले यति ठुलो बिकास गरेपनि मानिसको चेतनाको बिकास हुन सकेन, यो मान्छेहरुको निद्रा खुल्न सकेन, उ भगवानलाई जगाउँदैछ भन्छ र खितितिति हाँस्छ सेते ।
केहि दिन पहिले गाईको गोवर र गौमुत्रको पनि ता भण्डारा लागेको थियो अरे जताततै समाचारमा आयो, भन्दै अरु थप्छ– यस्तो छ समाज ।
भयो छाड्नुस्, कति आफ्नो दिमाख खियाउँनु हुन्छ ? थाकेको बेला एकछिन आराम गर्नुस् भन्दै सेतीले सम्झौउँने कोशिस गर्छिन् । एकछिन सुनसान हुन्छ सेती उठेर किचन तिर लाग्छिन् । जे जस्तो भए पनि खान खानै पर्यो भन्दै सेती बोलेको सुनिन्छ । सेतेले मोवाईल उठाएर मुहार पुस्तिका हेर्न थाल्छ तर मेसेञ्जरको बेल बज्छ हातैमा फोन भएकोले तुरुन्तै उठाउँछ हजुर नमस्कार उताबाट हो भाई बाँचिरहेस् सञ्चै छौ ? फोन छिमेकि एकजना दाई पर्नेको रैछ, हजुर दाई हामीलाई संचैछ हजुरहरुको के कस्तो छ ? सेतेले सोध्छ । यहाँ पनि सबै ठिकै छ बाबु, त्यहाँ आफ्नो ख्याल राखे, हामीले त दिनहुँ पुजापाठमा लागेका छौँ, ध्वजा देवतालाई बान्दै, तिम्रो भाउँजुले त देविलाई रोट पनि कवुलेकी छन्, उताबाट दाईले भने । सेतेलाई भित्रभित्रै पोलेको छ हाँसो पनि लागेको छ । फोन काट्दा दाईले गाह्रो मान्लान् सुन्नु बाहेक अरु के गर्न नै सक्थ्योर ?
“यहाँ त त्यो कोरोना भाइरस आउँन सक्दैन भाई तिमिहरुले पनि पुजापाठ गरेर भगाउ है” भन्दै कुराको बिट मार्छन् । सेतेले नबोली मोवाइल भन्द गर्छ ।
सिरानीको नजिको कार्ल मार्क्सको जीवनलाई टुलुटुलु हेर्दै– कति दूरदर्शी थिए कार्ल मार्क्स । जसले आज भन्दा दुई सय बर्ष पहिले धर्मलाई अफिमको नशा भनेर ब्याख्या गरेका थिए । समाजमा ठिक त्यस्तै आज रुढिवाद र अन्धबिस्वासले घर जमाई राखेको छ । त्यसैले गर्दा हाम्रो समाजले सहि र गलत छुट्टाउँन सक्दैन । धर्मको नाममा, जातको नाममा, देवी देवताको नाममा, हिंदू, मूस्लिम, सिख, ईसाई आदि ईत्यादिको नाममा लडेकै हुन्छन् ।
मानविय एकता हुन नसक्नु यसैले त हो । बिश्व ब्यापि रुपमा फैलिएको कोरोना (कोविड(१९) लाई कसैले रातो भालेको कसैले कालो बोकाको वलि दिएर निजात पाउने कल्पना गरेका छन् । समाजमा एकता हुन नदिन यो धर्मको नाममा समाजलाई भिवाजित गरेको कुरा दुई सय बर्ष भन्दा पहिले जन्मेका कार्ल मार्क्सले बताएका थिए । आज पनि मेरो वरिपरि यो समाजलाई फिल्टर गर्ने हथियार बनेर मुक्तिको मार्ग बनेर ति महान दार्शनिक जिवत नै छ ।
यहि सोंचेर सेते निरास हुँदैन त्यो पुष्तकलाई फेरी अध्यान गर्न जुट्द छ ।
८ अप्रेल २०२०