मजदूरको आफ्नो देश हुँदैन, न त कुनै चाडपर्व हुन्छ, न त कुनै जात धर्म हुन्छ, हुन्छ त केवल पसिना र रगतले साटेको मई दिवस । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन मजदुरको रगतले साटेर ल्याएको हक अधिकार हो तर अतिरिक्त श्रमशोषणले मजदुरको जीवन कष्टकर बनिसकेको छ ।
एकछाक पेटभरी खान नपाएर कुपोषणले कालको मुखमा धकेलिएका छन् । ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । विस्तारै विस्तारै सबै हक अधिकार गुमाइसकेका छन् । सत्ताधारीहरू तिनै मजदुर दुःखी गरिबको मुक्तिको मिठो गुलियो कुरा गरेर भोट किन्छन र आफ्नो स्वर्गको आनन्दमय शासनको आयु लम्बाउ छन् ।
कोरोना भाईरस फैलिसकेको विश्व महामारीको गम्भीर अवस्थामा करोडौं मजदुरहरु बेरोजगार बनिसके । यो पँुजिवादी प्रतिक्रियावादी राज्यव्यवस्थाले मजदुरहरूको जीवनसँग खेलवाड गर्यो । अझ मजदुर हकहित मुक्तिको कुरा गरेर थाक्दैनन् यिनीहरु नै । तिनीहरूलाई थाहा छैन आज मजदुर दिवश ?
रगतले साटेको मई दिवस । भोको पेटबाट क्रान्तिको ज्वालामुखी बिष्फोट हुन बेर लाग्दैन । म शुभकामना भन्दैन किनकी शुभकामनाले गुमेको हक अधिकार फिर्ता आउँदैन । यो प्रतिक्रियावादी पुँजिवादी राज्यव्यवस्थाले धर्ना अहिंसा सदाचार प्रेमको भाषा बुझ्दैन । रगतको होली आजको मई दिवसको संदेश हो । जीते संसार, हारे यहि एउटा ज्यान ।
मई दिवस– जिन्दाबाद ।
ईन्कलाव – जिन्दाबाद ।
शिकागोका शहिदहरुलाई– लालसलाम ।