काठमाडौं । भारतस्थित नेपालीहरुको सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली श्रमिकहरुको अभिभाविकीय भूमिका निर्वाह गर्दै भारतका विभिन्न शहरहरुमा रोजगार गुमाएर अलपत्र परेका नेपालीहरुको डाटा तथ्यांक संकलन गरि नेपालको परराष्ट्र मन्त्रालयमा तत्काल उद्दारका लागि माग पत्र पठाएको छ ।
लकडाउनसँगै बन्द भएका असंगठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरु यतिवेला भारतका विभिन्न राज्यहरुमा बेरोजगार तथा असाह्य भएका छन् । श्रमजिवीहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भएको छ । यो अवस्थामा अत्यन्तै दयनीय अवस्थामा पुगेका नेपालीहरुका बारेमा नेपाल सरकार समक्ष ध्यानाकर्षण गराउँदै पिडीतहरूलाई यथासक्य छिटो उद्धारका लागि जोड दिंदै मूल प्रवाहले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासलाई सो माग पत्र पठाएको हो ।
यतिवेला विश्वमा कोरोना भाईरस (कोविड–१९) संक्रमणले अत्यन्तै भयभित र अक्रान्त बनाइरहेको अवस्था भएको सबैलाई जानकारी छ । यो संक्रमणलाई रोकथामका लागि अपनाइएको लकडाउनसँगै ठूला–साना उद्योग, रेस्टुरेन्ट, ढावा, स्कुल÷कलेज, पेईग गेस्ट, कैंटीन, मोमोज स्टाल, ठेला गाडि, तरकारी विक्री, चाय पसल, वेटर काम, मार्केट तथा क्लोनीमा चैकिदारी, क्रेशर, पोल्ट्री फार्म, पशु फार्म, पसलहरु लगायतका सबै असंठित क्षेत्रहरु बन्द भएका छन् । यसले अंसगठित क्षेत्रमा कार्यरत हजारौं मजदुरहरू प्रभावित भई बेरोजगार तथा असाह्य भएका छन् । यसरी खान, बस्न समस्यामा परेका करिब २१ हजार नेपाली श्रमिकहरुको विबरण संकलन गरि मूल प्रवाहले परराष्ट्र मन्त्रालयमा इमेल मार्फत पठाएको हो ।
माग पत्रमा भारत अध्ययन गर्न आएका नेपाली विद्यार्थी, उपचारका लागि आएका बिमारीहरू एवं लकडाउनको कारणले बेरोजगार र असाह्य बन्न पुगेका नेपालीहरू निराश भई अवसादको शिकार भईरहेको अवस्था भएको नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । यो अवस्थामा लामो समयसम्म उनीहरूलाई भारत मै रोकेर राख्नु अव्यहारिक, अमानवीय एवं जनता माथिको क्रुरुता हुने समेत माग पत्रमा जिकिर गरिएको छ । “नेपालमा पनि संक्रमणको संख्यामा बृद्धी भइरहेको छ । भारतमा पनि सुरक्षित वातावरण छैन तर जुनसुकै अवस्थामा पनि आफ्ना नागरिकहरूप्रति उत्तरदायी हुनु राज्यको दायित्व हो ।”
मूल प्रवाहले बुझाएको सो माग पत्रमा नेपाल सरकार अत्यन्तै सम्वेदनशिल भएर बोर्डरमा स्वास्थ्य परिक्षण गरि आवश्यक पर्नेलाई नेपालमै आईशोलेसन एवं अन्यलाई स्थानीय निकायका वार्डहरुमा कोरेन्टाइनको व्यवस्था गर्ने गरि भारत प्रवासमा असंठित तथा अलपत्र अवस्थामा पुगेका नेपालीहरुलाई यथासिघ्र उद्धार गर्न माग गरेको छ ।
माग पत्रको बोदार्थ, प्रधानमन्त्रीको कार्यालय, नेपाली दूतावास नयाँ दिल्ली र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई समेत पठाइएको समाजका अध्यक्ष दुर्गाबहादुर केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार सो नामावली विबरण संकलन अभियान केवल दुई दिन चलाइएको थियो ।
माग पत्र PDF मा
[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2020/05/Mag-Patra-7-May-2020.pdf” title=”Mag Patra 7 May 2020″]