नयाँ दिल्ली । रोजगारका शिलसिलामा देश छोडेर प्रदेश पुगेका जो कसैलाई पनि अपन्त्वको अभावको पूर्ति दूतावासले नै गर्नु पर्ने हुन्छ । तर मंगलबार दिल्लीमा दाङका गोबिन्द खत्रीको निधन हुँदा उनका साथीहरुले कैयौं पटक फोन गरे तर उठेन । उठ्यो त केवल गोबिन्दको देहलिला ।
दाङको बङ्गलाचुली गाउँपालिका– ६ तिमीले निवासी मानबहादुर खत्रीका छोरा ४२ वर्षिय गोबिन्द खत्रीको नयाँ दिल्लीमा मंगलबार दुःखद निधन हुँदा र उनका सहयोगी साथीहरुले सहयोगका लागि हात फैलाए तर कतैबाट आएन । लामो समयदेखि पेट सम्बन्धि विरामी रहेको र आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा गोबिन्दले जीबनबाट दुःखद रुपमा विदा लिनु पर्यो ।
यो एउटा प्रतिनिधि मुलक घट्ना हो । यस्तै कैयौं गोबिन्दहरुले सरकार र सरकारका सम्बन्धित निकायलाई हारगुहार गर्दा कानमा तेल हालेर बसेकै कारण ज्यान गुमाउनु परेको छ । चाहे त्यो रेलको यात्रा होस् वा बसको यात्रामा कैयौं नेपालीहरुले अपमानित हुनु पर्ने र ज्यान गुमाएका कैयौं घटनाहरु छन् ।
घटना घट्छ, त्यो स्वभाविक रुपमा लिनु पर्ने हुन्छ तर घटना हुन पूर्व जानकारी गराउँदासम्म वा गराउन खोज्दासम्म पनि सरकारले खटाएर पठाएको दूतावास र उसका कर्मचारीहरु गम्भिर नहुँदा जो कसैलाई पनि दुःख लाग्छ ।
हो, वर्तमान समय कोरोना भइरस संक्रमण महामारी कै रुपमा फलिरहेको अवस्था छ । तर पनि दूतावासले फोनसम्म भए पनि उठाउनु पर्ने कि नपर्ने ? समस्याको समाधान त गर्न सकेन सकेन कमसिकम आम सर्वसाधारणलाई आफ्नो सरकारको प्रतिनिधि छ भन्ने महशुस दिलाउने कि नदिलाउने ?
उनको काजकृया खर्चमा सहयोग गर्न चाहनु हुने आफन्त तथा अन्य महानुभावले घर परिवारलाई सहयोग गर्न सक्नु हुनेछ । सहयोगका लागि पेटियम नम्बर ८२८७३४५५१२ र प्रकाश खत्री, विजय बैंक, खाता नम्बर ६०६६०१०१२०००१४०, ifsc coard:vijb0006066 जारी गरिएको छ ।
भिडियो यहाँ हेर्नु होस् (गोविन्द खत्रीका साथीहरुको राजदूतप्रति रोष प्रकट गर्दै)