बिमल प्रसाद पोख्रेल,
प्युठान खवर । राष्ट्रिय जनमोर्चा राष्ट्रिय सुरक्षाका लागि झिमरुक गाउपालिका मच्छिमा जुलुस सहित र्यालि निकालेको छ। मच्छि बजार परिक्रमा पछि कोण सभामामा बोल्दै राजमो प्युठानका प्रबक्ता ज्ञामुराम न्यौपानेले दक्षिण पन्थि अबसरबादि सरकारले देशको रक्षा गर्न नसक्ने बताउनुभयो । बिश्व कोरोनाको लडाइँमा लडेका बेला आफुहरु राष्ट्रको लागि लडिरहेको स्पष्ट पार्नुभयो । २१ औ सताब्तिमा पनि पन्ध्रौ सताब्ति जस्तै सिमानामा अतिक्रमण गर्दा सरकारले उल्टै टलटलि हेरेर बसेको भन्नुभयो ।
त्यस्तै कोणसभामा बोल्दै राजमो रुपन्देहीका अध्यक्ष नारायण जिसिले भारतले लिम्पियाधुरामा सडक बनाएर उद्घाटन गरिसक्दा सरकार किन मौन बसेको चिनका टेलिभिजनले सगरमाथा आफ्नो कोल्टामा पार्दै गरेको फोटो फिचर सम्बन्धि किन सरकार चुप रहेको भन्दै सरकारको बिरोध गर्नुभएको छ । संसारभर कोरोनाको महामारीमा जुधिरहेको बेला कोरोना सक्रमणको कुनै प्रवाह नगरी जुलस लगाउदै कोणसभा गरीएको थियो ।