चंडिगढ, २१ मई । मूल प्रवाह अखिल भारत नेपालि एकता समाज चण्डीगढ नगर समितिद्वारा संचालित मोहाली एरियामा गत दुई महिनादेखि चालु लकडाउनका कारण जीवन निर्वाहका लागि समस्यामा परेका ५ पिडित परिवारलाई नगर समितिका उपाध्यक्ष वालाराम न्यौपानेको विषेश पहलमा १० किलो आटा, ५ किलो चावल सहित विभिन्न खाद्यान्न सहितका नौ प्रकारका सामानहरु रहेको ५ किटहरु ५ राहत स्वरुप वितरण गर्नु भएको छ ।
यसैगरि उपाध्यक्ष वालाराम न्यौपानेकै पहलमा अन्य ४ परिवारका २० जनालाई मोहाली प्रशासन मार्फत राहत सामग्री उपलब्ध गराउने काम गर्नुभएको छ । यसरी मोहालीमा करीब ६० जनालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिले राहात प्रदान गरेको छ ।
स्मरण रहोस् नगर उपाध्यक्ष वालाराम न्यांैपानेको विषेश पहलमा मोहाली एरियामा लकडाउन १ देखि ४ सम्म लगातार व्यक्तीगत, संस्थागत र प्रशाशनिक सहयोग जहाँ जे सम्भव हुन्छ त्यस अनुसार राहात कार्यमा जुटीरहनु भएको छ ।