वाङ्गो टिंङ्गो ढुंङ्गालाई कुदे त्यही मुर्ती बन्छ ।
कुदेपछि मात्र ढुंङ्गोले तुरुस्त हुने भएँ भन्छ ।।
ढुंङ्गा त्यसै फाले कसैलाई चोट लाग्ने थियो ।
त्यो कुदेको ढुंगा आज बल्ने दियो झैं थियो ।।
कहिले खोला अनि कहिले डोजर चले पनि ।
कर्तब्य सम्झीएर अघी बढ्छ फेरी पनि ।।
फूल मिच्दै फुलबारीमा काँडा बन्ने त हैन ।
माटो मात्र के गर्ने ? पत्थर पनि नभै भैन ।।
सुन्नै पर्छ सबले कसले चसक्क के भन्छ ।
मैले यही बुझेकी छु पत्थर कुदे मूर्ती बन्छ ।।
जीबन त संघर्स हो, उतार चढ़ाव हुन्छ ।
मैले वुझ्दैछु दुःखले झन स्पातसरी हुन्छ ।।
उदाएको सुर्य जस्तै सधैं भरि चम्कीने छौं ।
न्यायको कठिन यात्रामा नै अघी लम्कीने छौं ।।
अस्ताउने हैन जो उदाएरै यात्रा गर्नुछ ।
दुष्ट अनेक मान्छे चिन्दै त अघी बढ्नुछ ।।
अन्याय विरुद्धमा निडर भइ लडनु पर्छ ।
कुद्दाकुद्दै सवल भाको मुर्ती पो बन्न पर्छ ।।
समाजमा गरिब दुःखीको यो आवाज बन्दै ।
चोटै चोट खाएको चट्टान हुँ म स्पात बन्दै ।।
मालिका गाउँपालिका– ६ अर्जै, गुल्मी
हाल– भारत चंडीगढ़