प्रेम गायक (बाग्लुङ)
बल्ल पो पिर पर्न थाल्यो
छिमेकीले सिमना हड्पिंदा।
झनै पिडा थपिन्छ मनमा
नेताहरु भाषणमा कड्किंदा।
देशकोसिमा लुटिंदा नि
थाहाछैन सरकारलाई।
थाहै पाईन भन्छन अझै
लाज सरम पचाई।
छिमेकी नि गतिलो छैन
मौका मिले सार्दछ सिमना।
देश चलाउने साशकको पनि
देखिंदैन एक रति ईमान।
आफ्नो साॅधमा बार लगाई
बस्न कस्ले छेक्छ?
केही परेमा अन्तराष्ट्रिय
अदालतले देख्छ।
यति सारै डराउंछौ किन
छिमेकिले मनपरी गरेसी।
यो देश पक्कै निल्ने छ एकदिन
सधैं हामी लम्पसार परेसी।
हेप्नाको नि सिमा हुन्छ
पाईलै पिच्छे हेप्नि ?
अन्तराष्ट्रिय अदालतलमा
पारौं मुद्दा खेप्नि।
सिधा हातले नआए घिउ
बाङगो बनाई निकालौं औंला।
यो देश सिङगै रहेछ भने
स्वाभामानी नेपाली रहुंला।
जे निधाउने निधाई सकेउॅ
उठौ अब सबै।
हाम्रोएकता भारत भाईरसको
हुनेछ है दबाई।
हाम्रो लागी अति नै भयो
कोरोना भन्दा भारत भाईरस।
रात रातमा सिमना सारी
हाम्रो जमिन हड्पिंदै गईराछ।
बल्ल पो पिर पर्न लाग्यो
छिमेकिको बल मिच्याई देखेर।
अतिक्रमणको बिरोध गर्छु
मैले पनि दुई शव्द लेखेर।