देबेन्द्र कुँवर
बुटवल–१४ नयाँगाउँ
हिजो प्राकृतिक सम्पदाले
भरिपुर्ण थियो
शहरको कुनाबाट
स्वच्छ र सफा
पानी बग्थ्यो
कतै खेतमा लहलह
धानका बाला झुलेका
हुन्थे
डाँडाहरुमा सल्लाको सुसाई सँगै
सिरसिर हावा बगिरहन्थ्यो
बगैचामा फुलहरु फुलिरहेको बेला
वरपिपलका रुखहरु
सडक छेउमा ठडिएर
सितलता दिइरहेको बेला
प्राकृतिक रुपले
कति सुन्दर सफा अनि
स्वच्छ रमणीय शहर
तर
विडम्वना
आज
प्राकृतिक सम्पदा नासिएको छ
स्वच्छ र सफा पानी
बग्ने खोला आज
फोहरको गन्ध बग्ने
नाली बनेको छ ।
लहलह धानका बाला झुल्ने
खेतहरुमा
पलटिङ गरेर ठुलाठुला
महलहरु ठडाईको छ ।
सिरसिर हावा दिने सल्लाहरु
सडकको धुलो उडाईरहेका छन्
बगैचाका फुलहरु पानीबिना
एैलाउन थालेका छन्
सडक छेउमा ठडिएका
ति वरपिपलका रुखहरु
सडक चौडा पार्नकोलागी
ढालिएको छ ।
हिजोको त्यही शहर
आज विकासको नाममा
कुरुप बनाईको छ
त्यही मेरो शहर
कसैले सोध्यो भने बताईदिनु
कृतिमताले सजिएको
तर
प्राकृतिकरुपले कुरुप बनेको
शहर उसको
हो भनेर
हो त्यही शहर प्राकृतिकरुपले
कुरुप बनेको शहर उसको हो भनेर ।