सुरेशकुमार पाण्डे
कैम्पसबाट छुट्टि भएपछि सितल र टिना नजिकैको एउटा रेष्टुरेण्टमा पुग्छन् । बाहिर अत्याधिक घामले पसिना चुहेको बेला रेष्टुरेण्टमा पसेपछि बल्ल राहत महशुष गर्दै ला यार के पिउँने अब ? चिसो भन–भन छिट्टै– टिनाले सितल तिर ईसारा गर्दै सोध्छे ।
मगा यार जो तँलाई ठिक लाग्छ– उतिर नहेर्दै ला–पर्वाहीसँग उत्तर दिन्छे । त्यो बेला सितलको ध्यान अन्तै थियो । उनीहरु पराय जसो यो होटेलमा आईनै राख्थ्ये, यो कैम्पसको नजिक भएरै होला धेरै जसो बिद्यार्थिहरु यहाँ आउँने गर्थे । त्यसकारण यहाँका सबै स्टाफसँग चिनाजानि हुनु स्वभाविक नै थियो । कहिले कसो पैसा नहुँदा फेरी दिउँला भने पनि मिल्थ्यो । टिना र सितल त यहाँ आउँथे नै अन्य कैम्फस पढ्नेहरु पनि यहाँ पसेरै जान्थे ।
एकछिन पछि एउटा सानो फुच्चे भाईले दुईवटा कोक लिएर टेबुलमा राख्दिन्छ । टिनाले बोतलको चिसो सितलको हातमा लगाउँदै उसको ध्यान आफुतिर खिच्ने कोशिस गर्छे । दुबैले बिस्तारै पाईप द्वारा चिसो पिउँछन् तर सितलको ध्यान अँझैपनि अन्तै थियो । होईन सितलको कता छ ध्यान आज ? टिनाले गिजाउँने लहेजामा भन्छे ।
सितल यसको बिल तैले तिर्नु है ? हुन्न । हँहँ बल्ल सितलको ध्यान टुट्यो हुँदैन यार भन्दै आफ्नो रित्तो बटुवा देखाउँछे । स्यानो भाई रित्ता बोतेल लिन आउँछ । यसको पैसा म पछि दिउँला भाई हुन्न ? सितलले त्यो फुच्चेलाई भन्छे । हुँदैन दिदि पैसा त आई सक्यो हामीसँग ! फुच्चेले खिसिक्क हाँस्दै जवाफ दिन्छ । फुच्चेको कुरा सुनेर उनीहरुले एक अर्काको अनुहार तिर हेर्छन् । कस्ले दियो पैसा ? सितल ले सोध्छे ? त्यहाँ निर बस्नु भएको अंकलले दिनु भएको हो– फुच्चेले भन्छ । उनीहरु आश्चार्यमा पर्छन् । आखिर नचिनेको मान्छेले अरुको बिल कसरी दियो त ? दुबैले एक आर्कातिर नजर मिलाउँछन् तर कसैको आँखामा यसको उत्तर थिएन । उक्त ब्यक्ति अघिल्लो दिन त्यहि चियरमा बसेर सितल तिर घरिघरि हेरेरहेको थियो । सितलले त्यो ब्यक्ति बसेको ठिक माथि भित्तामा लेखेका केहि लेखहरु पढि रहेकि थिई । रचना अलि मसिना भएकाले टाडाबाट हेर्दा अलि घुर्नु पथ्र्यो । सिटको पछि भित्तामा माथि तिर लेखिएको थियो । त्यो अधबैँसे कल्सौँदो ब्यक्तिलाई भ्रम भएको हुन सक्छ । उसले घरिघरि सितल तिर हेर्दै खिसिक्क हास्थ्यो । त्यो ब्यक्ति यहाँबाट भर्खरै निस्कि सकेको थियो ।
यिनी दुबै सितल र टिनाले मनमनै एक अर्काको चिनजान होला भन्ने शंकामा थिए, तर कसैले पनि भन्न सकेका थिएनन् । उनीहरुले काउन्ट्रमा बसेकि महिलालाई हामीसँग नसोधेर आण्टि यस्तो बिल नराख्नु राम्रो लाग्दैन हामीलाई– टिनाले भन्छे । होईन मैले पनि तिमिहरुसँगै आएको जस्तो माने म उसलाई भनुला त्यो यहाँ आई नै राख्छ, भन्दै उत्तर दिन्छिन् । त्यो दिन यो एकप्रकारले उनीहरुको लागि रहस्य नै बनेको थियो । केहि दिन उनीहरु यो रेष्टुरेण्टमा आएनन्, त्यो ब्यक्ति आईनै राख्यो ।
उसले सकेसम्म सितललाई फकाउँने दाउँमा थियो ।
उसको कतिपय कारणले बिवाह नभएको एकप्रकारको बुढो कन्य नै भनौँ लगभग छत्तिस बर्षको थियो तर त्यति उमेर भएको जस्तो लाग्दैनथ्यो, राम्रो खाई लाई भएको तन्दुरुस्त हैँडसम देखिन्थ्यो ।
आज सितल एक्लै कैम्पसको छुट्टिपछि यहाँ आएकि थिई, उ रेष्टुरेण्टमा आएर बसेकि के थिई । मिस म यहाँ बस्न सक्छु उसले सितलसँग अनुमति लिन्छ ? यो उहि मान्छे थियो । सितलले चारै तिर नजर घुमाई कतै सिट खालि थिएन अनि बस्न ईसारा गर्छे । उ ढिलो नगरी त्यहिं बस्यो, अंकल के लिने ? भन्दै फुच्चे नजिकै आउँछ । उसले सितल तिर हेर्दै बाबु दुईवटा कोक ल्याउ । उसले अडर दिन्छ । होईन..हो.मेरो लागि मैले.., केभो त ? सितलको कुरा बिचमै काट्दै । बाबु ल्याई हाल जाउ । फुच्चे एकछिन पछि दुईवटा कोक ल्याएर आउँछ । हजुर हाम्रो चिनाजानि नै छैन अनि उ दिन पनि हजुरले बिल तिर्नु भएछ हाम्रो यसरी ठिक लाग्दैन मलाई, सितलले आश्चार्य महशुष गर्दै भन्छे ।
होस के भयो त आज हजुरले दिनु होला । बडो न्रमतापुर्वक भन्दै खिसिक्क हाँस्छ । होटेल यो बेला खचाखच भरिएको थियो । बाहिर आज पनि प्रचण्ड गर्मि थियो । सितल पनि अब बिवाह योग्य थिई, उसका आमा बा थिएनन् ।
समाज आज पनि रुढिवादी थियो । सितलले समाजलाई मिच्न होईन, बरु यहि रितिरीवाजमा बाँच्ने र यो समाजसँगै मेलखाने जोडाको तलसामा थिई । उ अति सुन्दर देखिन्थि । यो ब्यक्ति पनि हँसिलो मजबुत ज्युडाल भएको बलियो थियो । दुबैले कोक पिउँदै एक आर्काको बारेमा बुझ्ने प्रयात्नमा थिए तर सितलको बारेमा उसले कतैबाट पत्ता गरिसकेको थियो, सितल भनि अनभिज्ञा थिई । उसले आफ्नो एउटा ग्रिन्टिङ कार्ड उसलाई थमाउँदै आफ्नो परिचय दिन्छ, मेरो नाम रवी सिंह हो भन्यो । सितलले आफ्नो पर्समा राख्दै पर्सबाट दाम निकालेर त्यो सानो भाईलाई दिन थाल्छिन्, ओहो हुँदैन सितल जी मैले पहिले कै पैसा लिनुछ खुदरा नभएर नलिएको राख्नुस् फेरी आउँने दिनमा हजुरको पालो भन्दै बाबु बाँकि लिएर आउ है भन्छ ।
यसरी यस पटक पनि उसैले बिल चुक्ता गर्छ । अब बिस्तारै उनीहरुको फोन सम्पर्क पनि हुन थाल्यो, फोन पनि उसैले गथ्र्यो ।
बिस्तारै उनीहरु बिच दोस्ति हुन्छ तर टाडैबाट हेलोहाई चलेको थियो । सितलले पनि यत्तिको केटा भए जिन्दगी काट्टेला भन्ठान्छे र यो उनीहरु बिचको दोस्ती प्रेममा तबदिल हुन्छ । उसले आफुलाई ठकुरी भनेको थियो उ भनि बाहुन कि छोरी थिई । मनमनै यो अन्तरजातिय बिबाह समाजले स्वीकार गर्ला भन्ने चिन्ताले भने छाडेको थिएन । ठिकै छ क्षेत्री र बाहुन खासै फरक पनि होईन भनेर आफै मन बुझाउँने प्रयास गर्थि ।
भन्छन मान्छेले बैँशमा अगाडि पिछाडि केहि सोँच्दैन तर सितललाई भने चिन्ता थियो । उसको यो समाज बाहेकको कोपो थियो, सानैमा आमा र बा थिएनन् उसलाई सानीमाले प्रवरिश गरेकि, उनीहरु अत्यान्तै रुढिवादी प्रकारका थिए । सानीमालाई एकपटक भन्नै पर्छ सितलले मनमनै सोंची र तुरुन्तै जानकारी गराई ।
सानीमा मैले यो केटकासँग बिहे गरे कसो होला मोबाइलबाट फोटा देखाउँदै सितलले सोध्छे । ओहो केटा त हेंड्सम छ के थर हुन् ? सानीमाले प्याच त्यहि सोध्छिन्, उसले त्यो कार्ड देखाउँदै क्षेत्री हुन भन्छे । हुँदैन हामीले आफ्नै जातमा बिवाह गर्नु पर्छ– सानीमाले सम्झाउँछिन् । आमा आज भोली यत्तीको केट कतै मिल्न गारो छ, उसको भिजा आउँदैछ, मलाई पनि बिदेश लिएर जान्छु भन्छ, आमा क्षेत्री र बाहुनमा खासै फरक पनि ता हुँदैन । सितलको धेरै प्रयास पछि, तिम्रो मर्जि गर भोलि समाजसँग तिमिहरु नै लड्नु पर्छ भन्दै सितलको कपाल मसमसाउँ छिन् । सानीमा भएपनि आमाको कमि महशुष हुन दिएकि थिएनन् ।
उनीहरु बिच गाडा प्रेम बसेको हुन्छ । उसले रवीको पुरै भरपरि सकेकि छे । अब लगातार यस्तै फोन, फेशबुक आदिमा यस्तै मायाँका कुराहरु हुने गर्थे । एकदिन उसको बिजा आएको खबर लिएर सितललाई सुनाउँछ । सितल निरास हुन्छे । केहि धन्दा नमान छिट्टै मैले बिवाह गरेर तिमिलाई पनि उतै लिएर जानेछु भन्दै रवीले सितललाई सम्झाउँछ ।
दुबैले बिवाहको मिति पनि फोनमा नै सल्हा गरेर बताउँने भन्छन् । अब सितल रवी बिना रहन नसक्ने बताउँछे ।
समय बित्तदै जान्छ, उसलाई हवाईजहाजमा चढाएर सितल रुँदै फर्किन्छे । समय बित्दै जान्छ रवीले सितलाई उतै बोलाउँने तरखरमा थियो । बिवाह पनि उतै गर्ने भन्दै जिद गर्छ । एकदिन सितलको पैताला मुनिको माटो सर्किएको जस्तै रिङ्गाटो लाग्छ जब उसलाई थाहा हुन्छ रवी एउटा दलित केटा हो, उसले पहिले पनि एउटी क्षेत्रीकी छोरीलाई यस्तै फकाएर बिहे गरेको भन्ने उसलाई पत्ता लाग्छ । आँखाबाट बर्षे झरी झर्न थाल्छ, उसले रवीको छायाँसँग पनि नफर्त गर्छे । उसले दिएको तस्विर टुक्राटुक्रा पर्छे । उसले मलाई यसरी झुठ बोलेर फसाउँन खोज्यो भन्दै सराप्छे । उसले आफैलाई कोस्छे । अनि सानीमासँग माफि माग्दै हजुरे भनेको जस्तै एउटा फरेबी निस्कियो । उसले पहिलेनै मलाई दलित हुँ भनेकै भय पनि म प्रेम गर्थे हुँला तर आज उसले देखाएको यो बदमासिले मलाई उप्रति नफरत बाहेक केहि छैन । मनमनै गनगन गर्छे ।
उता उसको फोन बजिरहेको थियो, यता उसका आँखामा ज्वाला दन्किदै थियो । बाहिर पेटिमा एउटी दुई बर्षको छोरी लिएर बसेकि थिई जो त्यो रवीको पहिलो श्रीमति थिई । जसलाई समाजबाट तिरस्कार हुनु परेको थियो । नलोग्ने न त्यो बच्चिको बाउ । एक्लै जुझ्दै हिँडेकी असाह्य असक्त महिला ।
२८ मई २०२०,