हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत जुब्लिहिल्स, वेंकट्गिरीमा राहत वितरण गरिएको छ ।
गुल्मी, बाग्लुङ, कास्की, रुपन्देही र धरानका १६ घरपरिवारलाई क्षेत्रीय सदस्य सुर्य पुन, पशुपती शर्मा, नारायण शर्मा सहितको टोलीले राहत बितरण गरेको हो ।
लकडाउनका कारण रोजगारी गुमाएसँगै खान बस्न समस्या परेका नेपाली श्रमिकहरुलाई सोह राहात वितरण गरेको छ ।