चंडीगढ, ३१ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिले सुशिल विकलाई रु. भारु ६२५०/– (अर्थात दश हजार नेरु) सहयोग गरिएको छ ।
बागलुङ्ग जिल्ला, रिघा गाउँ स्थायी निवासी भई हाल फेस ८ मोहाली पञ्जाबमा बस्ने यमबहादुर विकका छोरा शुशिल विक बर्ष १७ लाई कानको पछाडि भागमा ट्यूमरको समस्याका कारण विगत चार महिनादेखि बिरामी भएको र ३० मईको सरकारी अस्पताल सेक्टर ३२ चण्डीगढमा अप्रेशन भएको छ ।
घरमा उनका बुवा बिमार र आर्थिक स्थिति पनि नाजुक भएको कारण पढाई अधुरै छोडी सात महिना पहिले कमाईको सिलसिलामा भारत आएका शुशिल विक कोरोनाको महामारीमा बिरामी भई बिचल्ली परेको जानकारी र सहयोग पाउँ भन्ने निबेदन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डिगढ नगर समितिमा प्राप्त भएको थियो ।
पिडित सुशिल विकलाई नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेज बहादुर रोका, सहसचिव थानेश्वर पाण्डे र विद्यार्थी संघ केन्द्रीय सदस्य विष्णु वेल्वासे सहित सेक्टर ३२ चण्डिगढको सरकारी हस्पतालमा पुगी भारु ६२५०/– (अर्थात दश हजार नेरु) सहयोग हस्तान्तरण गरिएको समाचार नगर सचिव तेज बहादुर रोकाले दिनुभएको छ ।