साईप्रस नेपाली एकता समाजले बाणिज्य राजदूतलाई ज्ञापन पत्र बुझायो

निकोशिया । साईप्रसस्थित नेपालीहरुका विभिन्न समस्याहरुको बारेमा ध्यानाकषर्ण गराउँदै साईप्रस नेपाली एकता समाजले अवैतनिक बाणिज्य राजदूत निकोशिया साईप्रसलाई ज्ञापन पत्र बुझाएको छ । समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा गैर–आवासीय नेपाली संघ साईप्रसले होनइरी कन्सुलेट अफ नेपालको गम्भिर रुपमा अवमुल्यन गरेको बताइएको छ । त्यस्तै एकजना नेपाली महिलालाई रोजगारदाताबाट बलात्कार गरि बच्चा समेत जन्मीएको तर रोजगारदाता र बाणिज्य राजदूतावास दुबैले अनदेखि गरेको विषयलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै एकता समाजको उदेश्य सित जोडिएका कैयौं महत्वपूर्ण विचार र सुझावहरुलाई पनि अवैतनिक वाणिज्य राजदुतावासद्वारा आयोजना गरिने विभिन्न प्रकारका समारोहहरुमा समेटने कोशिस गर्नेमा आफूहरु विस्वस्त रहेको उल्लेख गरिएको छ ।

सो प्रतिनिधि मण्डलमा देवेन थापा, उपाध्यक्ष–चन्द्र बहादुर वली, सचिव– जिवराज पोखरेल र सदस्य इश्वर बहादुर घर्ती रहनुभएको थियो ।

प्रस्तुत छ, ज्ञापन पत्रको पूर्णपाठ :

“महामहिम
अवैतनिक बाणिज्य राजदूत ज्यू
निकोशिया साईप्रस
विषयः ज्ञापन पत्र ।
हामी साईप्रसस्थित साईप्रस नेपाली एकता समाजका प्रतिनिधिहरुले समय—समयमा आफ्ना र समाजमा देखिएका विभिन्न समस्याहरुलाई महामहिम ज्यू समक्ष ज्ञापन—पत्र वा प्रतिनिधि मण्डलद्वारा भेटघाट गरी हाम्रा समस्याहरु लगातर उठाउँदै आएका छांंै, यो विषय यहाँलाई अवगत भए कै विषय हो । वर्तमानमा साईप्रसमा कतिपय गतिविधिहरुको बारेमा महामहिम ज्यूको ध्यानाकषर्णका लागि पुनः यो ज्ञापन पत्र ज्ञापन गर्दैछौं । हामीलाई आशा छ, निश्चित रुपमा न्यायोचित समाधान हुनेछ ।
हामी साईप्रस नेपालीहरुका निम्न संगठनहरुले सरकारको ध्यानाकर्षण गरि न्यायोचित समाधान हेतु निम्न विषयहरु प्रस्तुत गरेका छौं ।
(१) “४ नोभेम्बर २०२० मा आत्महत्या गरी मृत्यु भएका नेपाल कास्की पोखरा निवासी रोशन अधिकारीको पार्थिव शरीरलाई मृतकको परिवारद्वारा इजÞरायलस्थित नेपाली राजदुतावासलाई निजको शव साईप्रसमा नै दाहासंस्कार” गर्न भनि आग्रह गरेको शिर्षकबाट १० डिसेम्बर २०२० का दिन गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले प्रकाशित गरेको अपील सहित प्रेस विज्ञप्तिप्रति साईप्रस नेपाली एकता समाजको ध्यानाकर्षण भएको छ ।
उक्त अपील÷प्रेस विज्ञप्तिमा “….मृतकको परिवारले नेपाली राजदूतावास इजÞरायल मार्फत मञ्जुरी नामाको कागजपत्र सहित अनुरोध गरिरहेकोले, निजको शव यतै दाहासंस्कार गर्न होनइरी कन्सुलेट अफ नेपालको सहकार्यमा गैर–आवासीय नेपाली संघ साईप्रसले शव व्यवस्थापनको सम्पुर्ण जÞिम्मेवारी लिएर उक्त कार्य यथा शिघ्र गर्न लागेको……” बारे लेखिएको छ । त्यो कार्य स्वागत योग्य हो । तर पनि कतीपय शब्द वा भनौं शब्दसँग जोडिएको विषयले नियतमा नै नेपालको स्वाभिमान माथी नै आँच पु¥याउने प्रकारले प्रहार गर्ने कोशिस त गरिएको छैन ? हामीलाई शंका लागेको छ ।
साईप्रसमा हाम्रो अभिभावक संस्था अवैतनिक वाणिज्य राजदुतावास, जसले सिंगो नेपालको प्रतिनिधित्व गर्छ । वाणिज्य राजदुतावासलाई दोस्रो स्थानमा राखिएको छ । “…..नेपाली राजदूतावास इजÞरायल मार्फत मंजुरी नामाको कागजपत्र सहित अनुरोध गरिरहेकोले, निजको शव यतै सदगत गर्न होनइरी कन्सुलेट अफ नेपालको सहकार्यमा गैर–आवासीय नेपाली संघ साईप्रसले शव व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी लिएर उक्त कार्य यथा शिघ्र गर्न लागेको…..” भन्ने शब्दले सिंगो नेपालको आत्मसम्मान, स्वाभिमानप्रति ठेस पु¥याउने कोशिस भएको हाम्रो संगठनको बुझाई छ । त्यस विषयमा अवैतनिक वाणिज्य राजदुत ज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।
(२) रोजगारदाताबाट बलात्कृत भइ एक बच्चालाई जन्म दिएकी एक जना नेपाली महिलालाई न्याय दिलाउन माननीय अवैतनिक वाणिज्य राजदूत ज्यूको पहलको लागि अनुरोध सहित २१ सितम्बर २०२० मा साईप्रस नेपाली एकता समाजका प्रतिनिधि मण्डलले ज्ञापन पत्र दिएको थियौं । तर हालसम्म त्यसबारे के कस्तो पहल भएको छ, त्यस बारे जानकारीका लागि हार्दिक अनुरोध गर्दछौं ।
(३) साईप्रसमा अवैतनिक वाणिज्य राजदुतावासद्वारा आयोजना गरिने विभिन्न प्रकारका समारोहहरुमा हाम्रो संगठन साईप्रस नेपाली एकता समाजलाई छुटाइएकोप्रति हामीलाई कुनै तिक्तता र नैराश्यता छैन । तर पनि हाम्रो संगठन साईप्रसमा रहेका विभिन्न उदेश्यसँग प्रेरित रहेर खोलिएका संघ संस्थाहरुभन्दा निश्चित रुपमा फरक छ । हाम्रो उदेश्य कसैलाई आलोचना गर्ने मात्र होइन, सम्बन्धित पक्षको कम्जोरीलाई प्रष्ट्याई दिएर सुधार्ने पनि हो । अतः हाम्रो संगठनको उदेश्य सित जोडिएका कैयौं महत्वपूर्ण विचार र सुझावहरुलाई पनि अवैतनिक वाणिज्य राजदुतावासद्वारा आयोजना गरिने विभिन्न प्रकारका समारोहहरुमा समेटने कोशिस गर्नु हुनेछ भन्नेमा हामी पूर्ण विस्वस्त छौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार