संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले बसको छतबाट खसेर घाइते रामप्रसाद आचार्यलाई रु. १६ हजार आईसीसहयोग गरेको छ । त्यस्तै बस सञ्चालकबाट रु. २५ हजार आईसी दिलाइएको छ ।
लुधियानाबाट नेपाल बर्डरसम्म जाने बसमा संगरुरबाट पनि स्वदेश जानका लागि १६ जना नेपाली श्रमिकहरु हिंडेका थिए । तर शाहवाद स्थित एक होटेलमा पुगे पछि बस वालाले गाडी त्यहाँदेखि अगाडि नजाने बताएका थिए । अधिकांश यात्रीहरुले सोही स्थानमा रात काटेका थिए । गर्मि लाग्यो भनि रामप्रसाद सोही गाडीको छतमा गएर सुतेका थिए । राती गरिब २ः४५ बजे पिशाव फेर्न जान्छु भन्दा राम प्रसाद बसको छतबाट खसेका थिए । छतबाट खसेर घाइते भएका उनलाई नजिकैको अस्पतालमा पुर्याइएको थियो । त्यहाँबाट रेफर गरि चण्डीगढ स्थित पि.जी.आई. पुर्याइएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दबाबमा बस सञ्चालकले रामप्रसाद आचार्यलाई रु. २५ हजार आईसी दिलाईएको थियो । त्यस्तै नगर समिति संगरुर र महिला नगर विभागको संयुक्त पहलमा संगठनका कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु समक्ष आर्थिक संकलन गरि क्षेत्रीय समितिका बुद्धिराम आचार्य, नगर अध्यक्ष खेमराज पोखरेल, उपाध्यक्ष नारायण भुसाल, सचिव राजु खनाल, सहसचिव धनबहादुर विक, सदस्य रामप्रसाद खनाल, महिला नगर विभागकी सदस्य लक्ष्मी पाण्डे, सरिता भुसालको उपस्थितिमा रामप्रसाद आचार्यलाई रु. १६ हजार ७५१ रपियाँ हस्तान्तरण गरिएको छ ।
















