हैदराबाद । अन्तर्राष्ट्रिय एकताको लागि प्रबासी नेपाली जनताको मन्च हैदराबादको तत्वाधानमा १५३औं लेनिन जयन्ती तथा नेकपाको ७३औं स्थापना दिबस मनाइएको छ । खासगरी विश्व कम्युनिस्ट आन्दोलनमा देखापरेका विभिन्न प्रकारका भड्काब र उतारचढावहरुको विरुद्धमा जङे पिल्लर बनेर विश्व सर्बहारा बर्गको मुक्तीको लागि प्रेरणाको श्रोत र क्रान्तिको मार्ग निर्देशनमा लेनिनको अतुलनीय योगदान रहेको छ ।
रूसको अक्टोबर क्रान्ति पश्चात् विभिन्न कोणबाट कम्युनिस्ट पार्टी र आन्दोलनमा भ्रम सृजना गर्ने र अब पुँजिबादको बिकल्प छैन भनेर सर्बहारा क्रान्तिको भबिष्यप्रती सन्देह गरि हतोत्साहित पार्ने प्रतिक्रियावादीहरु र साम्राज्यवादीहरुसँग संघर्ष गरि कसरी क्रान्ति सम्पन्न हुँदो रहेछ भन्ने विषय १९१७ को क्रान्तिले विश्वभरिका शोषित पिडित मिहेनत कस बर्गमा थप उर्जा सहित हौसला मात्र होइन विश्व भरिका सर्बहाराबर्गमा जिम्मेवारी पनि थपिदिएको छ ।
त्यहि जिम्मेवारी र आबस्यकतालाई पूरा गर्नको लागि आजभन्दा ७२ बर्ष पहिला बिक्रम सम्बत २००६ सालमा भारतमा अध्ययन गर्न गएका युबाहरुको पहल र सक्रियतामा भारतको कलकत्ता शहरमा नेकपाको स्थापना भएको थियो । पुस्पलालको संयोजकत्वमा नर बहादुर कर्मचार्य, निरन्जन गोविन्द बैध्य र नारायण बिलास जोशी गरि ४ जनाको बिचमा नेपाल कम्युनिस्ट पार्टीको निर्माण गरिएको थियो । तर कतिपय पक्षले मैतिदेबी (दुर्गा देवि)लाई पनि संस्थापकको रुपमा मानेर जानुपर्ने कुरामा जिकिर गरेका थिए । यद्यपि उनी त्यस्बेला त्यहाँ थिइनन्, जबकी उपस्तिथि नै नभएको ब्यक्तिलाई नाम लेख्दैमा कसरी संस्थापक सदस्य मान्न सकिन्छ भन्ने प्रश्न उठ्नु स्वभावैले गलत कुरा होइन ।
जुन स्प्रीट र उद्देश्यबाट कम्युनिस्ट पार्टीको स्थापना भएको थियो, सो अनुरुप पार्टी बिकास र बिस्तार हुन सकेन । यसमा विभिन्न कोणबाट शक्तिकेन्द्रहरुले चल्खेल गरेर भुमिकाहिन बनाउने दुस्साहस गरे, यसैको कारण केशरजंग रायमाझी जस्ता महाधिवेशनले चुनेका नेतृत्व सामन्तबादको क्याम्पमा लगेर बिचार र आन्दोलनलाई बुझाउने प्रयत्न भयो । त्यसका बाबजुद क्रान्तिकारी सोंच बिचार र क्षमता भएका नेताहरूले निरन्तरको प्रयासले कम्युनिस्ट पार्टी विभिन्न आरोह र अबरोहलाई झेल्दै चौथो महाधिवेशनसम्म आइपुग्दा देशकै शक्तिशाली पार्टिको रुपमा उदायो ।
बिचार सिद्धान्त र व्यबहारका आधारमा भन्दा पनि केही ब्यक्तिगत झिना मसिना कुराहरूको इगो बोकेर चौथो महाधिवेशन पश्चात् पार्टि फुट र बिभाजनको अबस्थाबाट गुज्रनु पर्यो । खासगरी कार्यनीति र रणनीतिको बिषयमा गम्भीर भै जिम्मेवारी ढंगबाट ठोस योजना बनाउने भन्दा पनि लहड र सनक अनि केही महत्वाकांक्षाका आधारमा गरेका निणर्यहरु कार्यान्वयन गर्ने र देश र जनताको पक्षमा भन्दापनी स्वयम् आफ्नो पार्टिको पक्ष्यमा पनि प्रत्युत्पादक बन्दो रहेछ भन्ने कुरा स्वयं हतियार उठाएर १० बर्षसम्म लडाइँ लडेको पार्टीको सेना अनमिन मार्फत आफ्ना सम्पुणर् हात हतियार सहित बर्तमान पँुजीवादी राज्य संयन्त्रलाई बुझाउनु सैद्धान्तिक बिचलन वा दक्षिणपन्थी अबसरबाद थियो ।
अराजकतावाद, दक्षिणपन्थी अबसरबाद तथा नवसंशोदनबादका विरुद्ध निरन्तर रूपमा सम्झौता हिन संघर्ष गर्दै जनतन्त्र, जनजिबिकाको पक्षमा सधैं आवाज उठाउने मात्रै होइन, क्रान्तिको कार्यभार अनि सर्बहारा बर्गको उत्थानको खातिर सधैभरी शोषित पिडित जनताको पक्षमा काम गर्ने पार्टी भनेको नेकपा (मसाल) नै हो । मसालको राजनीतिक लाइन र कार्यक्रमले नै कम्युनिस्ट पार्टीको गठन गर्नुपरेको मर्मलाई उजागर गरेको छ ।
अन्तर्राष्ट्रिय एकताको लागि प्रबासी नेपालीहरुको मञ्च मध्य हैदराबदमा मूल प्रवाहका केन्द्रिय उपाध्यक्ष प्रेम पौडेलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो । बिकास परियारको अध्यक्षबाट सुरु भएको कार्यक्रममा राजु दुलालको सञ्चालन र गुमा रानाले स्वागत गर्नु भएको थियो । केन्द्रीय सदस्य फुल्बिना पौडेलले पनि अतिथिको रुपमा शुभकामना मन्त्ब्य राख्नु भएको थियो । कार्यक्रमको शुरूवातमा नै का. लेनिनको तस्बिरमा माल्यार्पण गरिको थियो । त्यसैगरी उत्तर हैदराबादको आयोजनामा पनि उक्त कार्यक्रम आयोजना गरिएको छ ।
मोहनलाल शर्माको अध्यक्षता, पुष्पा पौडेलको सञ्चालन तथा सीता थापाले स्वागत मनतब्य राख्नुभएको थियो । का. लेनिनको तस्बिरमा अबिर र मालल्यार्पण अर्पण गरिएको थियो भने बिजुला शर्मा, कमला शर्मा, देवि शर्मा, जमुना शर्मा, देवि थापा, राधा देबि जिसी, घनश्याम शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । उत्तर नगर समितिको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।