बहराइनबाट राष्ट्रघाती नागरिकता विधेयकको निन्दा

बहराइन । बहराइन नेपाली एकता समाजको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयकको घोर निन्दा र भत्र्सना गरिएको छ । राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा अगस्त ६, २०२२ शुक्रबारका दिन सभा सम्पन्न भएको हो ।

केन्द्रीय सचिव जङ्गु चौहानको सञ्चालन तथा अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षता रहेको सो कार्यक्रममा कमल विकले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोख्रेल, सल्लाहकार दलबहादुर थापा, महिला समितिबाट चन्दा थापा, उपाध्यक्ष घनबहादुर ढेगा, रक्तिमबाट कमल विक, एकता समाजका पूर्व सल्लाहकार तेजमान सिँजालीले राष्ट्रघाती नागरिकता विधेयकको विरोध र भत्र्सना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार