विष्णु श्रीनेतलाई स्वदेश विदाई

कटक, ३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुर्बी भारत क्षेत्रीय समितिकोे आयोजनामा पुर्बी भारत क्षेत्रीय कोषाध्यक्ष तथा कटक नगर समितिका सदस्य विष्णु श्रीनेतलाई स्वदेश विदाई गरिएको छ । वहाँले नोकरीबाट अवकास पश्चात सदाको लागि स्वदेश फर्किने भएको हुँदा एक कार्यक्रम गरि वहाँलाई संगठनले विदाई गरेको छ ।

हेम कुमार थापाकोे अधक्ष्यता तथा शिवकुमार सुतारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सम्बर माझी, गिरीराज परियार लगायतले दोसल्ला ओढाई बिष्णु श्रीनेतलाई विदाई गरिएको थियो ।

केन्द्रीय परिषद सदस्य तथा भुवनेश्वर नगर अधक्ष्य रेकम जिसी, क्षेत्रीय सदस्य तथा कटक नगर सदस्य चन्द्र बाकाबल, भुवनेश्वर नगर सदस्य कृष्ण गौतम, कटक नगर सदस्य सुन्तली माझी, भुवनेश्वर नगर सदस्य कौशल्या परियार, कटक नगर सदस्य अन्जु थापा, सुभ चिन्तक रमेस सुनार, केन्द्रीय परिषद सदस्य तथा कटक नगर सचिब हुकुम ओली लगायतले ण्बिष्णु श्रीनेतले भारत प्रवासमा रहँदा सांगठनिक भुमिका र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान बारेमा चर्चा गर्नुभएको थियो ।

साथै स्वदेशमा गएर पनि त्यसप्रकारको कार्यमा सदा अग्रस्थानमा रहि निर्वाह गर्नुहुने विश्वास समति सम्पूर्ण वक्तावहरुले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार