हामीले धेरै बर्ष पहिले एउटा यो गीतमा पनि अभिनय गथ्र्यौं । म आफैले पनि कयौंपल्ट जानि नजानि अभिनय गरेको थिएँ– ‘देखेकै कुरा हो हजुर, भोगेकै कुरा हो, हामीले भन्न केको डर’ त्यो त्यतिबेलाका शोषक सामन्तिहरूको बिरूद्धमा एउटा गाएन कलाकारको चित्रण थियो।
तर यो गीत बेला बखतमा कयौं पल्ट हाम्रै साथिहरूलाई पनि ब्यांग्यात्मक चित्रण गर्न काम आएकोछ । कुनै पनि ब्याक्तिलाई लामो समयसम्म संघर्ष गरेर आफ्नो क्रान्तिकारी छविलाई शुरक्षित राख्न अपठ्यारो हुन्छ । हामीले आफ्नो चार दशक भन्दा लामो कार्यकालमा कैयौँ साथिहरू क्रान्तिको मैदान मै जन्मेको र त्यसैमा पतन भएको देखेका छौँ ।
जीवनमा कुनै पार्टीमा नलागेकाले पनि बाँच्नको लागि संघर्ष गरेकै हुन्छन् । उनीहरूले समाजमा आफ्नो छविलाई राम्रो गराउँन भएपनि आफ्नै भित्रपनि संघर्ष गरेका हुन्छन् । हामीले भारतमा एकता समाजमा प्रवेश गर्ने बेला आफुलाई सुधार्ने अभियान नै थियो ।
एउटा कम्युनिष्ट पार्टीको कुनै संगठनमा लागेको ब्यक्तिले त्यो भन्दा कयौं गुना संघर्ष गर्नुपरेको हुन्छ । त्यो बेला एकता समाजमा अनुशासित भएका ब्यक्तिलाई छानेर वामपन्थि युवक मोर्चामा सामिल गरिन्थ्यो । पार्टीको समर्थक बन्नलाई लामो समय लाग्थो कैयौं ठाउँमा फिल्टर भैसके पछि बल्ल पार्टीको समर्थक बनाउँने चलन थियो ।
त्यसैले कम्युनिष्ट पार्टीले आफ्ना समर्थकहरूलाई भन्दै आएको एउटा कुरा के भने बस्तुगत अबस्था हेरेर बर्तमान अबस्थालाई बदल्ने कार्यक्रम बनाउँनु पर्छ । यदि त्यसो नगरेर उग्र हुन थालियो भने हामी समाजबाट पनि एक्लिने गर्छौं । तर कम्युनिस्टहरूले बर्तमान अबस्थालाई पनि मिच्नै पर्छ । त्यसैले हामीले पहिलै आफै स्पष्ट हुने अनि त्यसमा आफ्नो घरभित्र लागु गर्ने र बल्ल समाजमा लागु गर्ने प्रयात्न गर्नु पर्छ । धेरै कम्युनिष्टमा लागेकाहरू पहिले चर्का चर्का नारा लगाउँछन् र जनताबाट पनि टाडिन्छन् । आफ्नो घरबाट पनि समर्थन पाउँदैनन् । उनीहरू आफै पनि स्पष्ट भैसकेका हुँदैनन् । त्यसैको परिणाम अलिकति ठोक्कर लाग्यो भने सहन सक्दैनन् र अन्तत्वगत्वो उनीहरूले गलत बाटो छोप्न पुग्छन् । बिगतको ईतिहास साँक्षी भन्दा कतिपय साथिहरूले सबैलाई एउटै घानमा हाल्नु हुदैन भनेर भन्नुहुन्छ । हामीले कसैलाई पनि उस्तै हुन्छन् भनेका छैनौ । एउटा कुरा के भन्छौं भने कुनै ब्यक्तिले राम्रो ठाउँ छाडेर जान्छ भने त्यो जानी नजानि न राम्रो ठाउँमा पुगेको हुन्छ । अहिलेसम्म भएको पनि त्यहिछ । नेकपा (मसाल)बाट भागेका साथिहरू अहिलेसम्म कुन राम्रो ठाउँमा पुग्नु भयो ? नेकपा (मसाल) लाई क्रान्ति गर्दैन । यो पाल्टिले भन्नेहरू अहिलेसम्म कुन चाहिंले क्रिन्तिकारी बाटो छोप्नु भएको छ त ? यसैले प्रष्ट पारिसकेको छ । भन्नलाई त जो एमाले भए उनले पनि आफुलाई नराम्रो भन्दैनन् । जो माओवादीमा गए उनीहरूले पनि आफुलाई नराम्रो ठाउँमा गएको भन्दैनन् जो काँग्रेसमा गए उनी पनि ठिकै छन् । यानी कि जो जुन ठाउँमा छ, त्यो त्यहाँ आफु ठिक भएको भन्छ । हो उनीहरूलाई मसालबाट गएपछि भने आफु आजाद भएको जस्तो महशुष अबश्य पनि भएको हुन सक्छ । किन कि मसालमा अनुशासनछ, नीति छ गोपनियतामा रहनुपर्छ र धेरै मिहेनत पनि गर्नुपर्छ । त्यहाँ त्यो पर्दैन होला मसला छाडेर गएकालाई त्यहाँ सम्मान पनि मिलेकै होला सुख सुबिधाको दृष्टिले हेर्दा उनीहरू राम्रो ठाउँमा गएका छन्, तर सैद्धान्तिक राजनीतिक दृष्टिले हेर्दा उनीहरू पतन भएका छन् । त्यो हामीले भन्नु पर्दैन, उनीहरू आफैले महेशुष गर्न सक्नेछन् ।
अहिले नेकपा मसालले कार्वाही गरेका मध्य कैयौं लामो समयदेखि मसालमा जिम्मा लिएर काम गरेकाहरू अलि दिनको नाटक मञ्चन पछि माओवादी तिर जाने तरखरमा छन् । उनीहरूलाई पहिले देखिनै माओवादीले उपयोग गर्दै आएका रैछन् भन्ने कुरा प्रष्ट नै हुन्छ । हामीले भन्दै आएका थियौं पार्टीले कसैको बेग्लै बिचार आयो भन्दैमा कार्वाही गर्दैन बरू उनीहरूको ब्यबहारमा फुटप्रस्त बिचार प्रफुल्लित भैसकेपछि मात्र उनीहरूलाई कार्वाही गर्ने गर्छ । कुनै पनि क्रान्तिकारी पार्टीको लागि आफ्ना कार्यकर्ता अमूल्य हुन्छन् ।
तर मैले यो भनिरहँदा सबैलाई एउटै घानमा हालेको भन्नु मिल्दैन कतिपय गहुँसँग घुन पनि पिसिन्छन् । त्यो कसरी भने एकजना माथि पुगेको कार्यकर्ता वा नेतासँग हाम्रो भावनात्मक समबन्ध पनि जोडिएको हुन्छ । त्यसलाई कार्वाही गर्दा उसले गरेको गल्ति देखिंदैन र मात्र उसलाई यति लामो समयसम्म पार्टी संगठनको काम गरेकोलाई पार्टीले कार्वाही गर्नुलाई गलत भएको ठान्छौं । त्यसकारण हामी मध्य कयौं साथिहरूले त्यो ब्यक्तिको पक्षमा लगातार बाहिर संघर्ष गर्न थाल्छौं त्यो गलत पक्ष हो, त्यसैको लागि पनि कतिपयलाई कार्वाही भएको हुनसक्छ । उनीहरू ईमानदार हुँदा हुँदैपनि निश्क्रिय हुन पुग्छन् । यो भ्रम खास गरेर पार्टीको पत्रिका हाँकले सिर्जना गर्यो, जब हाँकलाई गोबिन्द सिंह थापा जीले कब्जा गर्न पुग्नुभयो । त्यो पत्रिका का. सरोज शर्मा शोभाखर धनञ्जयको सम्झनामा भएको हुनाले उनीसँग हाम्रो आत्मिय सम्बन्ध थियो । त्यसैको फाईदा उठाउँन गोबिन्द जीले गरेको प्रयासले धेरै साथिहरू भ्रमित भएका थिए, जो बिस्तारै भ्रममुक्त हुनेछन् तर हामीले यो भन्दा पहिले यस्तो घटनासँग संघर्ष गर्दै आएको ईतिहास छ ।
भारतमा ‘मूल प्रवाह मासिक पत्रिकालाई गिरधारीलाल जानेबेला कब्जा गरे यदि त्यो पत्रिकाको बिरूद्धमा नेपाली एकता न निकालेको भए र मूल प्रवाहलाई किन्ने त्यसैमा लेख पठाउँने गर्न थालेको भए हामी कहाँ पुग्ने थियौं ? सहजै अनुमान लगाउँन सकिन्छ । ठिक त्यहि प्रकारले पार्टीलाई जोगाउन हाँकको बिरूपद्धमा नयाँ युगबोध निकाल्नु पर्यो ।
पार्टीले होनहार पुराना कार्यकर्ताहरूलाई कार्वाही गर्नैपर्ने बाताबरण उहाँहरू आफैले सिर्जना गर्नुभएको कुरा कसैबाट लुकेको छैन । नेपालमा अहिलेसम्मको ईतिहासमा मध्यमपन्थी अवसरबाद र दक्षिणपन्थी बिसर्जनवाद संगै उग्रवामपन्थी बिचारको सम्झौताहिन संघर्ष गर्दै आएको पार्टी नेकपा (मसाल) नै हो भन्ने कुरा थप पुस्टी हुँदैछ । नेकपा (मसाल) लाई उनीहरूले जुनसुकै पन्थि भने पनि उनीहरू क्रान्तिकारी भने हुन सक्ने छैनन् । यदि साँच्चै नै नेकपा (मसाल)ले दक्षिणपन्थि दिशा समातेको छ भने पनि त्यो समयले पुष्टी गर्ने छ ।
तर अहिलेसम्मको ईतिहासमा हामीले देख्दै र भोग्दै आएको कुरालाई त्यस्तै मिल्दो जुल्दो ब्यबहारलाई राजनीतिक दृष्टीले मूल्यांकन गर्दा उनीहरूको ढिलोचाँडो जाने बाटो त्यहिं हो भन्न सकिन्छ । त्यो भन्दा पहिले कतिपय भ्रममा परेका ईमान्दार साथिहरू आफ्नै घरमा फर्किनु भयो भने हामीलाई धेरै खुसि हुनेछ । अहिले छिट्टै कैयौँ फुटपरस्तहरूको पतन कुन क्रान्तिकारी पार्टीमा हुनेछ त्यो सबैको माझमा आउला ।
१९ डिसेम्बर २०२१