पार्टीमाथि लगातार प्रतिगामी कित्ताबाट आक्रमण भइरहेको छ । हुन त यो हाम्रो लागि खुसीको विषय पनि हो कि प्रतिगमनका विरुद्ध पार्टीले सही नीति अपनाएको हुनाले नै हाम्रो पार्टीमाथि प्रतिगामीबाट आक्रमण भइरहेको छ । हाम्रो नीति र कार्यक्रमले प्रतिगामीहरूको स्वार्थ र राजनीतिक उदेश्येमा व्यावहारिक रूपमा नै बाधा पुगिरहेको हुनाले उनीहरू हाम्रा विरुद्ध खनिएका छन् । यो स्वाभाविक पनि हो । तर आफूलाई क्रान्तिकारी हुँ भनेर दाबी गर्ने तर तात्कालिक राजनीतिक परिस्थितिमा प्रतिगमनउन्मुख कार्यदिशा समातेकाहरूले पनि हाम्रो पार्टीमाथि आक्रमण तीव्र पारेका छन् ।
दुईटै शक्तिले हामीमाथि आक्रमण गर्नु कुनै संयोग होइन । तात्कालीन राजनीतिक परिस्थितिको उपज हो । तात्कालिक राजनीतिक परिस्थितिलाई हेर्ने सवालमा प्रतिगमनका पक्षधर तथा पार्टीले विभिन्न समयमा अनुशासन उल्लङ्घन गरेका कारण कारबाही, निष्काशनमा परेका तथा फुटेर गएकाको नीतिमा मेल खान गएको छ । प्रतिगमनका पक्षधर वर्तमान उपलब्धिलाई समाप्त गर्न चाहिरहेका छन् । पार्टीले विभिन्न समयमा अनुशासन उल्लङ्घन गरेका कारण कारबाही, निष्काशनमा परेका तथा फुटेर गएकाहरूले विगतमा ओलीको प्रतिगमनको बचाउमा नै आफूलाई केन्द्रित गरेका थिए । अहिले उनीहरू पाँचदलीय गठबन्धनको विपक्षमा छन् । राजावादीहरूले गणतन्त्रका विरुद्ध प्रहार तीव्र पारिरहेको अवस्थामा राजावादीहरूसँग सहकार्यको नीति अपनाएका छन् । गणतन्त्रका विरुद्ध राजावादी तथा फुटपरस्तहरू एक ठाउँमा उभिएका छन्, जसको परिणाम ती दुईटैले प्रतिगमनका विरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टीमाथि आक्रमण तीव्र पारेका छन् ।
यी दुईटै पक्षबाट नेकपा (मसाल) का विरुद्ध भ्रम तथा अफवाह फैलाउने काम अभियानकै रूपमा सञ्चालन गरिएको छ । प्रतिगमन विरुद्धको संघर्ष तथा प्रतिगमनलाई निर्णायक रूपमा परास्त गर्न पाँचदलीय गठबन्धनलाई कायम राख्ने अडानलाई आगामी निर्वाचनमा संसदीय सिटको सुरक्षा तथा सरकारमा सहभागिताका लागि मोलमोलाइको क्षुद्र स्तरमा गिराउने प्रयत्न गर्दै आएका छन् । यस प्रकारको घृणित आरोप लगाउने सवालमा प्रतिगमनका पक्षधर, ओलीको आसेपासे तथा विभिन्न समयमा अनुशासन उल्लङ्घन गरेका कारण पार्टीबाट कारवाही, निष्काशनमा परेका तथा फुटेर गएका फुटपरस्तले लगाउने आरोपमा समानता रहेको छ ।
- सन्तबहादुर, ओली वा ओलीपक्षीय नेताहरूले का. मोहनविक्रम सिंहमाथि लगाउने गरेका आरोप एउटै प्रकृतिका छन्। दुर्गा पौडेललाई मन्त्री बनाउन, संसद्को निर्वाचनमा केही सीट हात पार्न गठबन्धनमा सामेल भएको आरोप लगाउँदै आएका छन् । तर त्यसरी आरोप लगाउनुका पछाडि एउटै कारण छ : प्रतिगमनका विरुद्ध संघर्ष तथा त्यसका लागि पाँच दलीय गठबन्धनको निरन्तरताको पक्षमा का. मोहनविक्रम र उहाँ नेतृत्वको पार्टी नेकपा (मसाल) ले देखाएको दृढता नै हो ।
यदि सत्तास्वार्थ वा संसदीय भागबण्डामा केही लाभ लिने उद्देश्य भएको भए त्यो लाभ हामीलाई एमालेबाट पनि प्राप्त हुन सक्दथ्यो । तर नेकपा (मसाल) ले जहिले पनि सिद्धान्तनिष्ठ राजनीति गरेको छ । सत्तास्वार्थको अवसरवादी राजनीति हामीले गरेका छैनौँ ।
फासीवाद कम्युनिस्ट तथा प्रजातन्त्र दुईटैका विरुद्ध खडा भएको सर्वसत्तावादी विचारधारा हो । ओलीमा देखिएको फासीवादी प्रवृत्तिलाई समयमा परास्त गर्न सकिएन भने मुलुकका लागि त्यसले धेरै ठुलो समस्या पैदा गर्न सक्दछ ।
भारतीय साम्राज्यवादले आफ्ना एजेन्डा ओलीमार्फत् नेपालमा लागु गराउन चाहिरहेको छ । भारतीय साम्राज्यवादले नेपालमा हिन्दु राज्यसहित राजतन्त्र ब्युताउन चाहन्छ ।
त्यसको एउटा उदाहरण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक होला । पार्टीले ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुका पछाडि का. मोहनविक्रम सिंहले दुर्गालाई मन्त्री बनाउनका लागि मात्र हो भनेर का. सन्तबहादुुरले लामो समयसम्म झुटको खेती गरिरहनुभयो । तर ओली नेतृत्वको सरकारले लादेको प्रतिगमन विरुद्ध पार्टीले एकल रूपमा तथा दोस्रोपटक ओलीले गरेको पुनः संसद् विघटनका विरुद्ध संयुक्त रूपमा आन्दोलन अगाडि बढाएपछि का. सन्तबहादुरको पहिलेको झुटको खेती फस्टाएन । उहाँ अर्को झुटको खेतीको गोडमेलमा लाग्नुभयो । का. दुर्गालाई केन्द्रीय मन्त्री बनाउन मोलमोलाइका लागि गण्डकी र लुम्बिनीको प्रादेशिक सरकारमा पार्टीलाई सामेल हुनबाट रोकिएको हो तर पार्टीले प्रादेशिक तथा केन्द्रीय सरकारमा सामेल नहुने निर्णय गर्यो । यसरी हाम्रो नेतृत्वका विरुद्ध का. सन्तबहादुरले स्यालहुइया मच्चाई रहनुभएको छ ।
यस्तो स्यालहुइया मच्चाउनेमा का. सन्तबहादुरजी एक्लै हुनुहुन्न । उहाँको त्यो कथित महान् क्रान्तिकारी कार्यलाई एमालेले पनि अगाडि बढाएको छ । यस्तै प्रकृतिको झुटको खेती हाम्रो नेतृत्व र पार्टीका विरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गरे । उनले एउटा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनमोर्चाले आफूसँग मन्त्री पदका लागि दौडधुप गरेको तर मन्त्री नपाएकाले गठबन्धनमा लागेको झुटो अभिव्यक्ति दिएका थिए । तर तिनै प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट राष्ट्रिय जनमोर्चालाई लक्षित गरेर उपसभामुख खानुस् भन्दा पनि जनमोर्चा डराएको विचार व्यक्त गरेका थिए । यदि ओलीले भने जस्तै जनमोर्चाले मन्त्रीका लागि दौडधुप गरेको भए के स्वयम एमालेले नै दिन खोजेको उपसभामुख पद जनमोर्चाले छोड्थ्यो होला ? कदापि छोडने थिएन । यो परम्परालाई ओलीपक्षीय नेताहरूले पनि अगाडि बढाएका छन् । ओलीको अत्यन्तै तल्लो स्तरको गालीगलौजको बद्नाम शैलीमा नै त्यो कार्यलाई उनी पक्षधर नेताहरूले अगाडि बढाएका छन् ।
२०७८ साल माघ १३ गतेको नेपाल प्रेस अनलाइनलमा एमालेका नेता दयालबहादुर शाहीले राष्ट्रियसभाको निर्वाचनमा बेहोरेको धक्काका कारण पाँचदलीय गठबन्धनको विरोध गर्ने नाममा हाम्रो नेतृत्वमाथि आक्रमण गर्दै “नातिनी उमेरकी दुर्गा पौडेलसँग अनमेल विवाहले मात्र नपुगेर तिनैलाई मन्त्री बनाउने लोभले” मोहनविक्रम प्रचण्डको शरणमा गएको भनेर अत्यन्तै तलो स्तरको अराजनीतिक आरोप लगाएका छन् । यसरी हामीले हेर्यौं भने सन्तबहादुर, ओली वा ओलीपक्षीय नेताहरूले का. मोहनविक्रम सिंहमाथि लगाउने गरेका आरोप एउटै प्रकृतिका छन् । दुर्गा पौडेललाई मन्त्री बनाउन, संसद्को निर्वाचनमा केही सीट हात पार्न गठबन्धनमा सामेल भएको आरोप लगाउँदै आएका छन् । तर त्यसरी आरोप लगाउनुका पछाडि एउटै कारण छ : प्रतिगमनका विरुद्ध संघर्ष तथा त्यसका लागि पाँच दलीय गठबन्धनको निरन्तरताको पक्षमा का. मोहनविक्रम र उहाँ नेतृत्वको पार्टी नेकपा (मसाल) ले देखाएको दृढता नै हो ।
पाँचदलीय गठबन्धनका कारण राजावादी, प्रतिगामी, भारतीय तथा अमेरिकी साम्राज्यवादको बेग्लाबेग्लै स्वार्थमा बाधा पुगिरहेको हुनाले उनीहरूबाट त्यसको विरोध हुनु त स्वाभाविकै हो । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिबाट एमालेमार्फत् नेपालमा प्रतिगमन लाद्न खोजिएकाले पाँचदलीय गठबन्धनबाट एमालेलाई पनि धक्का पुग्नु स्वाभाविक हो । एमालेलाई व्यवहारतः धक्का पनि पुगेको छ । त्यसैले एमाले हाम्रा विरुद्ध गालीगलौजमा उत्रिनु, हाम्रा नेताहरूको चरित्र हत्या गर्नु बुझ्न सक्ने कुरा भयो । तर प्रतिगमन विरुद्धको संघर्ष तथा पाँचदलीय गठबन्धनको निरन्तरताको सन्तबहादुरहरूले पनि विरोध गरिरहनुभएको छ ।
प्रतिगमन विरुद्धको संघर्ष तथा त्यसका लागि पाँचदलीय गठबन्धनको निर्माण तथा त्यसको निरन्तरताले का. सन्तबहादुरजीको वर्गीय वा राजनीतिक स्वार्थमा धक्का पुगे जस्तो ठानेर विरोध गरिरहनुभएको छ । उहाँहरूको राजनीतिक स्वार्थलाई कहाँनिर धक्का पुगेका कारण नेकपा (मसाल) का विरुद्ध झुटको खेती गरिरहनुपरेको छ ?
सन्तबहादुरहरूले एमालेलाई प्रतिकृयावादी राजनीतिक शक्तिको रूपमा विश्लेषण गरेका छन् । अझ त्यस्तो शक्तिका विरुद्ध हामीले संघर्ष गर्दा संघर्षलाई अवमूल्यन गर्ने र भ्रम छन, सरकारमा जाने वा तुच्छ प्रकारको संसदीय सिटको सुरक्षाका लागि आन्दोलन गएिको भनेर बद्नाम गर्ने कार्य भइरहेको छ । यी सबै कार्य सन्तबहादुरहरूले लिएको प्रतिगमनउन्मुख राजनीतिको परिणाम हो । प्रतिगमनउन्मुख राजनीतिको परिणाम नै उनीहरू प्रतिगमन विरुद्धको संघर्ष तथा त्यसका लागि पाँचदलीय गठबन्धनको निरन्तरताका विरुद्ध खडा भएका छन् । प्रतिगमन विरुद्धको संघर्ष तथा त्यसका लागि पाँचदलीय गठबन्धनको निरन्तरतामा जोड दिने शक्तिका विरुद्ध खडा भएर राजावादी तथा प्रतिगमनका पक्षधर शक्तिको पक्ष लिन पुगेका छन् । राजनीतिक कार्यदिशाको सवालमा सन्तबहादुरहरू जस्तो गाईजात्रा फुटेर जाने अरू कसैले देखाएनन् ।
नेकपा (मसाल) ले प्रतिगमनका विरुद्धको संघर्ष र पाँचदलीय गठबन्धनमा जोड दिनुको पछाडि संसदीय भागबण्डामा केही लाभ लिने स्वार्थको रूपमा अथ्र्याएर प्रतिगामीहरूले भ्रम पार्ने प्रयत्न गरिरहेका छन् । यदि सत्तास्वार्थ वा संसदीय भागबण्डामा केही लाभ लिने उद्देश्य भएको भए त्यो लाभ हामीलाई एमालेबाट पनि प्राप्त हुन सक्दथ्यो । तर नेकपा (मसाल) ले जहिले पनि सिद्धान्तनिष्ठ राजनीति गरेको छ । सत्तास्वार्थको अवसरवादी राजनीति हामीले गरेका छैनौँ ।
गण्डकीमा एमालेको सरकारका विरुद्ध अविश्वासको प्रस्ताव आएपछि सरकार टिक्ने वा ढल्ने त्यसको निर्णायक शक्ति हामी थियौँ । एमालेले आफ्नो सरकार बचाउन हाम्रो पक्षका तीन जना प्रदेश सांसदलाई रोजेको मन्त्रालय लिन प्रस्तावसमेत गरेको थियो । सत्तास्वार्थको अवसरवादी राजनीतिबाट पार्टी निर्देशित हुन्थ्यो भने हामीले एमाले प्रस्तावलाई स्वीकार गरेर सरकारमा सहभागी हुन्थ्यो वा सरकारमा राम्रो मन्त्रालय दिन नेकासँग मोलमोलाइ गरेपछि मात्र अविश्वासको प्रस्तावलाई समर्थन गथ्र्यौं होला । तर हामीले प्रतिगमनको मतियार सरकारको अन्तको शर्तमा मात्र काँग्रेससहितका विपक्षीसँग सहकार्य गर्यो ।
एमालेको तत्कालीन लुम्बिनीको सरकारबाट पनि सरकारलाई साथ–समर्थनका लागि पार्टीलाई विभिन्न प्रस्ताव नआएका होइनन् । तर पार्टीले ओलीले चालेको कदमबाट देशको गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियतामाथि खतरा पैदा भएको देखेर नै प्रतिगमनका विरुद्धको संघर्ष तथा त्यसका लागि पाँचदलीय गठबन्धनको निर्माण र अहिलेको अवस्थामा त्यसलाई कायम राख्न जोड दिएको छ । ओलीसँग हाम्रो अकारण अन्तरविरोध बढेर गएको छैन । त्यसका पछाडि कुनै सत्तास्वार्थ नभएर निश्चित राजनीतिक कारणले काम गरेको छ । देशको गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षताको रक्षाका लागि ओलीको नीति बाधकको रूपमा अगाडि देखापरेका छन् ।
फासिवादका विशेषता ओलीको कार्यशैलीमा र प्रवृत्तिमा अन्तरनिहित भएको मात्र नभएर पछिल्ला दिनमा ती व्यवहारका अभिन्न अंग भएका छन्् । फासीवादको मूल प्रवृत्ति जनवादको पूर्णतया नकार वा निषेध हो । यो प्रवृत्तिले घरदेखि राज्यसम्म जनवादलाई नकार गर्दछ । फासीवादी प्रवृत्तिले व्यक्तिलाई आत्मकेन्द्रित स्वार्थी, विवेक वञ्चित तथा आफूलाई नै सही ठाने सर्वसत्तावादी बनाइदिन्छ । ओलीको सम्पूर्ण चरित्र, कार्यशैली तथा विगतमा पार्टीभित्रको अन्तरविरोधलाई समाधान गर्न उनले अपनाएको शैली, पार्टी महाधिवेशनमा गरिएको जनवादको हनन् तथा एमालेमा बढ्दो व्यक्तिपूजाको प्रवृत्तिलगायतका पक्षमाथि विचार गर्दा ओली फासीवादको बाटोमा अगाडि बढेका छन् । उपर्युक्त प्रवृत्ति फासीवादका विशेषताभित्र पर्दछन् । फासीवाद कम्युनिस्ट तथा प्रजातन्त्र दुईटैका विरुद्ध खडा भएको सर्वसत्तावादी विचारधारा हो । ओलीमा देखिएको फासीवादी प्रवृत्तिलाई समयमा परास्त गर्न सकिएन भने मुलुकका लागि त्यसले धेरै ठुलो समस्या पैदा गर्न सक्दछ । त्यसैले हाम्रो पार्टीले ओलीमा देखिएको फासीवादी प्रवृत्तिलाई गम्भीरताका साथ लिएको छ । त्यो प्रवृत्ति विरुद्धको संघर्षमा जोड दिएको छ । आगामी दिनमा हुने आसन्न निर्वाचनमा ओली पक्षसँग सहकार्यलाई अस्वीकार गरेको छ ।
सुरुमा जर्मनीमा हिटलरको फासीवादी खतरालाई कम्युनिस्ट र प्रजातन्त्रवादीहरूले अवमूल्यन गर्दा वा कम आँकलन गर्दा त्यसको परिणाम के भयो ? यो दुनियालाई थाहा छ । भारतमा गणतन्त्र भएर पनि त्यहाँका जनताले फासीवादी शासन बेहोर्नु परिरहेको छ । भारतीय जनताका सम्पूर्ण हक–अधिकार कुण्ठित भएका छन् । त्यसैले ओलीले निर्वाचनमा बहुमत ल्याएर लाद्न खोजेको फासीवादका बारेमा हामी सुरुदेखि नै सतर्क हुनुपर्ने तथा त्यसका विरुद्ध संघर्षमा जोड दिनुपर्ने आवश्यकता छ । फासीवादको यो एउटा खतरा त छँंदै छ ।
त्यसका साथै अर्को खतराप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । त्यो भनेको भारतीय साम्राज्यवादले आफ्ना एजेन्डा ओलीमार्फत् नेपालमा लागु गराउन चाहिरहेको छ । भारतीय साम्राज्यवादले नेपालमा हिन्दु राज्यसहित राजतन्त्र ब्युताउन चाहन्छ ।
आफ्नो सत्ता टिकाउन ओलीले विगतमा भारतीय एजेन्डा बोकेको र अहिले पनि त्यसबाट पछाडि नहटेको कुरा सबैलाइ जगजाहेर छ । ओली त्यसबाट पछाडि हटेको भए दुई दुईपटक गरिएको संसद् विघटनप्रति उनी महाधिवेशन वा पार्टीमा आत्मालोचित हुन्थे । तर ओलीले आफूले गरेको कार्य सही भएको बताउदै आएका छन् । त्यसका साथै अहिले पनि संसद्लाई विघटन गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउँदै आएका छन् । ओली भारतीय रणनीतिमा फसेका कारण नेपालका राजावादीहरूले ओलीको प्रत्येक कदमलाई साथ र सर्मथन दिइरहेका छन् । यो कुनै संयोग कुरा होइन । ओलीले लिएको प्रतिगामी राजनीतिको परिणाम यी दुईटै धारालाई एकअर्काको नजिक पु¥याइदिएको छ । त्यसैले देशको राजनीतिको अगाडि देखापरेका यी समस्याका कारण प्रतिगमनको खतरा कायम नै छ । लोकतान्त्रिक गणतन्त्रका विरुद्ध यी दुईटै धारा मिल्न सक्ने खतरालाई पनि हामीले नजरअन्दाज गर्नुहुँदैन ।
प्रतिगमन विरुद्धको संघर्ष तथा प्रतिगमनलाई निर्णायक रूपमा परास्त गर्न पाँचदलीय गठबन्धनलाई कायम राख्ने अडानलाई आगामी निर्वाचनमा संसदीय सिटको सुरक्षा तथा सरकारमा सहभागिताका लागि मोलमोलाइको क्षुद्र स्तरमा गिराउने प्रयत्न गर्दै आएका छन्् ।