का. लेनिन जयन्ती र नेकपाको स्थापना दिवश बारे

का. लेनिनको जन्म जयन्ती र नेकपाको स्थापना दिवहको बारेमा भन्नुपर्दा शंक्षिप्तमा निम्न अनुसारको बिचार गर्दा असान्दर्भिक नहोला । का. लेनिनकी आमा मरिया एउटी डाक्टर कि छोरी थिइन् । सन् १८८६ मा लेनिनको पिताको मृत्यु पछि सबै परिवारको भोज उनै माथि आयो लेनिनका दाजु एउटा क्रान्तिकारी भूमिगत पार्टीमा लागेका थिए । उनलाई अर्को वर्ष जार तृतियको हत्याको साजिस रचने आरोपमा फाँसीमा झुण्डाइएको थियो । पहिले पिताको मृत्यु र त्यसपछि लगातै दाजुको यो जारको तानाशाही सरकारले दिएको दर्दनाक मृत्युले गर्दा उनलाई असहनिय पिढाको सामना गर्नुपरेको थियो ।

का. लेनिनको जन्म २२ अप्रेल १८७० मा रूसको सिम्ब्रिक शहरमा भएको थियो । का. लेनिन असामन्य ब्यक्ति थिएनन् । उनी एउटा महान दार्शनिक र श्रमजिविवर्गका प्रेणादायक दार्शनिक भएकोले विश्वभरी उनको सम्मान हुनु स्वभाविक नै हो । अंझ गरिब र क्रान्तिकारी वर्गका प्राणदादा भएकोले नेपाली क्रान्तिकारी बुद्धिजिवीहरूले त्यही दिन पारेर १० वैशाख २००६ सालमा यानिकी २२ अप्रेल १९४९ निरञ्जन गोबिन्द बैद्ध, नरबहादुर क्रमचार्य, नारायण विलास जोशी, पुष्पलाल श्रेष्ठ चारजना संस्थापक सदस्य थिए । नेकपाको स्थापना भारतमा कालकत्ताको श्याम बजारमा एउटा बंगालीको घरमा गरेका थिए । नेकपाको इतिहास् एउटा निम्न पुँजिवादी जगमा भयो । पार्टीले नौलोजनवादी क्रान्तिको लागि कम्युनिष्टको सुरूवात गरे पनि अहिले लगभग ७२ वर्ष पुरा पुगेको बृद्धा अबस्थामा पनि आपसी मतभेद र जनताको आँखामा छारो हालेर आ-आफ्नो क्यारिरिष्ट स्वार्थ पुरा गर्ने बाहेकको खासै देशमा काम गरेको देखिएन । अहिले ॅक’ लाई धुंदाधुंदा ॅस’ बनाइसके पनि नौलो जनवादी क्रान्ति हुन सकिन । अहिले साहेद संस्थापक मध्यका कुनै पनि जिवित हुनुहुनन् होला, तर आज पनि कम्युनिष्टको भरपर्दो काम देख्न नेपाली जनताले देख्न पाएका छैनौँ ।

नेकपाको अहिलेसम्मको उपलब्दी भनेको आफ्नै हांगाबांगा मात्रै हो । अहिले देशभित्र कम्युनिष्टको बिउ जोगाउन हम्मेहम्मे भएको छ । अहिले नेकपाको बारेमा यत्ति भन्दै म पुनः का. लेनिनको बारेमा थोरै प्रकाश प्रार्ने जमर्को गर्दैछु । का. लेनिनको बाल्यकाल अत्यान्तै रोचक थियो उनका बाउ एउटा एहुदी वकिल थिए । आमा मरिया एउटा प्रतिभा सम्पन्न महिला एकजना चिकित्सक कि छोरी हुन ।

लेनिनले सबैभन्दा पहिलो माक्र्सवादी सिद्धान्त आफ्नै दाजु अलेक शान्द्राभानसँग प्राप्त गरेका हुन । १८८७मा कजान विश्व विद्यालयको विधि विभागमा प्रवेश गरे तर उनलाई क्रान्तिकारी गतिविधिमा लागेको थाहापाए पछि त्यहाँको ब्यबस्थापनले सरकारको इसारामा निकाली दियो १८८९ मा उनी समारा पुगे १८९१ मा सेन्टपिटर्स वर्ग विश्व विद्यालयबाट विधि परिक्षामा उपाधी हासिल गरे । लेनिनले समारामा नै वकालत गर्न सुरूगरे सन् १८९३ मा उनले सेन्टपिटर्स वर्गमा आफ्नो बसेरा बनाए, तर त्यहा“को प्रशासनले उनको प्रत्येक काममा सिआइडी गर्न लगाएको थियो ।

१८९५ मा लेनिनलाई बन्दि बनाइयो र पछि १८९७ मा उनलाई तिन वर्षको लागि साइवेरियामा निर्वासित गरियो । केही पछि क्रुपसकायालाई पनि त्यही“ निर्वासित गरियो उनीहरू बाल्यकालका साथि थिए उनीहरूको बिचमा गाडा प्रेम थियो । परिणाम स्वरूप उनीहरूको निर्वासनकै द्वौरानमा विवाह पनि भयो । उनले क्रान्तिकारी गतिविधी भुमिगत रुपमा उपनामहरू प्रयोग गरेर गर्दथे । ब्लादिमिर इल्याइच उल्यानोवलाई सन १९०१ मा लेनिन उपनाम प्रयोग गर्दा उनलाई निर्वासिन झेल्नु पर्‍यो । सन १९०२ मा उनले “हामीले के गर्ने” नामको ऐतिहासिक कृति प्रकाशित गरे सन १९०३ मा पार्टी भित्र अवसरवादीहरूको बिचमा ठुलो संघर्ष गरे र अन्तमा उक्त सम्मेलनले क्रान्तिकारी धार पारित गर्न सफल भयो । यसरी का. लेनिनको जेल निर्वासन र लगातार अवसरवादीहरू बिच सम्झौताहिन संघर्षको लामो इतिहास छ । १९१२ मा गएर मेन्सेविकहरूलाई गदेडन लेनिन सफल पनि भए ।

उनको क्रान्तिकारी गतिविधीले गर्दा सन १९०७ बाट रूसमा बस्नु का. लेनिनको लागि अशुरक्षित महशुस गरि उनी युरोपमा गएका थिए । जुन वेलादेखि उनले रूसमा क्रान्तिकारी गतिविधी गर्न थाले । त्यो वेला निकोलस जार तृतियको शासन थियो । उनी कयौं पटक जेल जीवन काटेका थिए । कैयौं पटक निर्वासित पनि गरियो तर उनी क्रान्तिकारी गतिविधीबाट कहिले हरेस खाएनन् । उनले “इस्क्रा” चिंगारी पत्रिकाको सम्पादन सुरूगरे र सन १८९८ तिर उनले बोल्सेविक पार्टीको स्थापना गरे, तर सन १९०५ को क्रान्ति असफल भयो । तर पनि उनी झन धारिलो भएर अगाडी बढेका थिए । जब १९१२ मा पार्टी भित्र बसेर पार्टी बिरोधी कृयाकलाप गरेका मेन्सेविक अवसरबादीहरूलाई पार्टीबाट निस्काशित गर्न सफल भए त्सपछि कुल पाँच वर्षभित्र मै महान अक्टुवर क्रान्ति सम्पन्न गरेर देखाएका थिए । यानिकी असफल क्रान्तिको पछिका कुला १२ वर्ष भित्रमा महान अक्टुवर क्रान्ति समेत सम्पन्न गरेर देखाएका थिए।यद्मापि पुंजिवादी केंरेन्सिकहरूले जनतामा भ्रम छर्ने ठुलो प्रयात्न न गरेका होइनन् ।

का. लेनिनले रूसको इतिहासमा मात्र होइन सारा विश्वमा माक्र्सवादको त्यो सन् १८४८ को फार्मूलालाई ब्यबहारिक रुप दिएर संसारलाई चकित पारेका थिए । २१ जनवरी १९२४ मा उनको निधन भयो । १९१८ मा उनीमाथि दुई पटक आत्माघाती हमला पनि भएका थिए । यसरी वर्ग संघर्षमा संसारको पहिलो इतिहास स्थापना गर्न सफल भएका लेनिनलाई आज संसारभरिका तमाम मुक्तिकामी जनताहरूले सम्मान गर्छन् । का. लेनिनका कुनै सन्तान थिएनन् तर पनि आज संसारका गल्लिगल्लिमा लेनिनको नाम अम्मर छ । पुँजिपतीहरूले लेनिनलाई मरेर पनि मार्न सकेका छैनन् ।

कहिले रिसले लेनिनलाई गालि गंर्छन्, कहिले उनका पत्रिमा च्यात्छन् तर पनि लेनिनवादी बिचारधाराको विकास हुँदै गएको छ । लेनिनलाई मार्न कसैले सक्दैन, बरू लेनिनवादको विकास हु“दै गएको छ । विश्वका अवसरवाद र संशोधनवादीहरूले गर्दा क्षणिक रूपमा क्रान्तिकारीहरू कम्जोर देखिएता पनि विश्व कम्युनिष्ट आन्दोलन अजय छ । नेपालको कम्युनिष्ट भनाउँदाहरूले का. लेनिनको नाम र कम्युनिष्टको लोगो प्रयोग गरेर आफ्नो स्वार्थ पुरागर्न छाडेका छैनन् । सच्चा कम्युनिष्टहरूले एकदिन यो मालेको झण्डा आधारभुत वर्गले अझ उँचो गरि उठाउने छ, त्यो दिन कसैले पनि क्रान्तिलाई रोक्न सक्नेछैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार