कार्ल मार्क्सको २०५औं जन्म दिवसको अवसरमा

अहिले दुनियांभरीका क्रान्तिकारीहरू भन्दा बढी मार्क्सवादको प्रयोग गर्ने अवसरबादीहरू भेट्टिन्छन् । आफुलाई मार्क्सवादी भन्नेहरूले मार्क्सवादको आधारभूत सिद्धान्तलाई त्यागि सकेका छन् । मार्क्सवादी दर्शनमा वर्गसंघर्षको ठुलो र ऐतिहासिक महत्व छ । वर्गसंघर्षलाई छाडिसकेका संशोधनवादी अवसरवादीहरूले क्रान्तिकारीहरूले भन्दा बढी मार्क्सवादलाई उपयोग गरेका हुन्छन् । अहिले नेपालमा कम्युनिष्टको लोगोलाई जनतालाई छक्काउँने र आफ्नो स्वार्थ पुरा गर्ने काममा प्रयोग गर्दै आएका छन् ।

आज भन्दा दुइ सय चार बर्ष अगाडी पाँच मई १८१८ मा जन्मिएका जर्मन दार्शनिकले आफ्नो सारा जीवन श्रमजिवि वर्गको शोषण कसरी हुन्छ र उनीहरूको मुक्ति कसरी हुनसक्छ भनेर जीवन र जगतको अध्ययन गरेर ठुलो प्रयास पछि कामरेड फ्रेडरिख एंगेल्स सहित दुबै जनाले एउटा घोषणा पत्र “लिग” को निमन्त्रणमा उसैको लागि तैयार पारे जो १८४८ को कम्युनिष्ट घोषणा पत्र तैयार भएको थियो । त्यो मार्क्सवादको मूल दर्शन हो । मार्क्सवाद भनेको सामाजिक विज्ञान हो । त्यतिवेलासम्म टाउकाले टेकेर उभिएको विज्ञानलाई भौतिकवादलाई मार्क्सले खुट्टाले टेकेर उभ्याउन सफल भएका थिए ।

उनले फाएर बाख र हेगेलको दर्शनबाट पनि प्रेणा लिएकाछन् उनीहरूका थेसिसहरूको अध्ययन पछि पुनः यो सामाजिक र प्राकृतिक जीवन र जगतको अध्ययन गरेका थिए । त्यसपछि उनीहरूको दर्शन अधुरो र अपुरो देखापर्‍यो । मार्क्सवाद नै एउटा प्रथम अनिस्वरवादी शुद्ध सामाजिक वैज्ञान हो । त्यसकारण मार्क्सवादी दर्शन भनेको श्रमजिवि वर्गको दर्शन हो ।

आखिर क्रान्तिकारीहरूले जस्तै वा त्यो भन्दापनि उफ्रिउफ्रि मार्क्सवादको प्रचार गर्नेहरू धेरैजसो अवसरवादी र संशोधनवादीहरू छन् । किन कि दुनियाँ भरिमा पञ्चानब्बे प्रतिशत श्रमजिवि जनताको प्रतिनिधित्व गर्ने एकमात्र राजनीतिक शक्ति भएकोले त्यो शक्तिलाई उपयोग गरेर आ-आफ्नो स्वार्थ पुरागर्ने अवसरवादहरूले मार्क्सवादी दर्शनलाई प्रयोग गरेर त्यसैमा प्रहार गरेका हुन्छन् । उनीहरूले नया“ नया“ सामाजिक बखेडाहरू झिक्छन् । जस्तै एनजीओ, आईएनजीओ कैयौं प्रकारका हुन्छ । पुंजिवादको एउटा दलाल, जसले मार्क्सवादलाई बद्नाम गर्ने उदेश्यले सञ्चालन भएका छन्, कतिपय आर्थिक कारोवारमा संलग्न गराएर कम्युनिष्टका काडरहरूलाई त्यो जालमा जेलेका हुन्छन्, जस्ले पैसाको लालचमा अरू आफुजस्तैलाई जेल्दै लग्छ ।

अर्को सामाजिक संगठन जो गैर राजनीतिक संगठन बिसुद्ध सामाजिक संगठन हो त्यो संस्थाले मानव समाजमा स्वत स्फुर्त रूपमा काम गर्छन््, त्यो मानव अधिकारवादीसँग संगठन आदी आउँछन् तर अहिलेको यो पुंजिप्रधान समाजमा पुँजि उत्पादनको होड हुने भएकोले यसमा मानिसहरूको प्रभाव कम हुँदै गएको छ । तर मानिसहरूको बढि लगाव प्रथम खालको आर्थिक उत्पादन गर्ने जसले एजेन्ट बनाएर कमिशनको लालचमा समाजमा दुषित फैलाउँने खालका संस्थाहरू त्यो समाजको लागि बढि खराब तत्व भएपनि नेपाली कम्युनिष्ट आन्दोलनमा लागेका ब्यक्तिहरू नेताहरू समेत त्यसको चपेटमा परेकाछन् ।
उनीहरू संगठनको काममा खुब सक्रिय देखिन्छन् र भित्रभित्रै उनीहरूले आफ्नो आर्थिक उत्पादनको लागि ऐजेन्ट तैयार पार्दै हिंडेका हुन्छन् । यिनिहरू पार्टीका लागि मात्र होइनन् पुरै समाजका लागि गद्धार हुन् यिनिहरूको चरित्र उदाङ्गियो भने यि कम्युनिष्ट आन्दोलनबाट भाग्छन् । यिनिहरूले गर्दा आज मार्क्सवादी दर्शनमाथि दिनहुँ आक्ररमण हुँदै आएकोछ । उनीहरू मध्यका धेरैजसो गुट बनाउँने र जनताहरूलाई अतिरञ्जित तरिकाले कनविन्स गर्ने र आफ्नो फाइदाको लागि प्रयोग गर्ने गर्दछन् । यस बारे बिस्तारै देखिंदै जान्छ त्यो वेला उनीहरू कम्युनिष्टको सम्पर्कमा पनि आउँन कतराउँने छन् ।

दुनियाँ भरिका मुक्तिक्रमी क्रान्तिकारीहरूले मार्क्सवादको दर्शनलाई आफ्नो ब्यबहारमा ढाल्ने प्रयात्न गर्छन् । उनी एउटा सामन्य परिवारमा जन्मिएर पनि विश्वको दर्शन बन्न पुगे । उनका पिता एउटा यहुदी परिवारका वकिल थिए हिरस्केल हाइनरिख जसले पछि आफ्नो पुरानो यहुदी धर्मलाई छाडेर इसाई प्रोटेस्टैन्ड धर्म अंगिकार गरे त्यो वेला मार्क्स कुल ६ बर्षका थिए । भनिन्छ ॅहुँने विरूवाको चिल्ला पात हुन्छन् रे’ उस्तै उनी बाल्यकालमै बिलक्षण प्रतिभा सम्पन्न थिए । उनी १७ वर्षको छँदा एउटा निबन्ध लेखे आफुलाई मन पर्ने जीवन बृती लिनु भन्दा पहिले एउटा तन्नेरीको बिचारमा भनिएको थियो, जुन जीवन वृतिका लागि हामी आफुले आफुलाई अतियोग्य सम्झिन्छौँ परन्तू हामी त्यसलाई चिन्दैनौं । यो भन्दा पहिले हामी आफ्नो सामाजिक सम्बन्ध निर्माण गरौं । “वास्तबमा उनलाई कलिलो उमेरमा नै सामाजिक ज्ञान भएको थियो । समाजप्रति सुक्ष्म दृष्टिकोण उनको बाल्यकालको उच्च गुण हो । जहले पछिका दिनहरूमा उनलाई महान दार्शनिक रूपमा स्थापित गर्‍यो ।

हामीले भन्नेगर्छौं, मान्छे प्यारो होइन उसको काम प्यारो हुन्छ, यही वास्तबिकता हो । कामरेड मार्क्सलाई दुनियांभरीमा सम्मान गर्ने कारण त्यही हो । उनीभित्रको गुण दर्शन निस्वार्थ शिक्षा जसले विश्वमा सर्वहारा वर्गको मुक्तिको मार्गप्रस्त गर्यो । उनको प्राथमिक शिक्षा त्रियर नगर मै भयो । सबैका आमा बाबाको चाहना हुन्छ, आफ्नो बच्चालाई आफु जस्तै वा आफु भन्दा उच्च शिक्षा दिएर अगाडि बढाउँने, त्यही प्रकारले मार्क्सका पिताले आफुजस्तै वकिल बनाउँने इच्छा थियो ।

मार्क्सले १७ वर्षमा त्यो वेलापनि मैट्रिक पास गरेर बौन विश्व विद्यालयमा कानून् अध्ययन गर्न आफ्नो पिताको आज्ञानुसार गए तर प्रत्येक व्यक्तिभित्र आफ्नै प्रकारको प्रतिभा हुन्छ । उनलाई कानूनमा खासै रूचि थिएन । बाल्यकालमा सँगै खेलेकी साथी जैनी वेष्ट फालेन त्यहीं अध्ययन गर्दिरहिछिन् । उनी एउटा सम्पन्न परिवारमा जन्मिएकी केटी थिईन् । पछि उनको दाजु फान वेष्ट फालेन जर्मनिको एउटा प्रतिकृयावादी सरकारमा मन्त्री पनि बनेका थिए । जेनिसँग मार्क्सको प्रेम सम्बन्ध बढ्न थाल्यो, त्यो थाहा पाएपछि मार्क्सका पिताले वर्लिन विश्व बिद्यालयमा सारे । त्यहाँ मार्क्सले इतिहास र दर्शन शास्त्रको अध्ययन गर्नथाले । त्यो वेला जर्मनिमा हिगेलका बिचारहरूको ब्यापक प्रचार थियो । मार्क्स पनि हिगेलका बिचारबाट त्यो वेला प्रभाबित भए ।

जैनिसँग पनि पत्रचार हुँदैगयो र प्रेमप्रसंग पनि बढ्दै गयो खासगरेर उनीहरू दुबैजनाको बिचारधारा पनि मिल्दै गयो । १८३८ ई.मा पिताको मृत्यु पछि मार्क्सले दर्शनशास्त्रमा डाक्टरेडको लागि सोधकार्यका सुरूगरे । उनले प्राचिन दार्शनिकहरूको दर्शन र बिचारहरूलाई अत्यन्तै गहिरिएर अध्ययन गरे । सन १८४१ मा युनानका प्राचिन दार्शनिक डेमोक्रयाइटस्टस् र एप्पिक्युरसको प्राकृतिक दर्शनमा रहेको अन्तरलाई सम्पष्ट गर्दै खोजपत्र तैयारपारे । त्यही निबन्धमा उनलाई जेना विश्वबिद्यालयद्वारा डाक्टरेडको उपाधी पनि मिल्यो । आर्थिक अबस्था कमजोर भएपछि उनी प्रध्यापक बन्न खोजे तर उनका बिचार क्रान्तिकारी भएकाले त्यो हुन सकेन । उनी सरकारको आलोचक भए र रूढीवादी अन्धबिश्वास तथा सरकारका जनबिरोधी नीति कृयाकलापको आलोचना गर्ने उदेश्यले पत्रिकाको प्रकाशन सुरूगरे तर पत्रिकालाई केही समयपछि प्रसाको सरकारले रोक लगायो र उनको गतिविधीको चेवा गर्न गुप्तचर खटायो । यस्तो अबस्थामा मार्क्सले देश छोड्ने बिचार गरे ।

पेरिसबाट साथिहरूले ५००/थेलरको प्रबन्ध गरे उनले १९ जुन १८४३ मा जेनि वेष्ट फालेनसँग बिहे गरेर पेरिस पुगे । यहाँबाट “जर्मन फ्रेञ्च बर्ष पत्र” मा सम्पादन गर्न थाले । त्यो पत्रिकाको पहिलो अंकमा मार्क्सका महत्वपुणर् दुई लेखहरू प्रकाशित भए । एउटा हिगेलको भाववादी दर्शनको समालोचना अर्को यहुदीहरूको प्रश्न ॅयिनै लेखहरूमा वर्गसंघर्ष र समाजवादको रूपरेखा कोरीएको थियो । यसैले गर्दा प्रसाको सरकारले मार्क्सलाई वारन्ट जारि गर्यो । यही पत्रिकामा एंगेल्सका पनि दुई लेखहरू छापिएका थिए । जसको अध्ययन गरेपछि स्वंय मार्क्स पनि प्रभावित भए र पछि पत्र लेखेर सम्पर्क गरे । यसरी दुबैको बिचारधारा एउटै भएपति बिस्तारै पत्रचारहरू भयो । त्यो पत्रिका परिवार भित्र बिवादका कारण बन्द भए पनि मार्क्स एंगेल्स बिचको मित्रता जीवन भरी रह्यो ।

मार्क्सले अर्थशास्त्रको गहन अध्ययन गरे उनी मजदुरहरूको आन्दोलनमा लगातार सहभागी भए र फ्रांसेली क्रान्तिमा पर्ने भौतिकवादी बिचारधाराको अध्ययन गरे । सन १८४४ मा एंगेल्स पेरिस आएर कार्ल मार्क्सलाई भेटे । उनीहरूले त्यो द्वौरान पबित्र परिवार, ‘आलोचनात्मक आलोचनाको आलोचना’ नामक ऐतिहासिक दस्तावेज लेखे । त्यो वेला पेरिसबाट अंघी बढ भन्ने पत्रिका प्रकाशित हुन्थ्यो ।

मार्क्सले आफ्ना लेखहरू त्यसैमा छपाउँन थाले तर त्यहाँको सरकारले उनलाई फ्रान्स छाड्ने आदेश जारि गर्यो । उनी वेल्जिएमको राजधानी ब्रुसेल्स गएको खबरले एंगेल्स अत्यान्तै चिन्तित थिए । पछि दुबैले इंगलैण्डको भ्रमण गरे १८४६ मा कम्युनिष्ट सम्बाद समितिको गठन गरे । सन १८४७ मा प्रुब्धोको “दरिद्रताको दर्शन” नामक पुस्तकको आलोचना गर्दै “दर्शनको दरिद्रता” नामक पुस्तक लेखे । १८४७ ई. मा वेलायतको एउटा मजदुर संगठनले आफ्ना प्रतिनिधि पठाएर दुबैलाई बोलायो र त्यसैलाई कम्युनिष्ट लिग भन्ने नाम दिए ।

यसरी उनीहरूको लामो संघर्षको परिणाम कम्युनिष्टको घोषणापत्र तैयार गरियो । कार्ल मार्क्सले यो अभियानमा धेरै ब्यक्तिगत त्याग गरेकाछन् । उनले दुःख पिढा आर्थिक भाव र सन्तानहरूको उपचार गर्नै नसकेर पनि गुमाएका छन् तर पनि आफ्नो सिद्धान्तबाट बिचलित भएका छैनन् ।

१८८१ मा पत्नी बियोगको सामना गरेका मार्क्सले सन १८८३ को मार्च १४मा यो संसारबाट उनको भौतिक शरिरले बिदालिएको थियो तर पनि आज दुनियांभरीमा उनको दर्शन जिवितछ र यो अजय छ । उनका दुई छोराहरु गिडो र एडगारको बाल्यकाल मै निधन भएको थियो । निधन हुँदा गिडो एक बर्षको र एडगार नौ बर्षका थिए । तिनवटी छोरीहरू मध्य एउटीको निधन भएको थियो । उनले कोटको कात्रो बनाएर आफ्नो छोरालाई बिदाई गर्नुपरेको मार्मिक शब्दहरूले कस्को मन नछोला ।

माथिको लेखबाट हामीले देख्यौँ कसले गरिब श्रमजिविको मुक्तिका लागि आफ्नो सबथोक त्यागे भने आज उनै गरिव जनताहरूले आ-आफ्नो स्वार्थमा मार्क्सको त्यागको अबमुल्यान गर्दैछन ।यो छोटो लेखमा मार्क्सको जीवनगाथा समेट्न सकिदैन । संक्षिप्तमा भएपनि उनको सम्मानमा केही शब्द कोरेको छु । भोली संसारका थुप्रै अवसरवादी समेतले फुलमाला र अविर लगाएर लामो लामो भाषण दिएर २०५औं मार्क्सको जन्म दिवस पनि मनाउँने नै छन् तर सच्चा क्रान्तिकारीहरूले मार्क्सको जीवन दर्शनबाट शिक्षा लिएर अगाडी बढ्नेछन् भन्ने हामीले कामना गर्दछौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार