‘स्वतन्त्र’ वा राष्ट्रिय जनमोर्चा ?

मोहनविक्रम सिंह ##
‘स्वतन्त्र’ वा राष्ट्रिय जनमोर्चा ? कतिपय व्यक्तिहरूलाई त्यो शीर्षक नमिले जस्तो वा अस्वाभाविक भए जस्तो पनि लाग्न सक्दछ तर त्यो शीर्षकको गम्भीर अर्थ र महत्त्व छ र अहिलेको देशको राजनीतिक सन्दर्भमा त्यसले विशेष अर्थ पनि राख्दछ । त्यसबारे केही प्रकाश हाल्नुपर्ने आवश्यकता देखिन्छ ।

आज देशमा एक प्रकारले ‘स्वतन्त्र’ हरूको लहर आएको छ । त्यो लहरको जोड कति छ र त्यसले देशको राजनीतिमा कति प्रभाव पार्ने छ ? त्यो कुरा निश्चित रूपले बताउनु समयभन्दा पहिलेको कुरा हुने छ । तैपनि त्यसले देशको राजनीतिमा केही कम्पन अवश्य ल्याएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि स्वतन्त्रको त्यो लहर प्रकारान्तरले राजनीतिक दल वा बहुदलीय व्यवस्थाप्रति जनतामा देखा परेको असन्तोष वा वितृष्णाको नै परिणाम हो । यो असन्तोष र वितृष्णा एक वा अर्को प्रकारले पञ्चायती तानाशाही कालमा नानीमैयाको रूपमा देखा परेको लहर जस्तै हो । त्यो बेला जनतामा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध देखा परेको असन्तोष वा आक्रोश नानीमैयाको लहरका रूपमा अगाडि आएको थियो । त्यही प्रकारले अहिले राजनीतिक दल वा बहुदलीय व्यवस्थाप्रतिको असन्तोष स्वतन्त्रको लहरको रूपमा देखा पर्न थालिरहेको छ ।

नानीमैयाको लहरको सकारात्मक महत्त्व यो कुरामा थियो कि त्यसले निरङ्कुश राजतन्त्र वा पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको जनमतलाई प्रतिनिधित्व गर्दथ्यो तर अहिले राजनीतिक दल वा बहुदलीय व्यवस्थाका विरुद्ध जुनसुकै रूपमा भए पनि अगाडि आएको जनमतले देशलाई प्रतिगमन र निर्दलीय व्यवस्थातिर लैजाने वा इतिहासलाई पछाडि धकेल्ने सम्भावना छ । उक्त कुरामाथि तुलनात्मक रूपले विचार गर्दा यो कुरामा कुनै शङ्का रहन्न कि नानीमैयाको लहर प्रगतिशील दिशामा थियो भने अहिले देखा परिरहेको स्वतन्त्रको लहर प्रतिक्रियावादी दिशातिर छ । यो थाहा भएकै कुरा हो कि बहुदलीय व्यवस्था वा गणतन्त्रलाई फाल्नका लागि राजावादीहरूले लामो समयदेखि अभियान चलाउँदै आएका छन् । बहुदलीय व्यवस्था वा गणतन्त्रलाई फाल्नका लागि अहिले देशमा देखा परिरहेको स्वतन्त्रको लहरले त्यसैलाई मदत पुर्याउँछ भने राजावादीहरूले त्यसलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा पूरै उपयोग गर्ने प्रयत्न गर्ने छन् । अहिले जुन व्यक्तिहरू स्वतन्त्रको रूपमा राजनीतिक मैदानमा आउने प्रयत्न गर्दै छन्, ती सबै राजावादी हुन् र गणतन्त्रलाई समाप्त गर्ने नियत वा उद्देश्यका साथ अगाडि आइरहेका छन् भन्नु सही हुने छैन । यद्यपि उनीहरूमध्ये कतिपय व्यक्तिको त्यस प्रकारको नियत भएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तैपनि कसैको नियत प्रतिगामी प्रकारको नभए पनि अन्ततः उनीहरूको बहुदलीय व्यवस्थालाई कमजोर पार्ने नीतिबाट राजावादीहरूको उद्देश्य वा प्रतिगमनलाई नै मद्दत पुग्ने कुरा निश्चित छ ।

यो सत्यलाई पनि हामीले स्वीकार गर्नैपर्दछ कि आज राजनीतिक दलप्रति जनतामा व्यापक रूपले वितृष्णा र असन्तोष देखा परिरहेको छ र त्यस आधारमा नै वा त्यो कारणले नै स्वतन्त्रहरूले केही खेल्ने मौका पाइरहेका छन् ।

आज स्वतन्त्रको जुन लहर उठिरहेको छ, त्यसको नियत प्रतिगामी प्रकारको नभए पनि यसको गन्तव्य प्रतिगमन नै हुने कुरा निश्चित छ । बहुदलीय व्यवस्थालाई कमजोर पार्नुको परिणाम त्यही नै हुने छ । त्यसका साथै यो सत्यलाई पनि हामीले स्वीकार गर्नैपर्दछ कि आज राजनीतिक दलप्रति जनतामा व्यापक रूपले वितृष्णा र असन्तोष देखा परिरहेको छ र त्यस आधारमा नै वा त्यो कारणले नै स्वतन्त्रहरूले केही खेल्ने मौका पाइरहेका छन् । राजनीतिक दलप्रति देखा परेको त्यस प्रकारको वितृष्णा वा असन्तोष आधारहीन वा बिनाकारण पनि छैन । राजनीतिक दलको चरित्रमा भएको ह्रास वा देश र जनताप्रतिका गैरजिम्मेवार नीतिका कारणले नै अर्को शब्दमा भन्ने हो भने राजनीतिक दलको भूमिका राजनीतिकभन्दा बढी व्यावसायिक बन्दै गएकाले नै जनताको राजनीतिक दलमाथिको विश्वास धेरै नै कम भएर गएको छ । उनीहरूले सिद्धान्त वा नीतिमाथि भन्दा उनीहरूलाई के कुराबाट बढी फाइदा हुन्छ ? त्यसका आधारमा नै आफ्नो नीति वा भूमिका निर्धारित गरेको वा सञ्चालन गरेको पाइन्छ । अर्का शब्दमा उनीहरूमा बढी सिद्धान्तहीनता हाबी हुँदै गएको देखिन्छ ।

राजनीतिक दलको आन्तरिक सङ्गठन सञ्चालन, जनताप्रतिको व्यवहार वा सरकारमा गएपछि सत्ताको सञ्चालन वा राष्ट्रिय प्रश्नमा नीतिको निर्धारण आदि सबै प्रश्नमा त्यस प्रकारको सिद्धान्तहीनता व्याप्त हुँदै गएको पाइन्छ । यो कुरालाई अझै स्पष्ट शब्दमा भन्ने हो भने राजनीतिक दलले राजनीतिक दलको रूपमा कम, व्यावसायिक रूपमा बढी काम गरेको देखिन्छ, जसको एक मात्र उद्देश्य व्यक्तिगत नाफा नै हुन्छ ।
नेपालका राजनीतिक दलको चरित्रमा भइरहेको त्यस प्रकारको ह्रासका कारणले जनतामा यो धारणा बलियो बन्दै गएको छ कि सबै राजनीतिक दल त्यस्तै हुन्छन् । त्यस प्रकारको धारणामा सत्यता छ तर त्यसले सत्यलाई पूरै प्रतिनिधित्व गर्दैन । कुनै राजनीतिक दलको गठन खास सिद्धान्त, नीति वा कार्यक्रम वा अर्को शब्दमा देश, जनता र समाजको सेवाका लागि नै गरिन्छ । त्यस प्रकारको चरित्रमा ह्रास भयो भने त्यो राजनीतिक दल नै रहँदैन । त्यही कारणले नेपालका राजनीतिक दलमा अब राजनीतिक दलको चरित्रमा धेरै नै ह्रास भएको छ । त्यसैले राजनीतिक दलप्रति जनतामा देखा परिरहेको सोचाइ सही नै छ तर सबै राजनीतिक दलका चरित्रमा त्यही प्रकारको ह्रास भएको छ भन्ने होइन । हामीले वस्तुगत रूपमा सबै राजनीतिक दलको चरित्रको विश्लेषण गरेर हेर्यौं भने देशमा कतिपय यस्ता राजनीतिक दल पनि छन्, जसले राजनीतिक दलको रूपमा काम गरिरहेका छन् ।

राजावादी वा प्रतिगामी शक्तिले दलीय व्यवस्थालाई नै गलत बताउँछन् र निर्दलीय व्यवस्था कायम गर्नुपर्ने कुरामा जोड दिन्छन्, जसको अर्थ हो– राजाको शासन वा राजतन्त्रको पुनस्र्थापना । त्यसकारण उनीहरूले सबै राजनीतिक दलप्रति नकारात्मक दृष्टिकोण अपनाउँछन् तर हामीले राजनीतिक दलप्रति कुनै पूर्वाग्रह राखेर होइन, वस्तुवादी दृष्टिकोणले विश्लेषण गरेर हेरिनुपर्दछ । त्यसको अर्थ हुन्छ ः प्रथम– राजनीतिक दलको औचित्यतालाई हामीले नीतिगत रूपमा नै गलत मान्दैनौँ; द्वितीय, उनीहरूको दोषगुणका आधारमा उनीहरूलाई समर्थन वा विरोध गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।

समाजका सबै क्षेत्रमा राम्रानराम्रा चिज पाइन्छन् । डाक्टरकै कुरा गरौँ । उनीहरूको पेसाको मुख्य उद्देश्य समाजको सेवा गर्नु हो तर सबै डाक्टरले त्यसो गरिरहेका हुँदैनन् । कैयौँ डाक्टरले बिरामीलाई ठग्ने, नक्कली औषधीको व्यापार गर्ने वा शरीरका विभिन्न अङ्गको तस्करी गर्ने पनि गर्दछन् । त्यसै गरेर शिक्षाको क्षेत्रमा पनि कैयौँ भ्रष्टाचार हुने गरेका समाचार आइरहन्छन् । व्यापारको क्षेत्रमा कैयौँ व्यापारीले कालोबजारी वा तस्करी गर्ने गर्दछन् । खाद्यान्नमा विषादी पनि मिलाउने गर्दछन् । साहित्यको क्षेत्रमा साहित्यको चोरी, पत्रकारिताको क्षेत्रमा पीतपत्रकारीता, मठमन्दिरमा कैयौँ प्रकारका भ्रष्टाचार र अनाचार आदि हुने गर्दछन् तर ती कारणले ती सबै क्षेत्रलाई पूरै निषेध गर्न त मिल्दैन । ती क्षेत्रमा पाइने गलत चिजको विरोध गर्दै समाजमा तिनीहरूको जुन उपयोगिता छ, त्यसलाई कायम राख्ने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यही कुरा राजनीतिक दलको सन्दर्भमा पनि सत्य हो ।

समाजको विकासक्रममा राजनीतिक दलको ठुलो भूमिका रहने गरेको छ र राजनीतिक दलको भूमिकाबिना समाजको गति अगाडि बढ्न सक्दैन किनभने तिनीहरूको अभावमा राजनीतिलाई प्रतिगामी दिशामा लैजानु नै हुने छ ।

समाजको विकासक्रममा राजनीतिक दलको ठुलो भूमिका रहने गरेको छ र राजनीतिक दलको भूमिकाबिना समाजको गति अगाडि बढ्न सक्दैन किनभने तिनीहरूको अभावमा राजनीतिलाई प्रतिगामी दिशामा लैजानु नै हुने छ । त्यसैले राजनीतिक दलमा देखा पर्ने विभिन्न प्रकारका कमजोरीलाई साफ गर्दै समाजमा तिनीहरूको सकारात्मक भूमिकालाई कायम राख्ने प्रयत्न गर्नुपर्दछ ।

नेपालकै कुरा गर्ने हो भने पनि नेपालको इतिहासमा राजनीतिक दलको ठुलो र ऐतिहासिक भूमिका रहने गरेको छ । राणाशासन वा पञ्चायती तानाशाही व्यवस्थाको अन्त, प्रतिगमनका विरुद्ध सङ्घर्ष र राजतन्त्रको अन्त जस्ता महत्त्वपूर्ण कार्य राजनीतिक भूमिकाका कारणले नै सम्भव भएका थिए र तिनीहरूको अभावमा त्यस प्रकारका ऐतिहासिक परिवर्तन सम्भव हुने थिएनन् । निश्चिय नै प्रतिगामी शक्तिले त्यस प्रकारका सबै परिवर्तनको विरोध गर्दछन् र त्यही कारणले राजनीतिक दलप्रति उनीहरूको द्वेषपूर्ण वा शत्रुतापूर्ण दृष्टिकोण राख्ने गर्दछन् । अहिले देशमा देखा परिरहेको स्वतन्त्रको लहरका पछाडि पनि पूरै त नभनौँ, काफी हदसम्म त्यस प्रकारको दृष्टिकोणले काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

माथि स्वास्थ्य, शिक्षा, साहित्य, व्यापार, पत्रकारिता आदिका क्षेत्रमा हुने कमजोरीको जुन चर्चा गरियो, त्यसको अर्थ ती क्षेत्रसँग सम्बन्धित सबै व्यक्ति गलत हुन्छन् भन्ने होइन । त्यही प्रकारले यो सत्य हो कि अहिले देशका कैयौँ राजनीतिक दलले सिद्धान्तनिष्ठ भएर काम गरिरहेका छैनन् वा सबै राजनीतिक दलले राजनीतिक दलका रूपमा काम गरिरहेका छैनन्, तैपनि समाजका अन्य क्षेत्रमा जस्तै सबै राजनीतिक दल सिद्धान्तविहीन हुन्छन् वा उनीहरूको चरित्र राजनीतिक दलको जस्तो हुँदैन भन्ने होइन । देशमा कतिपय यस्ता राजनीतिक दल छन् वा हुन सक्दछन्, जसले व्यावसायिक रूपमा होइन, राजनीतिक दलका रूपमा सिद्धान्तनिष्ठ वा इमान्दार भएर काम गरिरहेका छन् वा काम गरिरहेका हुन सक्दछन् । त्यसको एउटा उदाहरणको रूपमा हामीले राष्ट्रिय जनमोर्चालाई लिन सक्दछौँ ।

देशमा केही राजनीतिक दलका गलत क्रियाकलापलाई उल्लेख गरेर त्यही प्रकारले सबै राजनीतिक दललाई मूल्याङ्कन गर्ने प्रवृत्ति पनि केही न केही पाइन्छन् । खास गरेर प्रतिगामी शक्तिमा त्यस प्रकारको रुझान बढी पाइन्छ । त्यसका पछाडि उनीहरूको उद्देश्य सबै राजनीतिक दललाई समाप्त गरेर देशलाई निर्दलीय व्यवस्था वा प्रतिगमनतिर, स्पष्ट शब्दमा भन्ने हो भने राजतन्त्रतिर लैजाने नै हुन्छ । प्रतिगामीको त त्यो चरित्रगत विशेषता नै हो तर जसले गणतन्त्र, धर्म निरपेक्षतालाई बचाएर राख्न चाहान्छन् वा देशलाई प्रतिगमनतिर लैजान चाहँदैनन् वा जसले इमान्दारीपूर्वक नै राजनीतिक दलका दोष र कमजोरीको विरोध गरिरहेका छन्, उनीहरूले कुनै पूर्वाग्रहबिना निष्पक्ष र वस्तुगत प्रकारले राजनीतिक शक्तिको मूल्याङ्कन गरेर कसको चरित्र वा भूमिका सही छ वा छैन ? त्यो छुट्याउने प्रयत्न गर्नुपर्दछ ।

राष्ट्रिय जनमोर्चाले कसरी देशको राजनीतिमा सिद्धान्तनिष्ठ र इमान्दारितापूर्वक काम गर्दै आएको छ र त्यो कसरी अन्य राजनीतिक दलभन्दा बेग्लै र माथि छ ? तथ्यका आधारमा र वस्तुगत प्रकारले विचार गर्ने हो भने त्यो कुरा छर्लङ्ग हुने छ । त्यसबाट यो कुरा पनि प्रष्ट हुने छ कि सबै राजनीतिक दल भ्रष्ट हुँदैनन् र देशमा सिद्धान्त र नीतिका आधारमा इमान्दारितापूर्वक काम गर्ने राजनीतिक दल पनि देशमा छन् ।
आज देशमा बहुदलीय व्यवस्थाका विरुद्ध स्वतन्त्रको जुन लहर उठिरहेको छ, त्यसका लागि स्वतन्त्रको त्यो लहर मात्र जिम्मेवार छैन, स्वयम् राजनीतिक पार्टीको चरित्र र कार्यशैलीमा भएका कमजोरी पनि त्यसका लागि जिम्मेवार छन् । राजावादीहरूले स्वतन्त्रको त्यो लहरलाई दलविहीन व्यवस्थातर्फ लैजाने नै प्रयत्न गर्ने छन् तर त्यो सही समाधान होइनकिनभने त्यसले देशलाई प्रतिगमनको दिशामा लैजान्छ । त्यसको सही समाधान भनेको राजनीतिक दलको कार्यप्रणाली राजनीतिक दलको रूपमा नै स्थापित गर्नु हो । त्यसो भन्नुको अर्थ हो : राजनीतिक दलको कार्यप्रणालीलाई राजमोको स्तरमा माथि उठाउनु । त्यसको अर्थ राजमोले अपनाएको सिद्धान्त, नीति वा कार्यक्रमलाई सबैले अपनाउनुपर्छ भन्ने होइन । बेग्लाबेग्लै राजनीतिक दलका सिद्धान्त, नीति वा कार्यक्रम बेग्लाबेग्लै हुन सक्दछन् । त्यो कुरा जे भए पनि उनीहरू व्यावसायिक नभएर उनीहरूले राजनीतिक दलको रूपमा काम गर्नुप¥यो । सबै राजनीतिक दलहरू राजमोको स्तरमा माथि उठ्नुपर्छ भन्नुको अर्थ त्यति मात्र हो । त्यही अर्थमा अहिले देशमा देखा परिरहेको स्वतन्त्रको लहर वा प्रतिगमनको खतराको सही समाधान राजमो नै हो ।

अहिले देशमा राजनीतिक दलले सिद्धान्त, नीतिलाई छाडेर व्यावसायिक रूपमा, अझ स्पष्ट शब्दमा भन्ने हो भने भ्रष्ट भएर वा राजनीतिक दलले राजनीतिक दल जस्तो भएर काम नगरेको हुनाले नै स्वतन्त्रको हावा चल्न थालेको छ र त्यसका आधारमा प्रतिगमनले शक्तिसञ्चय गर्ने प्रयत्न गरिरहेको छ ।

अहिले देशमा राजनीतिक दलले सिद्धान्त, नीतिलाई छाडेर व्यावसायिक रूपमा, अझ स्पष्ट शब्दमा भन्ने हो भने भ्रष्ट भएर वा राजनीतिक दलले राजनीतिक दल जस्तो भएर काम नगरेको हुनाले नै स्वतन्त्रको हावा चल्न थालेको छ र त्यसका आधारमा प्रतिगमनले शक्तिसञ्चय गर्ने प्रयत्न गरिरहेको छ । खालि राजनीतिक दलले राजनीतिक दलसरह इमानदारितापूर्वक काम गरेर नै स्वतन्त्रको हावा वा प्रतिगमनको खतरालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ । त्यसैले नै देशलाई प्रतिगमनको खतराबाट बचाउनु सम्भव हने छ । त्यस प्रकारको उद्देश्य पूरा गर्नका लागि राजमोको उदाहरणबाट धेरै कुरा सिक्न सकिन्छ । राजमोबाट सिक्ने भन्नुको अर्थ राजमोले एउटा राजनीतिक दलको रूपमा इमान्दारितापूर्वक जुन प्रकारको कार्यप्रणाली अपनाएर काम गर्दै आएको छ, त्यसलाई अपनाउनु हो तर दलीय रूपमा राजमोको अनुकरण गर्नु होइन ।

देशका अन्य राजनीतिक दलको भन्दा राजमोको चरित्र र भूमिकासमेत किन बेग्लै वा माथि छ ? त्यो कुरा स्पष्ट गर्नका लागि केही तथ्य प्रस्तुत गर्नु सायद अप्रासङ्गिक हुने छैन । यहाँ हामीले त्यस प्रकारका केही प्रतिनिधिमूलक उदाहरणको मात्र चर्चा गर्ने छौँ ।

मानिसहरूको यो आम धारणा पाइन्छ कि कुनै राजनीतिक दलको नेताले सत्ताभन्दा बाहिर रहँदा देश र जनताको पक्षमा जित ठुला कुरा गरे पनि सरकारमा गएपछि ऊ भ्रष्ट हुन्छ । सामानयतः त्यो कुरा सत्य हो र देशमा धेरै नै त्यस्तो हुने गरेको छ । तर यति ठुलो आक्षेपबाट पनि राजमो चोखो रहने गरेको छ । का. चित्रबहादुर केसी पहिले लेखा समितिको सभापति बन्नुभयो र पछि उपप्रधानमन्त्र समेत बन्नुभयो । उहाँ लेखा समितिको सभापति बन्दा बैङ्कको अर्बौं रुपियाँको घोटालासम्बन्धी विवाद थियो । त्यो बेला कैयौँ सेठले उहाँलाई करोडौँ रुपियाँ घुस दिने प्रयत्न गरेका थिए तर उहाँले कसैबाट एक पैसा पनि लिनुभएन । पछि उहाँ उपप्रधानमन्त्री हुनुभयो । त्यो बेला पनि कर्मचारद्वारा उहाँलाई भ्रष्ट गराउने धेरै कोसिस गरियो तर उहाँ भ्रष्टाचारको दलदलबाट पनि चोखो भएर निस्कनुभयो । त्यति मात्र होइन, उहाँले आफ्नो मन्त्रालयका उच्च भ्रष्ट अधिकारीलाई पनि बर्खास्त गर्नुभयो, यद्यपि अर्का दिन नै उनीहरूले सर्वाेच्च अदालतबाट ‘स्टे अर्डर’ ल्याएर आए । त्यसरी भ्रष्टचारको विरुद्धको सङ्घर्षमा उहाँको हार भयो र भ्रष्टाचारको जित भयो तर उहाँको इमानदारिताको विजय भयो ।

यो आम रूपमा थाहा भएको कुरा हो कि एकपल्ट मन्त्री बनेपछि उनीहरूको सम्पत्ति धेरै बढ्छ । उनीहरूले बङ्गला र गाडी जम्मा गर्दछन् तर का. चित्रबहादुर केसीको स्थिति उपप्रधानमन्त्री हुनुभन्दा पहिले जे थियो, पछि पनि त्यही रह्यो । त्यसैले सार्वजनिक गाडीमा यात्रा गर्दा उहाँ त्यसबाट लडेर घाइते हुनुभएको थियो र अस्पताल पनि भर्ना हुनुभएको थियो ।

का. केसीको त्यस प्रकारको चरित्र उहाँको व्यक्तिगत चरित्रगत विशेषता मात्र होइन, राष्ट्रिय जनमोर्चाका अन्य सबै सांसदले पनि त्यही प्रकारका उदाहरण प्रस्तुत गरेका छन् । त्यसले बताउँछ कि का. केसीले जुन प्रकारको चरित्र प्रदर्शन गर्नुभयो, त्यो सम्पूर्ण राष्ट्रिय जनमोर्चाको चरित्र र त्यसभित्रको उच्च अनुशासनको नै परिणाम थियो । अहिलेसम्म विभिन्न पार्टीका सांसदको इतिहास हे¥यौँ भने उनीहरू धेरै प्रकारले भ्रष्ट भएका वा आर्थिक अनियमितता गरेका समाचार सञ्चार माध्यममा लगातार आइरहन्छन् तर राष्ट्रिय जनमोर्चाका कुनै पनि सांसदमा अहिलेसम्म त्यस प्रकारको कुनै दाग लागेको छैन । त्यसले पनि बताउँछ, राजमो किन देशका अन्य राजनीतिक पार्टीभन्दा बेग्लै र माथि छ ?
संसदीय पूर्वाधार विकास कोषको खर्च गर्दा सांसदहरूले ठुलो पैमानामा भ्रष्टाचार गरेका थुप्रै उदाहरण पाइन्छन् तर राजमोको सांसदले अहिलेसम्म त्यसरी जुन रकम प्राप्त गर्ने गरेका छन्, त्यसमा उनीहरूले एक रुपियाँँ पनि भ्रष्टाचार गर्ने गरेका छैनन् । उनीहरूले प्राप्त गर्ने त्यो रकम सिधै उपभोक्ता समिति वा पालिकामा जान्छ र त्यो रकमबाट उनीहरूले एक रुपियाँँ पनि सिधै खर्च गर्दैनन् । अहिलेसम्म राजमोका सांसदले प्राप्त गरेको त्यस प्रकारको रकमको निष्पक्ष रूपले छानबिन गरेमा त्यो कुरा प्रष्ट हुने छ । राजमोकी सांसद दुर्गा पौडेलद्वारा प्रकाशित ‘संसद्मा प्रथम वर्ष’ र ‘संसद्मा दोस्रो र तेस्रो वर्ष’ पुस्तकमा प्रतिनिधि सभामा चुनिएदेखि उनले प्राप्त गरेको पूवार्धार विकास कोषको खर्चको सम्पूर्ण विवरण दिइएको छ । कसैले पनि त्यो हिसाबको छानबिन गर्न सक्दछ ।

संसद्मा पुगेपछि मन्त्री बन्नका लागि कति धेरै दौडधुप र दलबदलुसमेत हुन्छ ? नेपालको संसदीय राजनीतिको इतिहासमा यो कुनै लुकेको कुरा होइन । मन्त्री बन्नका लागि सांसदहरूले दल बदल्छन् वा आफ्ना सिद्धान्त वा आस्थाको पनि सौदाबाजी गर्दछन् तर राजमो त्यस प्रकारको निम्न स्तरको सिद्धान्तहीन प्रवृत्तिबाट पनि पूरै बच्ने गरेको छ ।

संसद्मा पुगेपछि मन्त्री बन्नका लागि कति धेरै दौडधुप र दलबदलुसमेत हुन्छ ? नेपालको संसदीय राजनीतिको इतिहासमा यो कुनै लुकेको कुरा होइन । मन्त्री बन्नका लागि सांसदहरूले दल बदल्छन् वा आफ्ना सिद्धान्त वा आस्थाको पनि सौदाबाजी गर्दछन् तर राजमो त्यस प्रकारको निम्न स्तरको सिद्धान्तहीन प्रवृत्तिबाट पनि पूरै बच्ने गरेको छ । नेकपाको सरकार हुँदा राजमोकी एक मात्र सांसद दुर्गा पौडेललाई संसद्को उपसभामुख र मन्त्री बन्नका लागि ओलीका तर्फबाट प्रस्ताव राखिएको थियो तर उनले ती प्रस्ताव अस्वीकार गरेकी थिइन् । स्वयम् ओलीले संसदमा दिएको आफ्नो एउटा भाषणमा त्यो कुराको उल्लेख गरेका थिए । पछि पाँचदलीय गठबन्धनमा पनि उनलाई मन्त्री बन्नका लागि प्रस्ताव राखिएको थियो । त्यो प्रस्तावलाई पनि उनले अस्वीकार गरेकी थिइन् । वास्तवमा ती प्रस्तावलाई पार्टीले नै अस्वीकार गरेको थियो र त्यसैले पार्टीको निर्देशनानुसार उनले पनि अस्वीकार गरेकी थिइन् । त्यसरी ती पद अस्वीकार गर्नु उनको व्यक्तिगत विशेषता नभएर राजमोको चरित्रगत विशेषता थियो । राजमोको त्यस प्रकारको चरित्रगत विशेषता हुँदाहुँदै आम रूपमा राजमोलाई अन्य पार्टीको पङ्क्तिमा राखेर आक्षेप लगाइन्छ वा राजमोको त्यस प्रकारको बेग्लै र उच्च स्तरको भूमिकाको कुने चर्चा गरिदैन । बताइरहनुपर्ने आवश्कता छैन कि त्यो पूर्वाग्रहयुक्त सोचाइ हो । तैपनि तथ्यले राजमोको चरित्र र भूमिका अन्य राजनीतिक पार्टीको भन्दा बेग्लै र माथि भएको कुरामा कुनै शङ्का रहँदैन ।

हालसालैको स्थानीय चुनावको कुरा गरौँ, पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको सन्दर्भमा पनि राजमोले अन्य राजनीतिक दलको भन्दा बेग्लै र उच्च स्तरको नैतिकता प्रर्दशन गरेको छ । पाँच दलका बिचमा स्थानीय चुनावमा एमालेसित कुनै चुनावी तालमेल नगर्ने समझदारी भएको थियो । राजमोले त्यस प्रकारको नीतिलाई इमानदारिता र दृढतापूर्वक पालन गर्यो र त्यो नीतिलाई त्यसले पालन गर्ने राजमो मात्र एक मात्र पार्टी थियो । अन्य चारओटै पक्षले विभिन्न स्थानमा एमालेसँग तालमेल गर्ने नीति अपनाएका थिए । त्यसरी चुनावी तालमेलको सन्दर्भमा राजमोले अपनाएको नीतिले पनि त्यसको चरित्र र कार्यशैली अन्य राजनीतिक पार्टीको भन्दा बेग्लै र माथि भएको कुरा प्रमाणित हुन्छ ।
हालै एकीकृत समाजवादीका नेता झलनाथ खनालले दिएको एउटा अन्तर्वार्तामा पाँचदलीय समझदारीका विपरीत ठाउँ ठाउँमा एमालेसित तालमेल भएका कुराको चर्चा गर्दै उनले भनेका थिए : ‘एमालेसँग तालमेल नगर्ने पाँचदलीय समझदारी सबैतिर लागु भएन’ । त्यो प्रसङ्गको उल्लेख गर्दै उनले भनेका थिए : ‘एकपल्ट नीतिगत रूपमा कुनै समझदारी भएपछि त्यसलाई इमान्दारितापूर्वक लागु गर्नुपर्दछ र जसले त्यो नीतिको उल्लङ्घन गर्दछन्, उनीहरूमाथि कारबाही गरिनुपर्दछ ।’ तर उनले आफ्नो अन्तरवार्तामा यो बताउन सकेका थिएनन् कि राजमो मात्र एउटा पार्टी थियो, जसले त्यो नीतिलाई इमानदारितापूर्वक कार्यान्वयन गरेको थियो । यहाँसम्म कि एमालेसित तालमेल गर्दा चुनावमा विजय प्राप्त गर्ने सम्भावना हुँदाहुँदै पनि त्यसले त्यस प्रकारको तालमेललाई अस्वीकार गरेको थियो । त्यसका उम्मेदवार पराजित हुन तयार थिए तर एमालेसँग तालमेल गर्न तयार थिएनन् (उदाहरणका लागि प्युठानको गौमुखी) । त्यही प्रकारको स्प्रिट अन्य पार्टीले किन देखाउन सकेनन् ? त्यसको कारण राजमो र उनीहरूका बिचमा भएको गम्भीर प्रकारको चरित्रगत अन्तर नै थियो ।

माओवादीको लुम्बिनी प्रदेश समितिले सार्वजनिक गरेको एउटा पत्रमा प्युठानको झिम्रुकमा माओवादीले एमालेसित गरेको तालमेललाई गलत बताएर त्यस्तो नगर्न उनीहरूलाई ‘सतर्क’ बनाएको थियो । त्यो प्रस्तावमा एमालेसँग तालमेल उनीहरूको घोषित नीतिका विरुद्ध बताइएको थियो । तैपनि चुनावपछि उनीहरूको स्वीकृत नीतिको उल्लङ्घनका विरुद्ध कुनै कारबाही गरिएन । त्यसरी प्रश्न एउटा स्थानीय चुनावको होइन, त्यसले उनीहरूको सम्पूर्ण राजनीतिक चरित्रमा भएको कमीलाई बताउछ । त्यस अर्थमा पनि अन्य राजनीतिक पार्टीभन्दा राजमो कति बेग्लै र माथि छ ? त्यो कुरा प्रष्ट हुन्छ । उदाहरणका लागि पार्टीको नीति वा निर्देशनलाई पालन नगरेको हुनाले राजमोले गण्डकीमा आफ्नो सांसदमाथि नै कारबाही गरेको थियो र उनलाई सांसद पदबाट बर्खास्त गरिएको थियो । राजमोलाई एउटा सांसदमाथि त्यस प्रकारको कारबाही गर्ने आँछ गर्न सक्दछ भने माओवादी आफ्नो स्थानीय पालिकाको एउटा कार्यकर्तामाथि पनि कारबाही गर्ने हिम्मत गर्दैन । त्यो एउटा उदाहरणले मात्र पनि बताउँछ, सङ्गठनात्मक रूपले राजमोभन्दा माओवादी कैयौँ ठुलो भए पनि नैतिक इमानदारिता र प्रतिबद्धताको दृष्टिकोणले माओवादीभन्दा राजमो कैयौँ गुणा माथि र उच्च स्थानमा छ ।

पार्टीको कुनै सांसदले त्यस प्रकारको कुनै कमजोरी देखाएमा वा गल्ती गरेमा उसमाथि कडा कारबाही गर्ने पनि गरिन्छ । त्यसरी राजमोले आफ्नो स्थापना कालदेखि नै आफ्नो त्यस प्रकारको सिद्धान्तनिष्ठ चरित्र र इमान्दारितालाई कायम राख्ने प्रयत्न गर्दै आएको छ । त्यस अर्थमा नै राजमो अन्य राजनीतिक पार्टीभन्दा बेग्लै र माथि छ ।

प्रश्न खालि स्थानीय चुनावमा उनीहरूले पाँचदलीय सहमतिलाई पालन गरे वा गरेनन् भन्ने मात्र होइन, प्रश्न त्योभन्दा गम्भीर छ । स्वयम् आफ्ना घोषित नीतिमा प्रतिबद्ध रहन नसक्ने विभिन्न राजनीतिक पार्टीको कमजोरीको परिणाम यो हुन्छ कि गम्भीर राजनीतिक प्रश्नमा देश र जनतासम्बन्धी आफ्ना प्रतिबद्धतामा पनि इमानदारिता र दृढ रहन सक्दैनन् । राजनीतिक पार्टीको त्यस प्रकारका चरित्रका कारणले नै जनतामा उनीहरूमाथिको अविश्वास बढ्दै गएको छ र त्यसबाट स्वतन्त्रले खेल्ने वा प्रतिगमनले फाइदा उठाउने अवसर पाइरहेको छ । त्यसैले हामीले बिना हिचकिचाहट भन्दछौ र भन्न सक्दछौँ ः राजनीतिक पार्टीको त्यस प्रकारको भूमिकाको सही समाधान वा विकल्प राजमो नै हो । राजमोलाई त्यस प्रकारको दाबी गर्ने अधिकार यस कारणले छ कि त्यसले आफ्नो सम्पूर्ण इतिहासमा आफ्ना नीति र प्रतिबद्धताप्रति इमान्दारिता देखाउँदै आएको छ ।

यो थाहा भएको कुरा हो, अन्य दलमा मन्त्री पद पाउने भएपछि कैयौँ सांसदले पार्टीको निर्देशन वा आफ्नो सिद्धान्त र आस्थालाई तिलाञ्जली दिएर पनि मन्त्री बन्न पुग्दछन् । त्यस सन्दर्भमा केही पहिलेको माओवादीका कैयौँ उच्च तहका नेताहरूले मन्त्री पदका लागि एमालेमा सामेल भएको उदाहरण हाम्राअगाडि छ । तर राजमोको सिद्धान्तनिष्ठ चरित्रका कारणले नै त्यसका कुनै सदस्यमा अहिलेसम्म त्यस प्रकारको प्रवृत्ति देखा पर्ने गरेको छैन । त्यसको अर्काे पक्ष पनि छ : पार्टीको कुनै सांसदले त्यस प्रकारको कुनै कमजोरी देखाएमा वा गल्ती गरेमा उसमाथि कडा कारबाही गर्ने पनि गरिन्छ । त्यसरी राजमोले आफ्नो स्थापना कालदेखि नै आफ्नो त्यस प्रकारको सिद्धान्तनिष्ठ चरित्र र इमान्दारितालाई कायम राख्ने प्रयत्न गर्दै आएको छ । त्यस अर्थमा नै राजमो अन्य राजनीतिक पार्टीभन्दा बेग्लै र माथि छ । राजमोको त्यस प्रकारको चरित्रवादी विशेषता वा इमानदारितामाथि कसैले आक्षेप लगाउने गर्दैनन् तर त्यसका विरुद्ध आम आलोचना यो हुने गर्दछ : त्यो पार्टी सानो छ; चुनावमा त्यसले धेरै सिट ल्याउन सक्दैन; त्यसले सरकार बनाउन सक्दैन आदि तर त्यसको सिद्धान्तनिष्ठता र इमानदारिताका कारणले नै चुनावमा त्यसलाई धेरै भोट मिल्दैन । संसद्, प्रदेश सभा वा स्थानीय पालिकामा त्यसले विजय प्राप्त गर्न सक्दैन वा अत्यन्त कम सिटमा विजय प्राप्त गर्दछ । त्यसको कारण पनि राजमोको सिद्धान्तनिष्ठता र इमान्दारिता नै हो ।

अहिले चुनाव जित्नका लागि धेरै पैसा चाहिन्छ । कैयौँ राजनीतिक पार्टीले पैसा बाँडेर ठुलो सङ्ख्यामा कार्यकर्ता बनाउँछन् वा भोट पनि किन्ने गर्दछन् । चुनावको बेलामा भोटको एक प्रकारले अनियन्त्रित र खुला व्यापार नै हुन्छ । निर्वाचन आयोगले चुनावमा हुने त्यस प्रकारको भ्रष्टाचारलाई रोक्नका लागि कैयौँ कानुन बनाउँछ वा निर्देशन जारी गर्छ तर चुनावको बेलामा भोटको त्यस प्रकारको व्यापार चलिरहन्छ । त्यसरी चुनाव एउटा राजनीतिक विषयभन्दा बढी एउटा बिजनेस बन्न जान्छ । त्यसरी चुनावमा ती पार्टीले नै बढी भोट जम्मा गर्न सक्दछन्, जसले धेरै पैसा खर्च गर्दछन् तर प्रश्न यो हो : निर्वाचनको बेलामा त्यसरी ठुलो पैमानामा खर्च गर्नका लागि ठुलो रकम कहाँबाट आउछ ? त्यसरी रकम जम्मा गर्नका लागि उनीहरूले गलत प्रकारका श्रोतबाट पैसा जम्मा गर्दछन्; भ्रष्टाचार गर्दछन् । यहाँसम्म कि राजनीतिक प्रकारको सौदाबाजी पनि गर्ने गर्दछन् । विदेशी शक्तिसित गलत प्रकारले रकम पनि लिन्छन् । कैयौँ राष्ट्रघाती सम्झौता गर्दछन् । त्यस प्रकारका सयकडौँ उदाहरण छन् । एउटा चुनाव भएदेखि अर्काे चुनावसम्म उनीहरूको चिन्ता र कोसिस यही कुरामा हुन्छ : अर्काे चुनावका लागि कसरी पैसा जम्मा गर्ने । त्यसका लागि उनीहरूले सबै प्रकारका गलत तरिका अपनाउन वा भ्रष्टाचार गर्न तयार हुन्छन् तर राजमो कहिल्यै पनि त्यसो गर्न तयार हुँदैन । त्यसको परिणाम यो हुन्छ, त्यससित धेरै पैसा जम्मा हुँदैन । त्यसको परिणामस्वरूप चुनावमा त्यसको विजय अत्यन्त सीमित हुन्छ । त्यसरी राजमोको सिद्धान्तनिष्ठता वा इमान्दारिताको असर चुनावमा पनि पर्दछ ।

जनताले कुनै राजनीतिक पार्टी सत्तामा पुगेपछि त्यसले गर्ने नीति र क्रियाकलापप्रति असन्तोष प्रकट गर्दछन्; नेताहरूको आलोचना गर्दछन् तर प्रश्नको यो पक्षमाथि पनि हाम्रो ध्यान जानुपर्दछ, जुन राजनीतिक पार्टीले बारम्बार जनतालाई धोका दिँदै आएका छन्; गलत क्रियाकलाप गर्दै आएका छन् वा भ्रष्टाचार गर्ने गरेका छन्; तिनीहरूलाई नै उनीहरूले किन बारम्बार जिताउने गर्दछन् ? जनताले भोट नदिएमा त्यस्ता पार्टी बहुमतमा पुग्न सक्ने थिएनन् वा उनीहरूले सरकार बनाउन सक्ने थिएनन् । त्यसैले आज राजनीतिक दल वा सत्ताको केन्द्रमा जुन भ्रष्टाचार व्याप्त छ, त्यसका लागि उनीहरूलाई मत दिने जनता पनि कुनै न कुनै अर्थमा जिम्मेवार भएको कुरालाई अस्वीकार गर्न सकिन्न ।
आज स्वतन्त्रको जुन लहर आइरहेको छ, त्यसको सबैभन्दा कमजोर पक्ष यो हो कि उनीहरू कुनै सिद्धान्त, नीति वा कार्यक्रमका आधारमा सङ्गठित हुँदैनन् । उनीहरू सबै बेग्लाबेग्लै हुन्छन्, एक्लाएक्लै हुन्छन् । कुनै दर्शन, विधान वा नियमले उनीहरूलाई आपसमा बाँधेको हुँदैन । त्यो अवस्थामा यो प्रष्ट छ : उनीहरूले संसद्मा जितेपछि पनि उनीहरूका स्वर बेग्लाबेग्लै हुने छन् । उनीहरूले सरकार बनाए भने पनि उनीहरूको कुनै नीति वा कार्यक्रम वा दिशा हुने छैन । त्यसरी स्वतन्त्रले देशलाई झन् अनिश्चितता वा अराजकताको दिशामा लैजाने छन् । अहिले जनतामा देखा परेको राजनीतिक दलप्रतिको असन्तोष वा आक्रोशबाट फाइदा उठाएर उनीमध्ये कतिपयले चुनावमा सफलता प्राप्त गर्न सक्लान् । व्यक्तिगत रूपमा त्यसबाट उनीहरूलाई फाइदा पुग्न सक्ने छ तर उनीहरूले देशलाई कुनै दिशा दिन नसक्ने भएको हुनाले त्यसबाट देशलाई कुनै फाइदा हुने छैन । उनीहरूको कुनै दर्शन, सिद्धान्त वा नीति नभएको हुनाले उनीहरूको जमघट एउटा दिशाहीन भिड मात्र हुन्छ । त्यस प्रकारको भिडबाट देशले सही दिशा लिन सक्ने वा विकास गर्ने कुराको कल्पनासम्म पनि गर्न सकिन्न ।

एकातिर, राजनीतिक पार्टीहरूको गलत प्रकारको भूमिकाले पैदा भएको जनमत र अर्कातिर, त्यसबाट फाइदा उठाउन खोज्ने स्वतन्त्रको अभियानको सही विकल्प बनेको राष्ट्रिय जनमोर्चा नै हो ।

जुन व्यक्तिले आफूलाई स्वतन्त्र भनेर दाबी गरिरहेका छन्, वास्तविक अर्थमा उनीहरू स्वतन्त्र होइनन् र हुँदैनन् पनि । उनीहरूका बेग्लाबेग्लै पृष्ठभूमि हुन्छन् । त्यो पृष्ठभूमिबाट बनेका उनीहरूका बेग्लाबेग्लै प्रकारका विचार हुन्छन् । अर्कातिर, उनीहरूलाई बेग्लाबेग्लै राजनीतिक शक्तिले आफ्ना तर्फ आकर्षित गर्ने वा प्रयोग गर्ने प्रयत्न गरिरहेका हुन्छन् । कतिपय विदेशी शक्तिले पनि उनीहरूलाई उपयोग गर्ने प्रयत्न गर्दछन् । उनीहरूको कुनै सिद्धान्त वा राजनीति हुँदैन । त्यसकारण व्यक्ति फाइदाका लागि उनीहरू कुनै पनि बेला कतै पनि जान सक्दछन् । उनीहरूले विभिन्न प्रकारले जनतालाई वा जनताका खास समूहलाई आफूतिर आकर्षित गर्ने प्रयत्न गर्दछन् तर त्यो सम्बन्ध कुनै दर्शन, सिद्धान्त वा नीतिमा आधारित नभएकाले त्यो अस्थायी प्रकारको हुन्छ । त्यसैले त्यस प्रकारका सम्बन्ध बारम्बार बन्ने, टुट्ने वा बिग्रने गर्न सक्दछन् । त्यसरी स्वतन्त्रको खोल बालुवाको घर जस्तो हुन्छ ।

अहिले स्वतन्त्रले राजनैतिक दलप्रति जनतामा देखा परेको असन्तोषलाई उपयोग गर्दै देशलाई सही विकल्प दिन खोजेको दाबी गर्दै छन् तर उनीहरूले देशलाई सही विकल्प दिन सक्दैनन् । एकातिर, राजनीतिक पार्टीहरूको गलत प्रकारको भूमिकाले पैदा भएको जनमत र अर्कातिर, त्यसबाट फाइदा उठाउन खोज्ने स्वतन्त्रको अभियानको सही विकल्प बनेको राष्ट्रिय जनमोर्चा नै हो । राजमो भन्नुको अर्थ दलको रूपमा त्यसलाई लिनु होइन । त्यसको जुन सिद्धान्तनिष्ठता र इमानदारिता छ वा जसले एउटा राजनीतिक दलको रूपमा काम गरिरहेको छ, त्यो चरित्र र कार्यप्रणालीलाई आत्मसात गरेर देशका राजनीतिक दललाई सही धरातलमा स्थापित गरेर नै देशको राजनीतिलाई सही दिशामा अघि बढाउन सकिन्छ र बढाउनु पनि पर्दछ । त्यस अर्थमा राजमोले नै देशलाई सही विकल्प दिन सक्दछ ।

यस सन्दर्भमा मुख्य र विचारणीय कुरा यो हो कि राजनीतिक दलको अभावमा विकासको गति अगाडि बढ्न नै सक्दैन । राजनीतिक दल भन्नुको अर्थ हुन्छ : विशेष सिद्धान्त, उद्देश्य वा कार्यक्रमका आधारमा सङ्गठित र एकताबद्ध समूह । राजनीति मात्र होइन, समाजको जुनसुकै क्षेत्रमा त्यस प्रकारको सङ्गठित समूहको अभावमा कुनै कार्य सफलतापूर्वक गर्नु सम्भव हुँदैन । स्वतन्त्र व्यक्तिहरू भन्नुको अर्थ हो : कुनै सिद्धान्त वा दिशाविहीन मानिसको भिड । उनीहरूमा बेग्लाबेग्लै प्रकारका कुण्ठा, आवेग, आक्रोश आदि हुन सक्दछन् । उनीहरूले खास अवस्थामा केही प्रकारका व्यक्तिको समर्थन जुटाएर वा पैसा खर्च गरेर पनि केही शक्ति पनि प्राप्त गर्न सक्दछन् तर इतिहासमा कहिल्यै पनि स्वतन्त्र व्यक्तिले महत्त्वपूर्ण काम गरेको कुनै उदाहरण छैन । उनीहरूले हल्ला गर्न सक्छन्; अराजकता फैलाउन सक्छन् तर देश वा समाजलाई कुनै दिशा दिन सक्दैनन् ।

संसारभरको इतिहासले यो कुरा बताउँछ कि राजनीतिक दलको अभावमा समाज अगाडि बढ्न सक्दैन तर अहिले नेपालको सन्दर्भमा दलीय व्यवस्थालाई समाप्त पारेर देशलाई स्वतन्त्रको हातमा सुम्पने जुन कुरा उठिरहेको छ, त्यो एक प्रकारले आत्मघाती कार्य नै हो । त्यसबाट देशलाई निर्दलीयता वा राजतन्त्रतिर लैजान खोज्ने प्रतिगामी शक्तिलाई फाइदा पुग्न सक्दछ तर देश र जनतालाई होइन ।

मानवजातिको इतिहासमा सबै महत्त्वपूर्ण कार्य कुनै सिद्धान्त वा उद्देश्यको आधारमा सङ्गठित जनमत समूहले नै गर्ने गरेका छन्, एक्लाएक्लै व्यक्ति वा स्वतन्त्र व्यक्तिले होइन । जहाँसम्म राजनीतिक दलको प्रश्न छ, विश्वको राजनीतिक इतिहासमा सबै महत्त्वपूर्ण राजनीतिक परिवर्तन राजनीतिक दलले नै गर्ने गरेका छन् । यो सम्भव छ कि कुनै खास देश वा कालमा कुनै राजनीतिक पार्टी बिग्रन सक्दछ; पतित हुन सक्दछ वा टुट्न पनि सक्दछ तर पुनः नयाँ प्रकारले राजनीतिक दलका सङ्गठन हुन्छ र उनीहरूले नै समाजको गतिलाई अगाडि बढाउने गर्दछन् । कुनै घर थोत्रो हुन सक्दछ; भत्कन सक्दछ तैपनि घर एउटा आवश्यकता हो । कुनै पुरानो घर भत्के पनि वा कुनै एक ठाउँमा बनेको घर उपयोग नभएको पनि पुनः नयाँ ठाउँमा नयाँ घर बनाएर घरको आवश्यकतालाई पूरा गर्नुपर्दछ । त्यही कुरा राजनीतिक दलको सन्दर्भमा पनि सत्य हो ।

संसारभरको इतिहासले यो कुरा बताउँछ कि राजनीतिक दलको अभावमा समाज अगाडि बढ्न सक्दैन तर अहिले नेपालको सन्दर्भमा दलीय व्यवस्थालाई समाप्त पारेर देशलाई स्वतन्त्रको हातमा सुम्पने जुन कुरा उठिरहेको छ, त्यो एक प्रकारले आत्मघाती कार्य नै हो । त्यसबाट देशलाई निर्दलीयता वा राजतन्त्रतिर लैजान खोज्ने प्रतिगामी शक्तिलाई फाइदा पुग्न सक्दछ तर देश र जनतालाई होइन ।

युगदर्शनबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार