शुद्धताको लागि व्रत बस्नै पर्ने हो ?

#निरु सारु

हिन्दु नारीहरुले हरितालीका तीजलाई अति महत्वपूर्ण पर्व रुपमा मान्दछन् । छोरीको रुपमा जन्म भनेको पराय घरमा जानैपर्छ । आफ्नो जन्मघर परिवारलाई छोडेर पराय परिवारलाई स्वीकार्नु बाध्यता मात्र नभएर नारीको लागि नियती नै बनेको छ । उक्त चुनौतिलाई स्वीका गर्दै अगाडि बढ्नु नै नारीको जीवन हो, यही नै हिन्दु धर्मले बिबाहलाई संस्कारको रुपमा लिएको छ । तीज विशेषतः विवाहित नारीहरुको लागि आफू जन्मेको घर, परिवार तथा हुर्केको गाउँमा बाल्यकाललाई स्मरण गर्ने अवसर पनि हो ।
हिन्दू सनातन धर्मावलम्बीहरुका अनुसार महिलाहरु श्रीमान (जीवनको साथिको) लागि समय–समयमा निराहार व्रत बसेर लामो आयुको साथै घर परिवारको सुख शान्तीको लागि महिलाहरुले पुजाको नाममा ठुलो त्याग गर्छन् । शारीरिक रुपमा हुने शारीरिक प्राकृतिक नियमलाई पनि हिन्दुधर्मावलम्बिहरुले शुद्ध बनाउँन तीजमा आउँने ऋषिपञ्चमीलाई पाप कटाउने पर्वको रुपमा मान्दै आएका छन् ।

ऋषिपञ्चमीको पुजा महिलाहरुले १२ महिनासम्म भएको रजस्वला÷महिनावारीको बेला अन्जानवस कहिँ कतै छोइएको भए उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकि माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउने प्रचलन छ । यसका थुप्रै विधिहरु छन्, दतिवन टोकेर खोलामा बगाउँनु, माटो र गोबरले शरिरका सबै अंगहरु शुद्ध गर्नु, चाल्निमा गनौती (गनिएका तिल चामल र जौं) राखेर माथिबाट पानी खन्याई छनिएको पानीले नुहाउँनु र सप्तश्रीषिको पुजा गरिसकेपछी पुर्णरुपमा शद्ध हुन्छन् भन्ने विश्वास गर्ने चलन छ ।

अर्को पक्ष नारीहरु रातो टिका रातो कपडा, रातो चुरा, पोते सुनका गहनामा सजिए र आफुलाई सुन्दर देखाउँनु तीज पर्वको विशेषता नै भएको भान हुन्छ । नारीहरु त्यसदिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरी भोकै बसि श्रीमानको दिर्घायु कामना गर्नु विशेष तीज पर्वको संदेश मानिन्छ । तीज महिलाहरु मानसिकरुपमा कुनै पनि चिन्ताहरु नलिएर घरको कामकाजलाई चट्क्क छोडेर स्वतन्त्र हर्षित भएर घर बाहिर निस्कन्छन् । उनिहरुको गितमा आफ्ना अधिकार तथा वेदनाका कुराहरु समेटिएका हुन्छन् ।

महिनावारी चक्रलाई पापकटाउँने भनी निराहर व्रत बस्नु के सहि हो ? श्रीमान वा परिवारको लामो आयु, घरमा शुख शान्ति व्रत, पुजागरेर मिलेको छ ? यसलाई सत्य मान्यौं भने महिलाहरुको लागि कुन परिवारको सदस्यले व्रत बसेको छ ? विविध प्रश्नहरुले मलाई सताई रहेको हुन्छ ।

एक्काइसौं शताब्दीमा आएर पनि धर्मको आडमा जसरी हामीहरु मासिकधर्मलाई जोडेर पुजागरी आफ्नो शरीरलाई शुद्ध गराउने भनी विभिन्न प्रकारका विधि अपनाएर चोखाउँने परिकल्पनामा अशिक्षित, साक्षरताको अभाव मात्र नभएर समाजमा अति उच्च ओहदामा गएका महिलाहरु पनि यो परंमपरा देखि बाहिर निस्कन नसक्नु दुखद हो ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्षदेखि नै महिनावारीको लक्षण देखिने गर्दछ, जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (ज्यचmयलभक) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत पनि हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रंग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ, यही यथार्थ हो । हामी विज्ञानलाई झुट्टा बनाएर जसरी पुरुषप्रधान समाजलाई अग्रणी रुपमा स्वीकार्नु र यही व्यावस्थाद्धारा हामी माथी हुने अन्याय, अत्याचारको हामी स्वयं कारक बनेका छौं । ऋषिपञ्चमीको पुजा गरेर प्राकृतिक राजस्वला (मासिक) को दौरानमा छोइएको भन्दै शरीरलाई शुद्ध बनाउँने परम्परालाई अन्त्य गर्नु पर्छ । अशिक्षित नारीहरुलाई व्यापक रुपमा प्रशिक्षण दिने महिला मुक्तिको लागि निरन्तर सङ्घर्ष गर्नुको विकल्प पनि छैन ।

अर्को पक्ष नारीहरुको महान पर्व तीज खुशिभन्दा पनि महंगा गरगहना, कपडा र भोज भतेरको प्रस्पिर्धाको रुपमा विकृति फैलाएको छ । यही समाजमा बसोबास गर्ने सामान्य महिला दिदिबहिनीहरु यो प्रतिस्पर्धालेको बिचमा आफुलाई तुच्छ सम्झिन्छन् । सामाजमा महिलाहरुलाई पुँजिपतिहरुले खेलौनाको रुपमा अन्याय, अत्याचार गरिरहेका छन् । महिलाको सुन्दरतालाई विश्व पहिचान भन्दै विभिन्न प्रकारका शोषणहरु गरिरहेका छन् । अर्कोरुपमा उत्पादन गरेका वस्तुहरुलाई ग्राहकसम्म पुर्याउनको लागि मोडल संज्ञा दिंदै स–साना वस्त्र गह्रण गराई उनिहरुलाई पैसाको लालचमा इलेक्ट्रिकल मिडियाको सहयोगमा प्रचारप्रसार गरि ग्राहकलाई खरिदगर्न आकर्षणको माध्यम बनाइरहेका छन् ।

आजपनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा नारीहरु आफ्नै घर समाजमा शोषणहरु परेका छन् । त्यसैमा आगो माथी घ्यू थपन्ने काममा स्वयं नारीहरुले ठूलो भुमिका खेलिरहेका छन् । नारीहरुको अधिकारको लागि र मानव समाजमा समान अधिकार लागि आफ्नो प्राण आहुती गरेर जीवन व्यापित गरेका महान नारीहरुको बारेमा सामान्य नारीहरु अझै पनि अनविज्ञ्य नै छन् । शिक्षित नारीहरु व्यक्तिगत स्वार्थ सुख खोज्नु भन्दा पनि अशिक्षित नारीहरुलाई जागरुक गरि अगाडि बढाउँनु नै सिंगो समाजको परिवर्तन हो ।

आजपनी धर्मको प्रचारप्रसार सामाजिक सञ्जालमा तस्वीर अपलोड गर्दैं पुरुष मित्रलाई खुशि राख्नको लागि व्रत बस्नु कहाँसम्मको परिवर्तन हो ? यो विषय आफैमा गम्भिर छ । पुँजिपती घरमा बस्ने दिदिबहिनीहरुले सामान्य मजदुरी गरेर साझ बिहान छाकटार्न बाध्य भएका दिदिबहिनीहरुलाई नारीको रुपमा नदेख्नु अर्को दुःखद र नारीहरुको लागि कलंकको रुपमा भन्नुपर्दा मलाई कतै पक्षताप हुँदैन ।

नारीमुक्ती आन्दोलनमा आफ्नो आहुती दिनुभएका नारीको बिषयमा वहाँहरुका जीवनीलाई शिक्षीत महिलाहरु आफ्नो छरछिमेकमा ज्ञान् दिनुपर्छ । यसले दिदी–बहिनीहरुलाई महिलाको शक्ति र अधिकार खोज्न हामी आफै अगाडि बढ्नु पर्छ भन्ने हौसला मिल्छ । महिला अधिकारको लागि धेरै महिलाहरुले समाजमा योदान दिएका छन् । आ–आफ्ना देश वा परान्तमा बिभिन्न कालखण्डमा संघर्ष गर्दै आएका छन् भने कतिपयले विश्व मै महिलाहरुको मुक्तिको लागि आवाज मात्र उठाएनन् तत्कालीन शासकहरुलाई सत्तादेखि उखेलेर फालेका छन् । नारीमुक्तिको लागि समय समयमा यस्ता योगदान दिने धेरै हुनुहुन्छ । वहाँहरुको इतिहासलाई अध्ययन गरि आफुलाई अत्यन्तै कमजोर सम्झिने नारीहरुलाई अगाडि बढाई नारीमुक्ती आन्दोलनका शक्तिहरुमा परिणत गर्नु हामी सबैको जिम्मेवारी हो । नारी भएर नारीकै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरिने शोषणको पहिला अन्त्य गर्नु पर्दछ ।

ऋषिपञ्चमीको पुजा गरि मासिक धर्मलाई पापको रुपमा प्रचारप्रसार गर्ने प्रथाको अन्त्य गर्नु पनि नारी माथिको एउटा शोषणलाई समाप्त गर्नु हो । विकसित देशमा महिलाहरु व्रत बसेर भन्दा पनि आत्मनिर्भर बनेर पुरुष मित्र वा परिवारको साथ देशको विकासमा अग्रणी भुमिका निभाएका छन् । तर हाम्रो देशमा आज पनि अलौकिक शक्तिलाई मान्यता दिंदै व्रतबसी श्रीमानको लामो आयु, आफ्नो शरीरलाई शुद्ध गराउने विश्वास गर्नु पिछडा मानसिकताको उपज नै हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार