अपिल कि निर्देशन ?

#जनकराज शर्मा

दक्षिणपंथी पार्टी भित्रका क्रान्तिकारीहरुलाई विद्रोह गर्न अपिल गर्दै पार्टीबाट कार्वाही र निस्काशित हाम्रा पुराना केहि कामरेडहरुका हाँक पत्रिकामा श्रृखलाबद्ध लेख प्रकाशित भएका छन्।

ती लेखहरुमा यी विषयमा जोड दिने प्रयेत्न गरिएको छ कि नेकपा (मसाल) वा त्यसको नेतृत्वलाई बारम्बार सुधार्न खोज्दा वा क्रान्तिकारी बनाउन खोज्दा सकिएन, त्यस कारण शुरुमा पार्टी भित्र सम्पर्क केन्द्र स्थापना गरिएको थियो, पछि बाध्यताले नेकपा मसाल समन्वय समिति निर्माण भयो भन्ने कुरा वहाँहरुले नै विभिन्न पत्रपत्रिकामा लेख्दै आउनु भएको छ । अहिले समन्वय समिति विषेशमहाधिवेश आयोजक समितिमा परिणत गरि कामरेडहरुले नेकपा (मसाल) भित्रका वा वहाँहरु कै शब्दमा दक्षिणपंथी पार्टी भित्रका क्रान्तिकारी कामरेडहरुलाई विद्रोहको आव्हान गर्नु भएको छ । सम्भवतः कामरेडहरु विशेष महाधिवेशनको सन्मूखमा पुग्नु भएको छ भन्ने अनुमान गर्न गाह्रो पर्दैन।

निश्चित रुपमा यो सत्य हो कि एउटा क्रान्तिकारी पार्टी दक्षिणपंथी संशोधनबाद तर्फ उन्मूख भयो भने क्रान्तिकारीहरुले उक्त पार्टीलाई क्रान्तिकारी वा अर्को शब्दमा भन्नु पर्दा मार्क्सबाद-लेनिनबाद-माओत्सुङ विचारधाराको पथपर्दशक वा त्यसका आधारभुत सिद्धान्त र मूल्यमान्यताका आधारमा सञ्चालन गर्न वा गराउन संघर्ष गर्नु पर्दछ । यदि नेतृत्वबाट पार्टीका घोषित नीति अनुमोदित कार्यदिशाप्रति विश्वासघात भयो र अवरोध खडा हुन्छ भने र बारम्बारका सुझाव तमाम् प्रयेत्नबाट पनि नेतृत्वले निणर्य उल्लंघन गर्दै जाने र पार्टी दिशाहिन तर्फ जाने अबस्थामा नेतृत्व परिबर्तन निस्काशनसम्ममा पुग्नु पर्ने हुन्छ । त्यो अबस्थामा निर्मम संघर्ष गर्नु पर्दछ । पार्टीका घोषित नीति र निणर्य कार्यान्वयन गर्नु क्रान्तिकारी सदस्यहरुको दायित्व हुन्छ। त्यो अबस्थामा पनि संघर्षका आफ्नै स्थापित मुल्यमान्यता विधि प्रकृया हुन्छन् ।

एउटा क्रान्तिकारी पार्टी भित्र मतभेद वा फरक विचार आउनुलाई सामान्य र स्वभाविक मानिन्छ । मदभेद पार्टीलाई अरु परिकृष्त क्रान्तिकारी वा सिर्जनात्मक विकाशको निम्ति हुनु पर्दछ । त्यसर्थ ती मदभेदका आधारहरु सैद्धान्तिक, वैचारिक, कार्यदिशामा वा तत्कालिन कार्यनीतिसँग सम्बन्धित छन् कि छैनन् । या अन्य कुनै महत्वकांक्षा वा पद, प्रतिष्ठा, कुण्ठा, ईर्ष्या, ईगो तर्फ बढि र मुख्य विषयमा कम छन् । हामीले अध्ययन गरि बुझ्नु पर्ने अपरिहार्य आवाश्यकता हुन्छ । घोषित नीति पार्टीका आधारभुत मुल्यमान्यता वा रणनीति कार्यक्रम साथै एउटा क्रान्तिकारी पार्टीले देशको राजनीति बस्तुगत स्थितिलाई ठोस् विश्लेषण गरि अपनाउने तत्कालिन कार्यनिति,बारे स्पष्ट हुन प्रयेत्न गर्नु पर्दछ ।

नेकपा (मसाल) को आठौं महाधिवेशन बिक्रम सम्वत २०७६ मा सम्पन्न भएको पार्टीका सार्वजानिक बक्तब्य र कतिपय लेखहरुबाट जानाकारी भएको थियो । पार्टीको महाधिवेशन सन्दर्भका फरकमतहरु बारे पनि उपलब्धी सामाग्रीहरु अध्ययन गर्ने अवसर मिलेको थियो । ती सामाग्रीहरु सर्सर्ती अध्ययन गर्दा मिल्नै नसकिने वा एक पक्ष दक्षिणपंथी र अर्को पक्ष क्रान्तिकारी भएको देखिंदैन । त्यस अर्थ केही गौण विषयमा मत विभिन्नता देखिए पनि मुख्य पक्षमा मत विभिन्नता छैन । केहि मत विभिन्नताहरु राजनीति सापेक्षतालाई हेर्ने दृष्टिकोण र बुझाईमा सिर्जना भएको देखिन्छ । भारतलाई हेर्ने विषयमा बहस सार्वजानिक गरिएको थियो । पार्टीका आधारभुत सैद्धान्तिक पक्ष रणनीति कार्यक्रम र त्यति कार्यनीति प्रश्नमा पनि फरक देखिंदैन । जस्तै पार्टीको न्यूनतम कार्यक्रम नौलो जनबादी क्रान्ति र सशस्त्र युद्ध वा बल प्रयोगबाट मात्र सम्भव हुने । तत्कालिन आन्दोलनका स्वरुप शान्तीपुणर् जनसंघर्ष । आन्दोलनहरुका उपलब्धि गणतन्त्र धर्मनिपेक्षताको संरक्षण गर्नु पर्ने । सांगठानिक संरचनाहरु ब्यवस्थित गर्नु पर्नेमा जोड दिईएको छ । चुनाव उपयोग वहिष्कार तत्कालिन राजनीति परिस्थितिले निर्धारण गर्ने र चुनावलाई कार्यनीति सवालमा उपयोग गर्न सकिने दुबै दस्तावेजहरुले स्वीकार गरेका छन् ।

यो ब्यबस्था अर्धसामान्ती र अर्धऔपेविशिक भएको र यस ब्यबस्थाबाट आमजनताका आधारभुत समस्या समाधान हुन नसक्ने बारे दुबै दस्तावेज मुलतः सहमत छन् । प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै जनबादी क्रान्तिको आधार पार्नेमा असहमत देखिदैन ।

माथी पनि उल्लेख गरियो तत्कालिन राजनीति सापेक्षतालाई बुझ्ने वा बस्तुगत परिस्थितिको ठोस् विश्लेषण गर्ने सन्दर्भमा केही फरक मतहरु देखिन्छन् । फरक मत हुदैनथ्यो त दुईवटा दस्तावेज आउने कुरा पनि हुदैन्थ्यो होला, तर प्रधानपक्षमा समान मत भए पनि तत्कालिन कार्यनीति पक्षमा केहि मतान्तर देखिन्छ । त्यत्ति मात्र होईन मित्र शक्तिको विश्लेषण सन्दर्भमा र सामान्तबादसँगको अन्तरविरोधमा पनि केहि फरक मतहरु देखिन्छन् । यहाँ सबै विषयमा होइन, केही विषयमा मात्र आफु सिमित रहि चर्चा गर्ने कोशिस गरिएको मात्र हो ।

यी सबैका वावुजुद आठौं महाधिवेशन सम्पन्न भयो । निश्चित रुपमा फरक मत राख्ने कामरेडहरु पनि उक्त महाधिवेशनमा सहभागी हुनु भएको थियो होला । अन्ततः पार्टीको सर्वोच्च निकायले प्रकृयाद्धारा नै सबै विषयमा व्यापक छलफल सहित टुंगायो । अनुमान गर्न सकिन्छ कि अब पार्टी एकढिक्का हुने प्रतिबद्धता निश्चय पनि गर्नु भयो । यो कुरा यो आधारमा ठोकेर भन्न सकिन्छ कि आफ्ना विषय वा मतहरु अस्वीकृत भए भनेर महाधिवेशनबाट विद्रोह गरि बाहिएको खबर त आएन ।

एउटा क्रान्तिकारी पार्टीमा मतभेद हुन्छ, प्रकृयाबाट टुंगिन्छ । बहुमतबाट एउटा कार्यदिशा अनुमोदन हुन्छ भने एउटा ईमान्दार सदस्यले कार्यान्वयनमा जोड दिन्छन्, दिनु उसको कर्तब्य बन्छ । यद्यपि त्यो आफुलाई बेठिक नै किन लगागोस् । त्यहि महाधिवेशन नै अन्तिम र प्रथम पनि हुन्न होला । विधि प्रकृया संगत निणर्य भएका र आफु समेतको सहभागीमा अनुमोदित नीति कार्यक्रमहरु बाहिर आए पछि कार्यान्यवन तर्फ जोड दिने कि आफ्ना मत अस्वीकृत भएन भन्दै पार्टी भित्र पार्टी वा बहुकेन्द्रको अभ्यास गर्ने ? यो गम्भिर प्रश्न हो । यो तरिका हाम्रा अग्रज कामरेडहरुले हामीलाई सिकाउँदै घोकाउँदै आएको लेनिनबादी संगठानात्मक सिद्धान्त भित्र पर्छ र ? अर्को तर्फ कामरेडहरुले नै स्थापित र अभ्यास गर्दै आएका मुल्यमान्यता विपरित पार्टीका आन्तारिक डकूमेन्टहरु कसले कहाँ पठाउने विगतको मान्यता र निणर्य विपरित पहिचानै नगरि तलसम्म प्रेषित गर्नु गुटजन्य गतिविधिको अभ्यास होईन ? एउटा कम्यूनिष्ट पार्टी भित्र समानमन्तर गतिविधिलाई छुट हुन्छ र ? फरक मत राखेको कारण कार्वाही गरियो भन्ने गुनासो सुनिन्छ । कम्यूनिष्ट पार्टीमा यस प्रकारका गतिविधि स्वभाविक थिए र फरकमत राखेको आधारमा कार्वाही गरियो भन्दै गुनासो गर्नु हुन्छ । सामान्य रुपमा बुझ्दा पनि फरकमत राखेर कार्वाही भै हाल्ने कुरा होईनन् । पार्टीमा फरक मत विभिन्न ईशूमा धेरैका छन् हुन्छन् । कामरेडहरुका बारम्बार पार्टी नीति विपरितका गुटजन्य गतिविधिका कारण कार्वाही वा निस्काशित हुनुभएको होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तत्कालिन परिस्थिति त्यो पनि आन्दोलनद्धारा प्राप्त उपलब्धिहरुको रक्षामा केही प्रजातन्त्रिक शक्तिसँग सहकार्य गर्दा पार्टी दक्षिणपंथी कसरी भयो । यदि चुनाव उपयोग गरेर दक्षिणपंथी भएको निष्कर्ष हो भने कामरेडहरुको पनि उपयोग गर्ने नीति छ र उपयोग गर्नु पनि भएको छ । कतिपय स्थानमा एमाले र कतिपय स्थानमा काँग्रेसको सहयोगले कार्यपालिका सदस्य निर्वाचित भएका छन् कामरेडहरु । तत्काल नै सशत्र संघर्षको नीति अपनाएको पनि देखिन्न । काग्रेससँग कतिपय अबस्था र ईशूको आधारमा सहकार्य विगतमा हजुरहरुले पनि गर्दै आउनु भएको हो । नयाँ कुरा भएन । संघीयता एमसिसि राष्ट्रघाती नागरिकता विधेयक खारेज विरुद्ध पार्टीले संघर्ष गर्दै आएको दुनियाँ जगजाहेर नै छ ।

कामरेडहरुको सहभागी र प्रतिबद्धता सहितको आठौं महाधिवेशनले पारित गरेको नीति कार्यक्रम पार्टीले कार्यान्वयन गर्दा पार्टी दक्षिणपंथी भएको होईन । कामरेडहरुले वाटो विराउँदै हुनुहुन्छ र कार्यकर्ताहरुलाई भ्रमित पार्ने दुस्साहस गरिदै छ । दक्षिणपंथी पार्टी भित्रका क्रान्तिकारी सदस्यहरुलाई विद्रोह गर्न अपिल गर्नु भएको छ । न कामरेडहरुले आरोप लगाए झै पार्टी दक्षिणपंथी भएको छ । न कामरेडहरुले क्रान्तिकारिताको विश्वासिलो आधार पुष्टि गर्न सम्भव भएको छ । कम्यूनिष्ट पार्टी भित्रका कार्यकर्ताहरुलाई विद्रोहको अपिल गर्दै कस्ता शक्तिहरुसँग धुब्रिकरण गर्न पुग्ने हो । त्यो त भविष्यले बताउला । पार्टीको सिर्जनात्मक विकाश एकता होईन निरन्तरका गतिविधिले ध्वंसनात्मक तर्फ उद्त रहेको समयले पुष्टि गर्दैछ । जुन कुरा सर्वहारा बर्ग र आम कार्यकर्ताको लागि दुर्भाग्य हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार