भिवानी महिला विभागद्वारा तीज मिलन कार्यक्रम

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी महिला नगर विभागको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न पारिएको छ । श्रीमती उर्मिला कोपिलाको अध्यक्षता, श्रीमती कमला परियार विको सञ्चालन एवं श्रीमती हस्तुदेवी विकको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो ।

मुख्य अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समितिका सदस्य गोवर्धन विक, मूल प्रवाह नगर अध्यक्ष डिलबहादुर भट्टराई, मूल प्रवाह नगर समिति भिवानीका संस्थापक सदस्य वीरबहादुर कोपिला, नगर समितिकी सदस्य बिमला जिसी, नगर समितिकी सदस्य अमृता विक, एकता समाजकी सदस्य रिता भण्डारी

अखिल नेपाल महिला संघ सैना मैना नगर समितिकी उपाध्यक्ष मिना भट्टराई, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय रक्तिम सांस्कृतिक कलाकार टिमका इन्चार्ज मोहनसिंह विक र भारतीय भाइचारा संगठन सिपीएमका कमरेड ओम प्रकाशले उक्त कार्यक्रममा आफ्ना विचारहरू राख्नुभएको थियो र सबै वक्ताहरूले परम्परागत रुपमा मनाइने तीज र प्रगतिशील तीजको बारेमा स्पष्ट पार्दै यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार