आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको बारेमा

सन १९११ देखि लगातार संसारभरीका महिलाहरूले यो महिला दिवसलाई महिला मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । यो दिनलाई केवल महिलाहरू मात्रैले होइन बरू विस्वका श्रमजीवी बर्गहरूले मनाउँदै आएकाछन् ।

आठ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक महत्व छ । आज महिलाहरूको साररिक मानसिक रूपमा हुँदै आएको हिंसाले गर्दा पनि अहिले यो दिवशको महत्व झनै बढेको छ । आज संसारमा महिलाहरू बिना श्रृष्टीको कल्पना समेत गर्न सकिदैन तर पनि महिलाहरूको अधिकार सुन्य बराबर छ । पुँजिवादी समाजमा महिलाहरू पुरूषको अधिनस्त र आस्रितमा जीवन यापन गर्न बाध्यछन् । आधा आकास आधा धर्ति ओगटेका महिलाहरू आज पनि असाय अबस्थामा देखिन्छन् । आमा, छोरी, बैनी, बुहारी र श्रीमतीको भूमिका निर्वाह गरेका महिलाहरूलाई पुरूषप्रधान समाजले उनीहरूलाई आफ्नो पैत्रिक सम्पत्तिबाट वाञ्चित गराईन्छ ।

महिलाहरू जीवनभरी पुरूषको आश्रृतमा बाञ्च्न बाध्य हुन्छन् । पहिले श्रीमानको र पछि छोराको आदेश अनुसार चल्नुपर्ने हुन्छ । अलिकती पनि कुनै संका पर्यो भने उनीहरूको भबिष्यमा प्रश्न चिन्ह लाग्छ । आफ्नो जन्म घर छाडेर अर्काको घरमा सबैलाई रिजाएर आफ्नो बासस्थान बनाउँन सफल भएपनि उनीहरूको अधिकार पुरूषको दया र मायाँमा मात्र मिल्ने हो ।

यो दयानिय अबस्था किन सिर्जित भयो ? त्यसबारेमा अध्यान गर्दा उनीहरूको सम्पत्तिमा पुरूष सरह समान अधिकार नहुँदा उनीहरूलाई असाय र अर्धांगिनीको रूपमा हेर्ने चलन चल्तिछ भन्निन्छ सतीपर्था खतम भयो तर पनि सतीपर्था अहिले पनि कुनै नकुनै रूपमा जिवितछ ।

साररिक रूपमा भिन्न भए पनि भौतिकरूपमा र मानसिक रूपमा महिलाहरू कुनै पुरूष भन्दा कम्जोर पनि हुँदैनन् । मात्र उनीहरूलाई रूढीवादी परमपराले गर्दा आफुले आफैलाई कम्जोर सम्झिन्छन्। यदि महिलाहरूलाई पुरूषको जस्तै स्वतन्त्रता मिल्छ भने पुरूष भन्दा कुनै पनि क्षेत्रमा महिलाहरू कम्जोर हुँदैनन् । भारतमा अंग्रेजहरूसँग लड्ने लक्ष्मिबाई (झाँसिकी रानी थिईन), देश र दुनियाँका थुप्रै महिलाहरूको जीवनीबाट हामीले प्रेणालिन सकिन्छ । बांग्लादेशकी तलसिमा नरसिनको पुस्तक ॅलज्जा’ ले मूश्लिम धर्मलाई चुनौती दिएको थियो । त्यसैको परिणाम उनलाई देश निकाला गराईयो । त्यो पुस्तकले मुस्लिम धर्मले चारौटी महिला बिहेगर्ने पर्थालाई पाप घोषित गरेकी थिईन।

क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा थुप्रै महिलाहरूले संघर्ष गर्दै आएका छन् । हाम्रो देशमा पारिजातले महिलाहरूको बारेमा आवाज उठाउँदै आइन । अन्तर्राष्ट्रिय स्तरमा महिलाहरूको अत्यान्तै लामू बलिदानीपुणर् संघर्षको इतिहास भेट्टिन्छ । सर्वप्रथम संगठित नारी आन्दोलनको सुरूवात सर्वप्रथम महान फ्रांसीसी क्रान्तिको द्वौरान भएको थियो । क्रान्तिकारी नारी कलबहरू (बुमन्स रिवोल्युशनरी क्लब) को रुपमा स्त्रीको पहिलो संगठन अस्तित्वमा आएको थियो । ओलिम्प द गाइसेज(१७८९)मनुष्य र नागरिकको अधिकारको घोषणाको मोडलमा स्त्रीहरू र स्त्री नागरिकहरू अधिकारको घोषणा तैयार गरेर १७९१मा राष्ट्रिय असेम्वलीको शमक्ष राखे ।

यद्मापी फ्रांसीसी क्रान्तिका अधिकांस नेताहरूले महिलाहरूको समान अधिकारको उक्त बिचारलाई खारेज गरे । १७९१मा महिला शिक्षाको प्राबधानको कानून् बन्यो।सन१७९२मा एउटा विज्ञाप्तिले उनीहरूलाई कयौं नागरिक अधिकार प्रदान पनि गर्यो । १७९३को अन्तमा सबै नागरिक क्लबहरू निणर्यक मार्क प्रहारको बदौलत महिलाहरूको कानूनी स्थितिमा भारी परिवर्तन गरियो । १७९४मा उनीहरूलाई तलाक लिन सजिलो बनाइयो तर न्यार्नि डिरियन प्रकृयाको दौरान महिला मुक्ति संघर्षद्वारा प्राप्त कयौं यस्ता अधिकारहरूलाई फेरी खोसियो ।

नेपोलीयानिक कोर्ड(१८०४)र यस्तै अन्य यहूदिय देशका बुजुर्वा नागरिक सहिंताहरूले एक पटक फेरि महिलाहरूको हक अधिकारलाई अत्यान्तै सिमित पारे र उनीहरूलाई परिवार, बिवहा, सम्बन्ध विक्षत अबिभाबक र सम्पत्ती संहिता सबैजसो मामिलामा पुरूसकै मातहातमा गराए । बुजुर्व क्रान्तिको कालमा नारी आन्दोलनको सबैभन्दा महत्वपुणर् दहस्तावेज मेरी वोल्सटोनक्राफ्टको पुस्तक स्त्री अधिकारको ओचित्य प्रतिवादन थियो । जो उनीनसवी र बिसवी सदिको नारिवादी आन्दोलनको बुनियादी रूपरेखा प्रस्तूत गर्दछ ।

यस्तै प्रकारले अथक र निरन्तर लामू शंघर्षको इतिहाश बोकेको स्त्री समाजवादी हरूको प्रथम सम्मेलन स्टूगार्ड सन २००७मा आएर बिनाकुनै मत भेद सर्वसहमतीबाट ॅसमान अधिकार प्रस्ताब’ पारित गर्यो । जस्लाई आर्को इन्टरनेश्नलको स्टुगार्ड कांग्रेस समेतले स्विकार गर्यो । दोस्रो सम्मेलन कोपेनहेगेनमा सन१९१०ले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँने निणर्य गर्यो । जस्को प्रस्तावक स्वयं क्लाराजैट्किन थिइन ।

प्रस्ताब सर्वसहमतिबाट पारित पनि गरियो र सन १९११ देखि आधिकारीक रूपमा अन्तर्राष्ट्रिय महिला दिवशलाई महिला पर्वको रूपमा संसारभरीमा मनाउँन थालियो । सन १९२० मा आएर महिलाहरूको कम्युनिष्टको अन्तर्राष्ट्रिय सचिवालयको स्थापना भयो र प्रेस समेत स्थापित गरियो र पत्रिका समेत प्रकाशन सुरूभयो । सन १९२०-२६ को बिचमा महिलाहरूको चारपटक अन्तर्राष्ट्रिय सम्मेलन गरियो ।

अगस्त १९३४मा शोभियत संघ लगायतका कयौं राष्ट्रहरूमा त्यहाँका प्रगतिशिल नारिहरूका संगठनहरूको पहलमा पेरिसमा युद्ध र फाशिज्मको बिरूद्धमा महिला विश्व कांग्रेसको आयोजना गरियो साथै में १९३८मा मार्सिजेलमा युद्ध बिरोधी महिला अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो । सन १९४९ मा चीनमा का.माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति समपन्न भयो ।

नयाँ जनबादी क्रान्ति पछि चीनमा महिलाहरूलाई समान अधिकारका कानूनहरू ब्यबहारिक रूपमा अगाडी सारियो । जस्तो कि रूसको महान समाजबादी अक्टूवर १९१७ को क्रान्तिपछि गरिएको थियो । इतिहासलाई अध्ययन गर्दा संसारभरीका समाजबादीहरूद्वारा नै महिलाहरूलाई समान अधिकार दिने प्रयात्न भएको छ । कार्ल मार्क्स, एंगेल्श, लेनिन् स्टालिन र माओ लगायतका तमाम समाजबादीहरूले महिलाको मुक्तिका लागि लगातार र अथक शंघर्ष गरेका छन् ।

जस्मा अगष्ता बेबेल, क्लारा जेट्किन,च्याङचिङ लगायतका थुप्रै महिलाहरूले क्रान्तिकारी आन्दोलनलाई सक्रियरुपमा अगाडी बढाएका छन् । महिलाहरूलाई कथित धर्मका ठेकेदारहरूले उनीहरूको स्वतन्त्रता माथि लगाम लगाएर उनीहरूलाई ढोल, सुद्र, पशु समान र उनीहरूलाई प्रताडित गर्ने प्रयात्न भएकोछ। हाम्रो देशमा पनि महिलाहरूलाई दासपर्था र देउकी पर्थाको अनत्य भए पनि नाम मात्रको स्वतन्त्रता छ । अहिले पनि छाउगोठ पर्था, बोक्सि पर्था आदिले महिलाहरूलाई प्रताडण्ना झेल्नुपरेको छ ।

आज उनीहरूले साररिक र मानसिक प्रकारको उत्पिडन झेल्दै आएकाछन्।महिलाहरूलाई समाजमा मोडल बनाएर बस्तु बिक्रिको लागि प्रयोग गरिन्छ । उनीहरूको नन्तालाई प्रदर्शन गराएर धन बटुल्नेहरूको कमिछैन । उस्तै हाम्रो देशका सोझा साजा महिलाहरूलाई भारतका कयौं ब्यस्यालयहरूमा नारकीय जीवन व्यातित गर्न बाध्य छन् । आजको एक्किसौं सताब्दिको यो बैज्ञानिक युगमा पनि हाम्रो समाजमा महिलाहरूलाई घर चौकोमा सिमित राख्ने प्रयात्न गरिन्छ ।

अहिले आठ मार्चलाई औपचारिक्ता दिन मनाएता पनि धेरैजसो आफुलाई कम्युनिष्ट भन्नेहरू उनीहरूको अधिकारलाई जानि नजानी कुनैन कुनै बहानामा कुण्ठित पार्ने प्रयात्न गर्दछन् । हामीले नियम कानून बनाएर मात्रै महिलाहरूलाई अधिकार मिल्दैन बरू समाजिक चेतनालाई उठाएर उनीहरूको अधिकारलाई ब्यबहारिकता दिन सकिन्छ । आठ मार्चको ऐतिहासिक मिशनलाई स्वयं महिलाहरूको सक्रियताले अगाडी बढाउँन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार