वर्गिय सोंच र संगठनात्मक जिम्मेवारी एक स्मरण

गरिबी र दुःखको पहाडले थिचिएर हुर्किएको बालापनमा अन्याय र अत्याचारको विरुद्ध विद्रोही भावना विस्फोट हुँदोरहेछ । त्यही विद्रोही भावनासँगै अखिल छैठौंको विद्यार्थी आन्दोलनमा आकर्षित गर्यो । त्यतिबेला प्यूठानको साविकको ४९ वटै गाविसमा विद्यार्थी राजनीति बोकेर हिँड्ने मौका मिल्यो, मैंले पहिलै भनिसके गरिबी र दुःख को पहाडले थिचिएको म घरको आटो खाएर क्याम्पस पढनु सम्भव थिएन । क्याम्पस पढन त्यतिबेला टाढा जानु पथ्र्यो ।

नोकरी जागिर खान पाउने कुरै थिएन, जिल्लामा अखिलको मान्छे भनेर नाम गइसकेको हुँदोरहे छ । बाँच्नको लागि केही गर्नु त थियो म पनि घर छोडेर प्रदेश जाने हजारौंको भिडमा सामेल भए । आमूल परिवर्तन वर्गसंघर्ष विद्यार्थी राजनीतिलाई बिट मार्दै सिमाना काटेर मुग्लान पुगे, हिड्ने बेलामा साथीहरुसँग भेट गर्न पनि पाइन । घरको आटो खाएर क्याम्पस पढन सम्भव पनि थिएन । त्यती बेला क्याम्पस पढन टाढा जानु पथ्र्यो । नोकरी जागिर खाने झन कुरै भएन किन कि पहिलै अखिल छैठौंको मान्छे भनेर जिल्लामा नाम पुगिसकेको हुने रहेछ ।

म पनि पेट पाल्न कै लागि वर्गिय सोंच बोकेर मुग्लान पुगे । त्यही वर्गिय सोंचले हुनसक्छ बडोदरा नगर समिति तत्कालीन अखिल भारत नेपाली एकता समाज को नगर समितिमा चयन भए । त्यहाँ पनि धेरै टिक्न सकेन, काम र माम खोज्दै सुरत पुगें । सुरत पुग्दा म २१ वर्षको भइसकेको रहेछु, जुँगाका पातला पातला रेखी बसिसकेका थिएँ, संगठन बनाउने रहर थियो, १९९६ फरवरी ७ मा भेला गरेर सुरत नगर समितिको समाचार दिल्ली पठाएँ । पत्रिका ॅनेपाली एकता’ मासिक मगाएर बाड्न थालेँ । सायद अपरिपक्वता वा संगठनात्मक सम्बन्धी जानकारीको कमीले हुनसक्छ मैंले मेरो नाम बिन बहादुर रेग्मी लेखिन ।

सूरतमा विक्रम सर्वहारा को हो ? नगर समिति गठन गरिसक्यो, तिमीहरूले के हेरी रहेका छौं ? क्षेत्रीय समितिमा हलचल पैदा भएछ । क्षेत्रबाट रावल जी आउँनु भयो, किन नाम लुकाएको भनेर हकार्नु भयो । नगर भेला गर्दा क्षेत्रीय समिति वा केन्द्रीय समितिबाट विशेष उपस्थिति गराएर वैधानिकता दिन बाँकी छ, संगठन निर्माण भइसकेको छ भन्नुभयो । उता सुरत मिनिबजारमा पनि हैदराबादबाट पदम विक आएर नगर समिति गठन गरेको समाचार दिल्ली पुगेछ । यो खबरले झन क्षेत्रमा तहल्का नै मच्चिएछ । मिनीबजारबाट पदम विकेले पनि पत्रिका मगाउनु भएछ । त्यतिबेला सबै काम कुरा चिठ्ठी बाटै हुन्थ्यो, अहिलेको जस्तो इन्टरनेट फेसबूक थिएन ।

दिल्लीबाट नेपाली एकता मासिक पत्रिकाको लेटर प्याडमा धनपति शर्माले हस्ताक्षर गरेको चिठ्ठी ल्याएर पदम जि विक्रम सर्वहारा उर्फ बिन बहादुर रेग्मीलाई खोज्दै आउँनु भयो । म मशिनमा काम गरेको कालो मैलो भएर कोठामा बसेको थिए । “विक्रम सर्वहारा सर कहाँ हुनुहुन्छ, उहाँलाई भेटन आएको” मैसँग भन्नु भयो, म एक छिन चुप लागे, यो ठाउँमा यति आदर सम्मान गर्ने सर भनेर बोलाउने मान्छे पहिलो पटक भेटेको थिएँ । मैंले एक छिन बस्नुस् बनेर थालमा चावल केलाउन थालेँ । उहाँ आत्तिनु भएछ की क्या हो छिटो बोलाउनुस् भन्नु भयो, मैंले पनि भनिदिएँ म नै हो “विक्रम सर्वहारा” ।

पहिलै किन नभनेको भनेर हास्नु भयो । पहिलो भेटमा धेरै मीठामीठा कुरा भए, म पनि बरोडा नगर स्तरको र पदम विक जि हैदराबादमा एरिया स्तरको हुनाले त्यही भेटमा क्षेत्रीय स्तरको साथी बोलाएर संयुक्त नगर भेला गर्ने निधो गर्यौं । त्यही तयारी तीव्र पार्दै १४ मार्च १९९९ मा सुरत प्रथम नगर भेला शानदार रूपमा सफल सम्पन्न पार्यौ । आज त्यही नगर समिति झाँगिएर चार ओटा नगर समितिमा विस्तार विकास भएको छ । मुद्धा विभाग छ, रक्तिम सांस्कृतिक विभाग छ, महिला विभाग छ, सुरतस्थित प्रवासी नेपालीहरुको लागि अविभावक बनेको छ यो कलम चलाउँदासम्म ।

(नोटः- लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का केन्द्रीय पार्षद हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार