देशको अबस्था र स्थानीय निर्वाचन बारे

अहिलेको स्थानीय तहको निर्वाचनमा कसलाई भोट दिने ? यसबारेमा आम जनताले बुझ्नै पर्ने कुरा के हो भने चुनाव न त परम्परा हो, न रमिता । चुनाव देशको एकप्रकारको संवेदनशिल प्रकृया त हो नै, त्यसका साथसाथै जनताको मौलिक अधिकार पनि हो । जहाँ जनताले आफ्नो अधिकारलाई उपयोग गरेर आफ्नो प्रतिनिधि चयन गर्दछन् । जसलाई प्रजातन्त्रको रिडको हड्डी पनि भनिन्छ । तर धेरै सोंचेर बिचार गरेर नागरिकहरूले आफ्नो अमूल्य मतको सही ठाउँमा प्रयोग गर्नुपर्छ ।

चुनावमा साख्खै आफ्नो साइनो पर्ने वा परिवारको सदस्य उम्मेदवार भए पनि उसले कुन पार्टीको प्रतिनिधित्व गर्छ र त्यो पार्टीले कस्तो नीति अगाडि सारेको छ, यसबारे हामी सबै सचेत भएर नै मतदान गर्नुपर्छ । भन्नलाई सबैले आफुलाई देशभक्त भन्छन् तर उनीहरूको ब्यबहारले कसलाई फाइदा पुराएको छ, त्यसबारे पनि हामीले मुल्याङ्कन गर्नुपर्ने हुन्छ । हुन त बुजुर्वाहरूको जस्तो सोंच एउटा क्रान्तिकारी पार्टी वा संगठनको हुँदैन र हुँनु पनि हुँदैन । क्रान्तिकारी पार्टीले चुनावलाई क्रान्तिको आधार तैयार पर्ने उदेश्यले चुनावमा भाग लिने गर्दछन् र चुनावलाई बुजुर्वाहरूले जसरी जीवनमरणको प्रश्न बनाउँदैनन् । बनाउंनु पनि हुंदैन तर अहिलेको यो भिषण परिस्थितिमा राष्ट्रियता र गणतन्त्रको रक्षाको सवाल हाम्रो माझमा भ्युटावर जस्तै ठिंग उभिएको छ ।

त्यसैले पनि हाम्रो दायीत्व राष्ट्रियता र गणतन्त्रको रक्षा गर्ने हुनुपर्छ । देशमा बिदेशका दलाली गरेर ज्यान पाल्नेहरू र प्रतिगमनको जाल फैलाउँन सामन्तको दिन-रात चाक्री गर्नेहरूको कमिछैन । उनीहरूको यस्तो ब्यबहारको भण्डाफोर गरेर मात्रै हामीले साडे ६ दशकदेखिको जनसंघर्षद्वारा प्राप्त भएको गणतन्त्रको रक्षा गर्न सक्ने छौं । साथै अमेरिकन साम्राज्यबादी शक्तिले जबर्जस्ती घुसाएको आइपिएसको अंग एमसीसीलाई खारेज गराउँने र संघीयता समेतलाई खारेज गर्नको लागि ब्यापक रूपमा जनदवाब दिन सकिने छ । आज हाम्रो देशका कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका समेत अपांग वा ठप्प भएको अबस्था छ । शिक्षा, स्वास्थ्य र आर्थिक अबस्था डामाडोल भएको अबस्थामा देशले ठुलो संकटको सामना गर्नु पर्नेछ । एकातिर देशमा भुमाफियाहरूको लामबद्ध छ, महंगिले सिमाना नागेको छ, भ्रष्टचार चरम अबस्थामा पुगेको छ । आम जनजिवन अत्यान्तै कष्टकर छ ।

देशमा राम्रो नागरिक अस्पत्तालको अभाव छ, सरकारी शिक्षानसंस्थामा राजनीतिककरण भएको छ । सार्वजनिक संस्थानहरूमा जस्को शक्ति उसैको भक्ति छ । किसानहरूको लागि समयमा मल बिउ र सिंचाइको ब्यबस्था नहुँदा बढि मुल्य तिरेर किसानहरूले स्वयं ब्लेकमा मल बिउको ब्यबस्था गरेका हुन्छन् । डिजल प्रतिलिटर पेट्रोल लगभग एकसय पैंतालीस पचासमा बिक्रि गरिन्छ । देशमा वाइककारहरूको छिमेकि मुलुक भारतमा भन्दा दुई गुणा बढी रेटछ, आम ब्यक्तिले एउटा वाईक समेत चलाउन नसक्ने देशको अबस्था छ । अर्को तिर सरकारले वेमतलबका भ्युटावरहरू ठडाएर अरबौं रूपियाँको दुरुपयोग गरेको छ । धनले पुग्छ भने राष्ट्रिय लेवलमा पुलहरू बनाउँनुस्, सडक बनाउँनुस्, सवारी साधन किनेर जनतालाई सुबिधा दिनुस् ।

अहिले यातायात व्यवसायीहरूले मनोमानी भाडा असुलेका छन् । कुनै पेसेन्जरहरूलाई टिकट दिईदैनन्, देशमा जंगल राज छ । कोविडको समयमा एउटा बसमा दुइ बस भन्दा बढि यात्रुहरूलाई ओसारेका थिए । यस्तो अबस्था नागरिकहरूले भोग्नु परेको छ । प्राइबेट स्कुल र कलेजहरूको भिड्छ, नीजि अस्पत्तालहरूले लुट मच्चाएका छन् । देशभित्रका थोरै जमिन भएका गरिब किसानहरूको तरकारी नबिकेर खेतमा सडेको छन् । सरकारले बिदेशीहरूलाई बिषाक्त खाद्यान्न सामाग्रि एवं तरकारीहरू बेच्न खुल्ला छुट दिएको छ । यि यावत ब्यबहारको बिरोधमा देशभक्तहरूलाई भोट दिएर आफ्नो स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न सक्ने जनप्रतिनिधिको छनोट गर्ने कर्तब्य देशका नागरिकहरुको हुन्छ । तर जहिले पनि उनै पार्टीका प्रतिनिधिहरूले जित हासिल गरेका हुन्छन् । जसले सामदाम र दण्ड दिनसकेको हुन्छ ।

हाम्रो देशका जनता किन संवेदनशिल हुँदैनन् ? किन आफुलाई जिम्मेवार नागरिक सम्झिदैनन् ? किन एक दुई छाक मासु र भातमा आफ्नो खुट्टामा बञ्चरोले हान्छन् ? अब जनताले आफुलाई देशको जिम्मेवार नागरिक सम्झेर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । अहिले हाम्रो देशलाई बिदेशका दलालहरूले अर्थब्यबस्था डांमाडोल पारेर श्रीलंका जस्तै टाट पल्टाउने र अफल राष्ट्रको रुपमा परिणत गर्न थालेका छन् ।

जसले संघीयता र एमसीसी शुरुदेखि नै बिरोध गर्दै आएको छ, उसैलाई बद्नाम गर्ने अनि संघीयता र एमसीसी बिरूद्धको आन्दोलनलाई कम्जोर बनाउँनेमा लगातार जोड लगाएका छन् । अहिले देशलाई प्रतिगामी ताकतले आफ्नो आघोसमा लिएर जनअधिकारलाई कुण्ठित गर्ने र देशलाई फेरी राजतन्त्रको हातमा सुम्पने कैयौँ आफुलाई कम्युनिष्ट भन्नेहरूको षड्यन्त्र छ । त्यसको भण्डाफोर गर्दै देशभक्त तथा गणतन्त्रबादी शक्तिलाई विजय गराउँनु आजको आबश्यकता मात्रै होइन, हरेक नागरिकको कर्तव्य हो ।

देशमा हुने आम निर्वाचन वा स्थानीय निर्वाचन सधैभरी अधुरा र अपुरा भएको हुन्छ । त्यो किन भने एक त निर्वाचनको वेला नेताहरूले जनताको स्वतन्त्र मतलाई आफ्नो ताकत वा पैसाको ध्वंस देखाएर आफु ठुला पार्टी भएको धाक जमाएर भोट ऐंठ्छन् । अर्को, देशका एक करोडको हाराहारीमा नागरिकहरू बिदेशका तमाम देशहरूमा आफ्नो रोजगारको लागि गएका हुन्छन् र उनीहरूको मत ब्यर्थै गइरहेको छ । देशका शिक्षित बर्ग युवाशक्ति बिदेशमा भएको वेला हुने यो निर्वाचन एकप्रकारले अधुरो नै हुन्छ । बिदेशबाट मतदान गर्न देशमा फर्किंदा आर्थिक भार, त्यो मात्रै होइन छुट्टिको समस्या । कतिपयको नोकरी नै छुट्ने परिवार सहित बिदेशमा बसेकाहरूको झनै जटिल समस्या हुन्छ । सरकारले आफ्ना नागरिकहरूको हकमा आफु बसेको ठाउँबाट नै मतदानको ब्यबस्था गर्नु पर्ने हो र सर्वोच्चको फैसलाका बावजुद सरकारले त्यो ब्यबस्था अहिलेसम्म नगर्नु अत्यान्तै छोभको बिषय हो । याबत समस्याका बाबजुद अहिलेको निर्वाचनमा भाग लिएर देशभक्त तथा गणतन्त्र प्रेमीहरूलाई आ-आफ्नो अमूल्य मत दिनुपर्दछ ।

अहिले देशमा उत्पादन सुन्य अबस्थामा देशले बस्तु निर्यात गर्न नसक्दा अहिले नेपालको टाट पल्टाई नजिकिदै गरेको कयौं बुद्धीजीवीहरूले आफ्ना धारणा दिंदै आएका छन् । अहिले देशको अबस्था कस्तो छ, भने बिदेशी रेमिटेन्स पनि घट्दै गएको र देशमा उत्पादन गरेर निर्यात गर्न देशले नसकेको अबस्था त छंदै छ, सरकारले राज्यस्व प्राप्त गर्ने योजनामा तिस लाखबाट घटाएर दश लाखको जग्गा जमिनको कारोबार गर्दा बेच्ने र किन्ने दुबैजनाले राज्यस्व तिर्नुपर्ने नियम भएपछि अब खरिद र बिक्रि गर्नेहरू कै समझ्दारीमा मूल्य थोरै वा सरकारी रेट अनुसारको मूल्य राखेर बिक्रि बितरण गर्न थालियो यसरी जमिन बिक्रिबाट उठ्ने राज्यस्व अटोमेटिक नै कम हुने भयो ।

भारतबाट लगेका पैसा बैंकमा सट्टि गर्दा बिभिन्न डोकोमेन्ट जम्मा गर्नु पर्दा त्यो झमेलाबाट बच्नको लागि बाहिर बाटै आर्थिक कारोबार हुन थाल्यो । त्यसरी मुद्रा बेच्ने र किन्ने दुबैजनालाई फाइदा हुँने भएकोले मानिसहरू अब बैंकमा जांदैनन् । यो चुहावटबाट देशको राज्यस्वमा थप घाटा हुंदै जाने हो भने देशको निकट भबिष्यमा टाट पल्टिने छ । आखिर सरकारले लिएको गलत नीतिका कारण देशले महंगी र आर्थिक घाटाको संकट झेल्नु पर्ने भएको छ । अहिले सार्कका आठवटा राष्ट्रहरू मध्य सबै भन्दा नाजुक अबस्थामा श्रीलंका र त्यसपछि नेपाल देखिएकोछ । एकातिर जमिन यति महंगियो तराईमा एउटा घडेरी किन्नको लागि जीवनभरी बिदेशमा गएर बिदेशीको गोठालो बन्नुपर्छ । कृषियोग्य जमिन तराईमा लिन सकिदैन । अनि देशभित्र रोजगारको ब्यबस्था छैन । यो कहाली लाग्दो अबस्थामा हाम्रो देशका जनताले के गर्ने ? अहिले एउटा नागरिकको टाउकामा पचास हजार भन्दा बढी ऋण भैसक्यो । देशमा आर्थिक संकट आएपछी देश बर्वाद हुन्छ भन्ने अहिलेको उदाहरण श्रीलंकालाई देख्न सकिन्छ ।

समय छँदै बुद्धि पुराएनौं भने निकट भबिष्यमा नेपालीहरू आफ्नै कारण नेपालको दयानिय अबस्था सिर्जित हुनेछ । अहिले नेताहरूले देशलाई आत्मानिर्भर गराउँनुको साटो आफुले बिदेशमा दुःख देखाएर अनुदानको लागि हात पसार्ने र त्यो पैसाले आफुहरूले ऐयासी गर्ने ब्यबहार हुँदै आएकोछ । यो राम्रो संकेत भने होइन । देशमा संघीय ब्यबस्था बिफल भएकोछ भन्ने बारे सत्तामा बसेकाहरूलाई थाहा छ, तर पनि त्यो खारेज गर्न जानेर चाहेका छैनन् । अहिले सबै नीजि स्वार्थ छाडेर देशको बारेमा सोंच्नु परेको छ । अन्यथा हाम्रो देशले निकट भबिष्यमा ठुलो दुर्घटनाको सामना गर्नु पर्ने छ । एउटा देशभक्तले अहिले राष्ट्रिय झण्डा उचालेर सिमानामा मानव सांगलो बन्ने देशको अबस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार