कार्ल मार्क्स एक जर्मन दार्शनिक, सार्वजनिक व्यक्तित्व, लेखक, अर्थशास्त्री, इतिहासकार हुन् । यसबाहेक, उहाँ एक कवि, भाषाविद्, राजनीतिक पत्रकार र एक प्रतिभाशाली सिद्धान्तकार हुनुहुन्थ्यो ।
विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्स (कार्ल हेनरिख मार्क्स) को जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व थिए । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो ।
सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल)मा आफ्नो प्रारम्भिक अध्ययन पूरा गर्नुभयो । किशोर मार्क्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यस बेला भयो जुन बेलामा उहाँले पैसा छनौटबारे एक किशोरको विचार भन्ने निबन्ध लेख्नुभयो । उक्त निबन्ध प्रवोधनकालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ ।
अक्टोवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना हुनु भयो, उहाँले आफूले अध्ययन गर्ने विषय कानुन विभाग रोज्नु भयो । विश्वविद्यालयमा मार्क्स कानुनशास्त्रको साथै साहित्य, नवीनतम् कला, इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि पर्नु भएन । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्स बोनमा एक वर्ष अध्ययन गर्नु भएपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गर्नुभयो ।
बर्लिनमा मार्क्स निकै परिश्रम गर्न पछि पर्नु भएन, जसको फलस्वरुप उहाँको बौद्धिक विकास पनि तीब्र गतिले हुन थाल्यो । बर्लिनमा मार्क्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त हुनुहुन्थ्यो जस अन्तर्गत उहाँले मुख्यतया दर्शनशास्त्र र इतिहासको अध्ययन गर्नुभयो । मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाल्नु भयो, अंग्रेजी र इटालीयन भाषा पनि सिक्न थाल्नु भयो । छोटै समयमा मार्क्स महान् बौद्धिक व्यक्तित्व बन्न सफल हुनुभयो ।
भर्खरै विश्वविद्यालयमा प्रवेश गरेका मार्क्सले ब्यारोनेस भोन वेस्टफेलेन एक कुलीन परिवारकी छोरी जेनीसँग भेट भए । उनीहरु एक अर्कालाई बचपन देखि चिन्द थिए । मार्क्सले सन् १८३६ को गृष्मकालमा जेनी फोन वेस्टफालेनसँग विवाह बन्धनमा जोडिए । जेनी असाध्यै राम्री युवती थिइन् भने मार्क्स बौद्धिक प्रतिभा हुनुहुन्थ्यो । त्यसो त मार्क्स न त अभिजात वर्गमा नै पर्नुहुन्थ्यो, न त एउटा विद्यार्थी व्यक्ति मार्क्स त्यति धनी नै हुनुहुन्थ्यो । तथापि जेनीले मार्क्सलाई पूणर्रुपमा साथ दिनु भयो । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी हुनुहुन्थ्यो । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन् । त्यही गुणले उहाँले पनि मार्क्स जस्तो महान् व्यक्तित्वलाई जीवन साथीको रुपमा पाउनु भयो । कार्ल मार्क्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा जति मार्क्सको भुमिका छ, त्यति नै कर्म जेनीको पनि छ । मार्क्स र जेनी सफल विवाहित जोडी भनेर कहलिएका थिए । मार्क्स दम्पती ४० वर्षसम्म सँगै बसे, दम्पतीका सात सन्तान थिए । दुःखको कुरा, ती मध्ये चार बाल्यकालमै मरेका थिए ।
कार्ल मार्क्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बिचको भेद्र विषयमा तयार पार्नु भएको थियो । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको वास्तविक मुल्याङ्न हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसक्नु भएको थियो । तसर्थ उहाँले इयेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाउनु भयो र अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधि (डक्ट्रेट) को उपाधि प्राप्त गर्नु भयो । त्यसपछि उहाँ अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुग्नु भयो ।
सबैभन्दा प्रगतिशील र सबैभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गर्नु भएका मार्क्सले फ्रेडरिक एंगेल्स को रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाउनु भयो । मार्क्स भन्दा दुई वर्ष कान्छा एंगेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो ।
“राजनीतिक अर्थशास्त्रको आलोचनाको रूपरेखा’ शीर्षक एंगेल्सको कृतिसँग मार्क्सको परिचयपछि उहाँहरुबिच पत्र व्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एंगेल्सले पेरिसमा मार्क्ससँग भेट गर्नुभयो । दश दिनको उहाँहरुको यस संसर्गमा पछि गएर एंगेल्सले सम्झना गर्नु भएको थियो, ‘सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूणर्रुपमा देखा पर्यो र त्यसै बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।’
मार्क्स र एंगेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान दिग्गजहरुको सहयोगको थालनी गर्यो । यस सहयोगले मजदुरवर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीतितिर कार्यनीतिको जग बसालेको थियो । मार्क्स र एंगेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन् । उनीहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ । उहाँले आफ्ना सहकर्मी एंगेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पुँजी लगायत दर्जनौँ ऐतिहासिक कृतिहरु तयार पार्नु भयो । जसले साम्यवादी आन्दोलनमा लाग्नेहरुका लागि सदासर्वदा मार्गदर्शन गरिरहने छ । हाल माक्र्स हाम्रो सामु हुनुहुन्न । तथापि उहाँको मार्गदर्शक सिद्धान्तले उहाँ विश्वभरीका कम्युनिस्टहरुको मुटुको धड्कन हुनुहुन्छ । अमर महान व्यक्तित्व हुनुहुन्छ ।
1830-1835 को अवधिमा Friedrich–Wilhelm Gymnasium मा पढ्नुभयो । त्यसपछि उनले बोन र बर्लिन विश्वविद्यालयहरूमा आफ्नो अध्ययन जारी राखे, जहाँ उनले कानून, दर्शन र इतिहास अध्ययन गरे ।
ज्ञडद्धज्ञ मा आफ्नो अध्ययन पूरा गरेपछि, मार्क्सले दर्शनमा आफ्नो डक्टरेट प्राप्त गरे । युनिभर्सिटीमा प्राध्यापक बन्ने र पढाउने आशामा उनी आफ्नी जीवन पत्नीसँग बोन गए, तर उनी विपक्षी राइन अखबारका सम्पादक र पत्रकार बने, जहाँ उनले साहसपूर्वक सरकारको आलोचना गरे।
राइन राजपत्रले प्रायः खुल्लमखुल्ला प्रसियन राजतन्त्रको पतन र लोकतन्त्रको साथ यसको प्रतिस्थापनको लागि आह्वान गर्यो । 1843 मा, अधिकारीहरूले सम्पादकीय कार्यालय बन्द गरे, र परिवार पेरिस सार्न थाल्यो ।
चाँडै नै फ्रान्सेली सरकारले विद्रोही पत्रकारलाई कट्टरपन्थी पत्रिका ख्उभचथयम मा भाग लिएको कारण देशबाट निष्कासन गर्यो । मार्क्स तीन वर्षको लागि ब्रसेल्स (बेल्जियम) गए, जहाँ उनले एंगेल्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र प्रकाशित गरे।त्यसपछि माक्र्सले युरोपको यात्रा गरे र अन्ततः लण्डन गए । त्यहाँ उनले पत्रकारिता सुरु गरे, तर त्यसपछि पुस्तकहरूमा काम गर्न लागे । ज्ञडछढ मा राजनीतिक अर्थशास्त्रको आलोचनामा उनको ग्रन्थ प्रकाशित भयो, र 1867 मा पू“जीको पहिलो खण्ड प्रकाशित भयो ।
कार्ल मार्क्सले ज्ञडटद्ध मा लण्डनमा सबै देशका श्रमिकहरूको अन्तर्राष्ट्रिय संघ स्थापना गरे, जसलाई पछि “पहिलो अन्तर्राष्ट्रिय” भनिन्छ । यो संगठन 1876 सम्म चल्यो । 1881 मा, दार्शनिकको प्रिय पत्नीको मृत्यु भयो, र जनवरी 1883 मा, जेठी छोरी, जेनीको मृत्यु भयो । कार्ल मार्क्सको दुई महिनापछि मार्च 14, 1883 मा लण्डन मै मृत्यु भयो ।
सबैभन्दा ठूलो दार्शनिक एक राज्यविहीन व्यक्तिको रूपमा मृत्यु भयो – नागरिकता वा नागरिकता बिनाको व्यक्ति । उनलाई लन्डनको हाईगेट कब्रिस्तानमा श्रीमतीसँगै एउटै चिहानमा गाडिएको थियो ।
मुख्य विचारहरूः
मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद (द्वन्द्ववाद र भौतिकवादको एकता) हो।
दर्शन भौतिकवादी हो किनभने विश्वको एकमात्र आधारको रूपमा पदार्थको मान्यताबाट अगाडि बढ्छ, चेतनालाई उच्च संगठित पदार्थको सम्पत्ति, मानव मस्तिष्कको कार्यको रूपमा लिन्छ।
यसलाई द्वन्द्वात्मक भनिन्छ, किनकि यसले विश्वका वस्तुहरू र घटनाहरू, आन्दोलन र विकासको विश्वव्यापी अन्तरसम्बन्धलाई आफैंमा अभिनय गर्ने आन्तरिक विरोधाभासहरूको परिणामको रूपमा मान्यता दिन्छ।
कार्ल मार्क्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बिचको भेद’ विषयमा तयार पार्नुभएको थियो । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो ।