स्थानीय तहको निर्वाचनमा सहकार्य बारे

स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाले अन्य राजनीतिक चार दलसँग चुनावी सहकार्य गरेको छ । यद्यपि सहकार्य गर्न सम्भव नभएका देशका विभिन्न स्थानीय तहमा आफ्ना उमेदबारहरु खडा गरेको छ । स्थानीय तहको चुनाव उपयोग गर्दैगर्दा राजमोले “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं” मूल नारा सहित निर्वाचनमा होमिएको छ । यहाँ स्पष्ट हुन जरुरी छ कि स्थानीय तहको निर्वाचन गाउँका कुना कन्दराका जनतालाई अधिकार प्रत्याभुत गर्ने महत्वपुणर् माध्यम पनि हो । जनता सचेत भई राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा आवाज उठाउँदै आएका पार्टीलाई पहिचान गरि आफ्नो अभिमत दिनु पर्दछ र मात्र केहि आंशिक समस्याहरु समाधान हुन सक्दछन् । यो एउटा महत्वपुणर् अवसर पनि हो ।

जुन दलहरुसँग राजमोले चुनावी सहकार्य गरेको छ । ती राजनीतिक दलहरु संघीयताको पक्षधर राजनीतिक दलहरु हुन् । त्यसमा पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टी उग्र-संघीयतावादी राजनीति शक्ति हुन् । प्रायः मदेशवादी पार्टीहरु यहाँ मदेशवादी पार्टी भन्नाले विगतदेखि नै पृथकतावादी सोंच राख्दै आएका छन्, ति शक्तिहरुलाई भनिएको हो भन्ने बुझ्न गाह्रो नहोला । ती शक्तिहरुले स्थानीय तहलाई अधिकार सम्पन्न होईन, कुण्ठित गर्न चाहन्छन् र प्रादेशिक संरचना वा प्रदेश सरकारमा अधिकार केन्द्रकृत गर्ने जोड दिन्छन् । त्यसको अर्थ स्थानीय निकायलाई अधिकार विहिन बनाउँदै प्रदेशको नियन्त्रणमा रहनु पर्नेमा उनीहरुको जोड बल रहँदै आएको छ । त्यति मात्र होईन उनीहरु हिमाल पहाड तराई मिश्रित प्रादेशिक संरचना होईन तराई मदेशका बाईसवटा जिल्लाहरु सिंगो मदेश प्रदेश हुनु पर्नेमा धेरै पहिलादेखि संघर्ष गर्दै आएका छन् । ति जिल्लाहरु भित्र पर्ने प्राकृतिक स्रोत साधनहरु प्रदेशको नियन्त्रण भित्र रहनु पर्ने र संघीय सरकारले पनि हस्तपेक्ष गर्न नपाईने वा प्रदेशलाई आत्मनिणर्यको पुणर् अधिकार हुनुपर्नेमा जोड दिदै आएका छन् । त्यसप्रकारको नीतिको ठिक विपरित राजमोले संघीयता खारेज, संघीय प्रणाली अन्तर्गतको प्रादेशिक संरचना खारेज र स्थानीय निकायहरुलाई अधिकार सम्पन्न पार्नु पर्ने स्पष्ट नीति अपनाउँदै आएको छ । ती शक्तिहरुलाई राजमोको माउँ पार्टी नेकपा (मसाल) ले प्रतिकृयावादी शक्ति भनेको छ ।

रणनीतिक रुपमा क्रान्तिको दुश्मन शक्ति मान्दछ । त्यस्तै माओवादी केन्द्रसँग राजमोको सैद्धान्तिक मतभेद छ । उसलाई दक्षिणपंथी अवसरवादी पार्टीको रुपमा विश्लेषण गरेको छ, तर जनवादी क्रान्तिको मित्र शक्ति मान्दछ । नेपाली काँग्रेस दलाल पुँजिपति बर्गको प्रतिनिधित्व गर्ने प्रतिकृयावादी शक्ति हो । त्यो क्रान्तिको दुश्मन शक्ति भन्ने पार्टीले विश्लेषण गरेको छ । नेकपा एमाले दक्षिणपंथी अवसरवादी पार्टी हो, तर जनवादी क्रान्तिको निम्ति मित्र शक्ति हो भन्ने विश्लेषण छ । उल्लेखित सम्बन्धित राजनीतिक पार्टीहरुको सन्दर्भमा (मसाल) ले अहिलेसम्म नीतिमा कुनै फेरबदल गरेको देखिन्न ।

रणनीतिक सवालमा माथी उल्लेखित राजनीति पार्टीहरुको हकमा (मसाल) को दृष्ट्रिकोण र नीति कायम छ । अब हामी कार्यनीति सवालमा प्रवेश गरौं । हामीले एकपक्षिय ढंगबाट कार्यनीति र रणनीति कार्यक्रमलाई अन्धाधुन्ध प्रकारले वा सहि मार्क्सवाद लेनिनवादी द्वन्द्वात्मक दृष्टिकोण, अर्को प्रकारले भन्दा दुश्मन शक्तिसँगको संघर्ष एकता र संघर्ष, मित्र शक्ति प्रति एकता संघर्ष र एकता वा दुश्मन शक्तिसँग प्रधान पक्ष संघर्ष र मित्र शक्तिसँग प्रधान पक्ष एकतालाई नजरअन्दाज गर्यौं भने, सहि निश्कर्षमा पुग्न सक्दैनौ र घुम्दै फिर्दै रुम्जाटार पुग्दछौं । समस्या बल्झिने प्रवल सम्भावना हुन्छ केही मात्रामा भएको पनि त्यहि छ ।

पार्टीले विगतदेखि अपनाउँदै आएका कार्यनीति प्रश्न बारे केही संक्षिप्तमा चर्चा गर्ने प्रयेत्न गरौं । राजनीतिमा आग्रह पुर्वग्राह चिन्तनको कुनै सम्बन्ध हुँदैन । देशको तत्कालिन बस्तुगत परिस्थितिको ठोस विश्लेषण सहितको कार्यनीति त्यो पनि तत्कालिन पार्टीगत फाईदा वा घाटा भन्दा पनि बस्तुनिष्ठ र राष्ट्रिय आवाश्यकता अनुसारको दुरदर्शिता नीति नै मुख्य पक्ष हुन्छ ।

नेकपा (मसाल) ले मात्र होईन विश्व कम्यूनिष्ट आन्दोलनमा धोर प्रतिकृयावादी दुश्मन शक्ति वा साम्राज्यवादी शक्तिहरुसँग सर्वहारा बर्गका महान नेता क. स्टालिन (रसिया) र माओत्सुङ (चीन) ले राष्ट्रियताको पक्ष र विश्व परिस्थितिमा आएका दुश्मन शक्तिहरुसँग सहकार्य गरेका ईतिहास छन् तर ती साम्राज्यवादी र प्रतिकृयावादी शक्ति वा राष्ट्रहरुलाई क. स्टालिन र क. माओले मित्र शक्ति मानेनन् । तथापि तत्कालिन परिस्थितिको विश्लेषण गरि कार्यगत एकता वा सहकार्य गर्न पुर्वग्राहि रहित दृष्ट्रिकोण अपनाउँदै तत्कालिन रुपमा मुख्य दुश्मनलाई परास्त पार्ने नीति अपनाएका थिए । यदि क. स्टालिन र माओले संकिण नीति अपनाएका हुन्थे र जुन कुनै परिस्थितिमा पनि विरोधको लागि विरोध नै गर्नु पर्दछ भन्ने नीति अपनाउथे भने राष्ट्रियता नै गुम्ने वा विश्व नै तहस नहस हुने अबस्था सिर्जना हुने थियो होला ।

साम्राज्यवादी वेलायत र अमेरिकासँग स्टालिनले सहाकार्यको नीति अपनाए पनि ती देशका शासकहरुलाई वा राष्टलाई कहिल्यै मित्र शक्ति घोषित गरेका छैनन् । माओत्सेतुङको सन्दर्भमा पनि जब जापानी साम्राज्यवादले चीन माथी आक्रमण गर्न आयो चीनको प्रतिकृयावादी शासक च्याङकाईशेक अन्तिममा राष्ट्रिताको पक्षमा उभिन आइपुग्यो तत्कालिन चिनियाँ कम्यूनिष्ट पार्टीसँग राष्ट्रियताको सवालमा सहकार्य भयो । फेरी पनि माओ वा चिनियाँ कम्यूनिष्ट पार्टीले च्याङकाईशेकलाई कहिल्यै क्रान्तिको मित्र शक्ति घोषणा गरेनन् । यी उपरोक्त दृष्टान्तहरुबाट पनि के स्पष्ट हुन्छ भने राजनीति राष्ट्रिय सापेक्षताको आधारमा पार्टीले कार्यनीति निर्धारण गर्ने विषय रहेछ भन्ने बुझिन्छ । ती विषयलाई हामीले कति बुझ्न सकिन्छ र कसरी बुझ्ने भन्ने आ-आफ्ना अनुभव अध्ययन र दृष्ट्रिकोणमा भर पर्ने कुरा हुन् ।

देशमा अहिले स्थानीय तहको निर्वाचनको घोषणा भएको छ । केही दिनमा नै निर्वाचन सम्पन्न हुँदैछ । राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीति दलहरु चुनावी प्रचार प्रसारमा मैदानमा होमिएका छन् । राजमो पाँच दलिय चुनावी गठबन्धनमा छ । नेपाली काग्रेस सहितको चुनावी गठबन्धनमा राजमो सहभागी हुँदा पार्टी विरोधी तत्वहरुले राजमोलाई गैरराजनीति तुच्छ र पुर्वग्राही चिन्तन प्रकट गरिरहेका छन् । त्यसप्रकारका चिन्तन कसरी गैरराजनीतिक र पुर्वाग्रहिद्धारा प्रेरित छन् त केही चर्चा र स्मरण गरौं ।

माथि पनि भनियो कि नेपाली काँग्रेस क्रान्तिको दुश्मन शक्ति हो, त्यो आज पनि सत्य हो तर रणनीति सवालमा । कार्यनीति सवालमा नेपाली काँग्रेससँगको सहकार्य यो स्थानीय तहको चुनावमा पहिलो हो त ? निश्चितरुपले होईन । पार्टीले २०४६ सालको जनआन्दोलनमा सहकार्य गरेको थियो । त्यसपछि काँग्रेसको शासनकालमा दमन ज्यादति स्वतआंतकको विरुद्ध पेचिलो संर्घष, भण्डाफोर, गरेको थियो । पुनः २०६२-६३ को प्रतिगमन विरुद्धको आन्दोलनमा सहाकार्य भयो । देशमा गणतन्त्र घोषणा भए पछि मित्र शक्तिहरुले प्रस्तावित गरेका राष्ट्रपति विरुद्ध, काँग्रेसद्धारा प्रस्तावित राष्ट्रपति पक्षमा मतदान गर्यो । त्यति मात्र होईन अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि सम्भव भएका ठाउँमा आवाश्यकता अनुसार सहकार्य नीति खुला थियो । पत्रकार महासंघका चुनाव लगायत अन्य कतिपय सन्दर्भका निर्वाचनहरुमा पनि काँग्रेससँग सहकार्य हुँदै आएको छ । दुःखको कुरा बर्तमान परिस्थितिको मुख्य ईशूलाई विषायन्तर गर्दै अहिले पार्टीलाई काँग्रेस परस्त भयो भन्दै भ्रमपुणर् नियतले राजमोका अध्यक्ष विवादरहित सादगी वाम्मपन्थी नेता चित्र बहादुर केसीको टाउकोमा काँग्रेसको रुख चिन्ह टास्ने कथित क्रान्तिकारीहरु कहाँ थिए त्यति बेला ? सोध्न मन छ ।

यस्ता गैरराजनीतिक प्रकारका घटिया चिन्तन र प्रवृतिले हामी कहाँ पुग्छौं । नेतृत्वलाई गालीगलौज र चरित्रहत्या गर्दैमा क्रान्तिकारी भईने भए झापली गुटदेखि ४२ सालपछि मोहन बैद्ध, प्रचण्ड त्यसपछि पनि दोषारोपण गर्दै बाहिरिएकाहरु क्रान्तिकारी हुनु पर्ने हो, तर विडम्बना भन्नु पर्दछ, उनीहरु त झनै पतित् भएको सतहमा नै छतछुल्ल भएको छ । तसर्थ राजनीति सिद्धान्त विचार र स्थापित निश्चित प्रणालीद्धारा अघि वढ्ने हो । ब्यक्तिगत रुपमा कसलाई के लाभ वा फाईदा हुन्छ वा चित्त बुझ्दछ, कि मन दुख्छ त्योसँग सम्बन्ध हुँदैन । राष्ट्रिय राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्दै तत्कालिक ईशूको आधारमा कार्यनीति तय हुने हो र समग्र राष्ट्रिय आवाश्यकताको आधारमा सहकार्य सहमति हुने हुन्छ । कतिपय अबस्थामा मित्र शक्तिहरुसँग निर्मम संघर्ष गर्नु पर्ने हुन्छ । माओबादीको द्वन्द्वकालमा उनीहरुसँग पेचिलो संघर्ष गर्नु पर्यो । शान्ति प्रकृयामा आए पछि कतिपय अबस्थामा सहकार्य भयो । राजावादीहरुसँग तिब्र संघर्ष चल्यो राष्ट्रिय हितको पक्षमा उनीहरुले उठाएका कतिपय कदमको समर्थन गर्नु पर्यो ।

तत्कालिन नेकपा एमालेले गरेको महाकाली सन्धि लगायतको विरोध र भण्डाफोर गर्नु पर्यो । पछिल्लो समयमा राष्ट्रिय पक्षमा लिएको अडानलाई समर्थन मात्र होईन राजमो एमालेले नेतृत्व गरेको सरकारमा सहभागी बन्यो तर तत्कालिन सरकारले लिएको गलत नीति जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणलाई तात्कालिन उपप्रधानमन्त्री केसी जिले विपक्षमा मतदान गर्नु भयो । माओवादी एमालेसँग राजमोले स्थानीय र प्रदेश संघीय चुनावमा सहकार्य गर्यो । एमाले माकेको एकता पछि बनेको नेकपा सरकारका गलत कार्यशैलीको विरोध भण्डाफोर गर्दै समर्थन गर्यो । जब ७७ पौष पाँच गते केपि ओलिले पार्टी भित्रको अन्तरकलह समाधान गर्न नसकि जनताको प्रतिनिधित्व गर्ने सार्वभौम प्रतिनिधि सभा श्रृंखलाबद्ध विघटन गर्दै अंसैवैधानिक र अप्रजातान्त्रिक कदम उठाए त्यसपछि राजमोले समर्थन फिर्ता लिदै अन्य राजनीति पार्टीहरुलाई आन्दोलनका उपलब्धिको रक्षामा सहकार्य गर्नु पर्ने आवाश्यकतालाई जोड दियो ।

अन्ततः अन्य राजनीति पार्टीहरु पनि आन्दोलनमा सहभागी भए त्यहि आन्दोलनको जगमा बर्तमान सरकार बनेको हो । सरकारले गरेका कतिपय गलत निणर्य जस्तै एमसीसी अनुमोदनप्रति राजमोले गम्भिर असहमति राख्दै र खारेजको माग गर्दै त्यहि कारणले पाँच दलिय सरकारी गठबन्धनबाट बाहिरि सकेको छ । स्थानीय तहको निर्वाचनमा पाँच दलिय चुनावी गठबन्धनमा रहेको छ ।

ओलिको प्रतिगमनकारी षडयन्त्र विरुद्ध यो, सहाकार्य अपरिहार्य महशुस गरिएको छ । एमाले मित्रशक्ति हो, तरन्तु आन्दोलनका उपलब्धि रक्षाको निम्ति नेपाली काँग्रेस लगायत दलहरु आन्दोलनमा आए के देशको अहिलेको बस्तुगत परिस्थितिको आधारमा ती शक्तिहरुसँग सहकार्य गर्दै उपलब्धि रक्षा गर्नु गलत हो त ? एमाले वा ओलीका कदम ठिक थिए त ? मित्र शक्ति भएकै कारण आन्दोलनका उपलब्धि रक्षामा आएका शक्तिहरुसँग सहकार्य गर्नु गलत हो वा काँग्रेस पिछलग्गु भएको सावित गर्न सकिन्छ ? अहिले गठबन्धन गर्नु पर्ने बाध्यता र परिस्थितिको सिर्जना कुन नियतले कसले गर्यो एकहोरो विरोध गर्नेहरुको ध्यान त्यता गए जस्तो लाग्दैन । एमालेको गठबन्धन कोसँग छ त ? राप्रपा परिवारदल लोसपा कतिपय स्थानमा (मसाल) लाई चुनावमा भाग लिएकै कारण दक्षिणपन्थी स्वघोषणा गर्ने महान क्रान्तिकारी मित्रहरु को । यस्तो पनि राजनीतिक बैचारिक र बस्तुनिष्ठ तर्क हुन्छ र ! क्रान्तिकारी स्प्रिट राख्ने साथीहरुप्रति सहानुभुति छ, बधाई पनि दिन हिचकिचाउनु पर्दैन । तर कुण्ठा र प्रतिशोधि चिन्तनले बस्तुस्थिति सहि तरिकाले विश्लेषण गर्न सम्भव हुन्न ।

कतिपय ब्यक्तिहरु त्यहि रोगले ग्रसित हुनुहुन्छ । त्योबाट मुक्त नहुँदासम्म ब्यक्तिकेन्द्रित गालीगलौज चरित्रहत्या धाकधम्की घुर्कि मानसपाटलमा घुमिरहन्छन् । हरेक विषयलाई हेर्ने पुर्वाग्रहीरहित आलोचनात्मक चेत हुनुपर्दछ । तव मात्र सिर्जना र विकाश हुन्छ । नराम्रो भित्रको राम्रो र राम्रो भित्रको नराम्रो नदेख्ने दृष्टि आफैमा खोटि हुन्छ । अतः आशा गरौं एकताले नै लक्ष्यमा पुग्न सम्भव छ । अर्को कुरा पनि ईतिहासले सावित गर्दै आएको धुर्व सत्य हो । हामी पछि हटे पनि वा थाके पनि महासमरको यात्रा निरन्तर अघि बढिरहन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार