अहिलेका यि नेताहरूले बुझ्नै पर्ने बिषय यहि हो, चुनाव भनेको के हो र यसमा भएको आचारसंहिता के के हुन् ? पुँजिवादी निर्वाचनमा पनि सामन्यातः आचारसंहिता त हुनुपर्ने हो तर अहिलेका यि नेताहरूलाई जित्नका लागि आफैले बनाएका आचारसंहिताको उल्लंघन गरेएका थुप्रै उदाहरणहरू भेटिन्छन् । चुनावलाई राजनीतिक रूपले हेर्नुपर्नेमा कैयौं राजनीतिक पार्टीहरूले यसलाई सत्ता कब्जाको रूपमा बुझेका छन् ।
जनतामा आफ्नो राजनीतिक सिद्धान्तलाई लिएर प्रचार गर्ने, जनतालाई सचेत र संगठित गर्ने भन्दा पनि पानी धुमालेर माछा मार्नेहरूको कमि छैन । यसमा नेपाली काँग्रेस प्रमुख छ । प्रधानमन्त्री तथा काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा कि धर्मपत्नि आरजु राणाले बिभिन्न युवाहरूलाई जितेपछि फ्रि बिजामा मलेसिया पठाउँने भनेको बिभिन्न मिडियाहरूमा आएकोछ । आफुले नजितेको ठाउँमा आर्थिक कोटा समेत नपठाउँने भन्दै बोलेको पनि सुनिन्छ । एउटा देशको प्रधानमन्त्री समेत रहेका असमान्य ब्यक्तित्व की श्रीमतिले यसरी देशका जनताहरूलाई धम्काउँनु वा लोभाउँनु भनेको आचारसंहिता बिपरित हो । भरतपुरमा प्रचण्डले उनको छोरीले जित्नै पर्ने दावि गरेकाछन् । त्यती मात्रै होइन, उनले नजिते देशमा आपतस्थिति हुने जस्ता डर देखाएर जनतामा भ्रम सिर्जना गरेका छन् । प्रचण्ड सरकारमा मन्त्री, प्रधानमन्त्री सबै भए पनि आफ्नो त्यो बन्दुके धम्की र वार्गेनिङ्को पुरानो खेलखेल्न छाडेका छैनन् ।
विपक्षका एमालेले पनि आफुले नजिते बुढापा पेंशन बन्द हुने जस्ता गलत बिचारको प्रचार गरेको देखिन्छ । यो पुँजिवादी वुजुर्वा ब्यबस्थाभित्रको स्थानीय निर्वाचन भएपनि चुनावमा भागलिनेहरूले आफ्नो सत्ताको दुरुयोग गरेका छन् । त्यो आचार संहिता बिपरित हो । त्यसकारणले यि र यस्ता गलत प्रवृतिहरूमा अविलम्बन रोक लाग्नु पर्दछ । जतिजति चुनाव नजिकिंदै गएकोछ, उती जनतालाई सचेत गराउँनुको साटो जनतामा भ्रम सिर्जना गरेर देशभित्र खौफ सिर्जिना गरेर आफुले जित्ने प्रयत्न राजनीतिक पार्टीहरुबाट भइरहेको छ ।
देशका करिब एक करोढ जनता बिदेशमा छन् । उनीहरूको उपस्थिति बिना यो निर्वाचन एकप्रकारले अधुरो हुनेछ । उनीहरू जहाँ छन्, त्यहींबाट मतदान गर्न पाउँने सर्वोच्चको फैसला समेतलाई अनदेखा गरिएर हुने निर्वाचन अधुरो निर्वाचन नै हो । अर्को, हामी आफैले बनाएको आचारसंहितालाई उलंघन गरेर, जनतालाई यसरी डर देखाउँने धम्काउँने र लोभ देखाएर उनीहरूको अमूल्य मतलाई आफ्नो पोल्टामा पार्ने दुश्साहस नै हो । लोकतन्त्रमा सबैलाई चुन्ने चुन्निने र बहिष्कार गर्ने समेत अधिकार हुन्छ । चुनावलाई आचारसंहिताको जगमा उभिएर प्रयोग गर्ने वा नगर्ने, नागरिक अधिकारलाई धम्कि दिएर आफुले उनको मतलिनु भनेको अपराध नै हो । त्यसको घोर बिरोध गर्नुपर्छ, त्यो कार्य जुनसुकैले गरे पनि गलत हो । यसबारे चुनाव आयोगको ध्यान अबिलम्बन जानुपर्छ । यस्तो कृयाकलापमा रोक लगाउँनु पर्छ । यसरी भ्रम दिने लोभ देखाउँनेहरूलाई कार्वाही गरिनु पर्छ ।
अहिले यो चुनावमा गठबन्धन भएकोछ, गठबन्धन प्रतिगमनलाई रोक्ने उदेश्यले भएको हो । त्यो गठबन्धनप्रति पनि सबै दलको इमान्दारिता हुनुपर्छ । यदि त्यसो हुँदैन भने देशले फेरी प्रतिगमनको सामना गर्नुपर्ने छ । चुनावी प्रचार प्रसार गर्ने मित्रहरूले जनतालाई राम्रैगरी शिक्षित बनाउँ र मतदान गर्दा कसरी गर्ने भन्ने बारे सबैलाई सिकाउँदै सचेत गर्नु पर्ने आवश्यकता देखिन्छ । यतिका धेरै कण्डिडेट भएको ठाउँमा कति निशानमा छाप लगाउँने कुन पार्टीको कुन निशान हो, त्यसबारे पनि जनतालाई बुझाउँनु पर्छ । केवल हामीलाई मत दिनु होला भनेर कसैले मत दिंदैन । जनताले पनि प्रचार-प्रसारको दौरान उनीहरूको ब्यबहारको मुल्याङ्कन गर्दैछन् । अहिले धेरै निशानहरू छन्, त्यसकारण उनीहरूलाई राम्रै गरि नबुझाए मतहरू धेरै बदर हुनसक्छन् ।
खास गरेर यि सरकार पक्ष वा प्रतिपक्षमा भएका ठुला राजनीति दलहरूले लगातार जनताको अधिकारलाई कुण्ठित पार्ने र पानी धुमालेर माछा मार्न प्रयात्न गरेको भान हुन्छ । कसैले शहर भित्रै युवाहरूलाई रोजगार दिलाउँने बिचारहरू पनि व्यक्त गरेका छन्, तर उनीहरूले कुन श्रोतबाट रोजगार उपलब्ध गराउँने हुन्, त्यो खुलाएका छैनन् । यो गलत र युवाहरूको बुद्धी भुट्ने प्रयत्न मात्रै हो । कसैले देशका युवाहरूलाई फ्रि पासपोर्ट फ्रि बिजा दिने भनेर उनीहरूलाई बिदेश पठाउँने आशा देखाएर उनीहरूको मत लिने प्रयात्न गरेका छन् । यो निर्वाचन स्थानीय निर्वाचन भएकोले कण्डिडेटहरूले जनतामा आफुले गाउँ र शहरको बिकासका लागि आएको रकमलाई सहि ठाउँमा लगाउँने त्यसको सदुपयोग गर्ने प्रतिबद्धता जाहिर गर्नु त स्वाभाबिक हो तर यसरी युवाहरूलाई रोजगारको झुठ्ठा आश्वासन दिएर वा उनलाई डर देखाएर धम्काएर गरिने निर्वाचन गणतन्त्र अन्तर्गतको हुन सक्दैन । देशमा जनताले अमन चयन शान्ति शुव्यबस्था कायम राख्ने अखण्ड नेपाल र अखण्डित नेपालीको यथार्थ ब्यबहारलाई लागु गर्न चाहान्छन् ।
देशमा भित्राएको संघीयता खारेज गरेर देशको खर्चमा कटौति गर्ने र बिदेशीहरूसँग असमान सन्धि र सम्झौतालाई यथाशिघ्र खारेज गर्ने जनचाहाना हो । अहिले कुनै भ्रमजालमा नपरि देशभक्त र गणतान्त्रिक शक्तिहरूलाई मत दिएर देशका जनताले आफ्नो देशभक्तिको परिचय दिनेछन् । जनताले साढे ६ दशक लामो बलिदानीपुणर् संघर्ष गरेर ल्याएको गणतन्त्र जनताले संविधानसभाद्वारा निर्माण गरेको संबिधान समेतलाई भएको खतरा र प्रतिगमनकारी शक्तिको दिनानुदिन हुँदै गएको गतिविधिले गणतन्त्र र धर्मनिरपेक्षेता मात्र होइन सिंगो संबिधान धरापमा परेको यो विषमपरिस्थितिमा जनताले सहि ठाउँमा मतदान गरेर गणतन्त्रको र सिंगो संविधान समेतको रक्षा गर्नेछन् ।
एकातिर विदेशीको इसारामा जवरजस्ति चोर ढोकाबाट घुसाएको संघीयताले देशमा आर्थिक संकट सिर्जना हुँदै गएको छ । स्थानिय तहमा हुने भ्रष्टचारले गर्दा जनतालाई महंगिको मार झेल्नु परिरहेको अबस्थामा अहिले देशका आम नागरिकहरूको कर्तब्य इमान्दार देशभक्त र गणतन्त्रवादी प्रतिनिधीहरूलाई छानेर अगाडी सार्नुपर्दछ । यसमा कसैको पनि अर्को मत नहोला । चुनाव भनेको कसैको अधिकार हनन् गर्ने, कुण्ठित गर्ने, प्रलोभन दिने, सामदाम दण्डभेध होइन । बरू बुजुर्वा ब्यबस्थाको रिड पनि मानिन्छ । त्यसैले सबै साना ठुला पार्टीहरूले आचारसंहिताको उलंघन नगरेर एउटा सच्चा नागरिकको परिचय दिनुपर्छ ।