राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को वैधानिक मोर्चा तथा देशको सच्चा देशभक्त तथा क्रान्तिकारी पार्टी भएको र राष्ट्रिय राजनीतिका दुरगामी दृष्टिकोणको ऐतिहासिक महत्व बोकेको पार्टी भएको कुरा कसैबाट लुकेको छैन । मार्क्सवाद लेनिनवाद तथा माओसेत्युङ विचारधाराको सैद्धान्तिक खुराकले लेस क्याडर पार्टी भएको कारण सख्यात्मक रुपमा थोरै भए पनि राजमोका क्याडरहरुले पार्टी वा मोर्चाको सदस्य हुनुमा पनि आफुलाई सबैभन्दा बढि गर्वान्वित ठान्दछन् । त्यसैले गर्दा पार्टि कार्यक्रताहरूले पार्टिले गरेका हरेक निणर्यहरुलाई ईमान्दारीपुर्वक कार्यान्वयन गर्न आफ्नो जिम्वेवारी पनि सम्झन्छन् । पार्टीको निणर्यलाई सबै तहबाट एकढिक्का भएर ईमान्दारीपुर्वक कार्यान्वयन गर्न सक्ने राजनैतिक संस्कार नेपाली राजनैतिक आन्दोलनमा राजमो बाहेकका पार्टिहरुमा पाइदैन, यसप्रकारको गौरव बोकेको राजमोको नीति सिद्धान्त र विचारलाई जनसाधारणसम्म पुराउने मार्गमा भने हजारौं विघ्न वाधा र अडचनहरु बिछाइन्छ । तै पनि यस्तो सामाजिक संरचना परिवर्तनका लागि संघर्षरत राजमो हरेक आन्दोलनका हरेक मोर्चामा ईमान्दारीपुर्वक लागिरहने राजनैतिक विरासतलाई दृढतापुर्वक निभाई रहेको छ ।
अहिलेको स्थानिय निर्वाचनमा राजमो समेत पाँच दलहरुले देशव्यापी रुपमा प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरु विरुद्ध प्रजातन्त्रवादी शक्तिहरु अर्थात पाँच दलहरुसँग मात्र गठबन्धन गर्न सकिने स्पष्ट सहमती भएको थियो । गठबन्धन गर्न नसक्ने स्थानहरुमा मैत्रिपुणर् प्रतिस्पर्धा गर्ने निणर्य भएको थियो, तर निर्वाचनमा जाँदा देशभरी उक्त सहमतिलाई राजमोले मात्र पालना गरेको र अन्य सबै दलहरुले सहमती तोडेको पाइएको छ । खासगरि प्रतिगामीहरुलाई त कांग्रेस र माओवादीले धेरै ठाउँमा सघाएको छ ।
हुन त कुनै राजनैतिक पार्टीको निणर्य, नीति निर्देशन कार्यान्वयनप्रति त्यो दलका नेता कार्यक्रताहरुले अपनाउने गरेको व्यवहारले नै सम्वन्धीत पार्टीको ईमानदारीता र बेइमानीको बारेमा विष्लेषण गरिन्छ । नेपालमा कतिपय पार्टिहरुमा नेतृत्व नीति निर्देशन र निणर्यको पालना नै नगर्ने राजनैतिक संस्कार मौलाएर गएको पनि पाइन्छ, खासगरि यो समस्या अवसरवादीहरु, क्यारिरिष्ट, पललोलुप तथा अपरिपक्क राजनैतिक दृष्टिकोण बोकेका पार्टिहरुको साथै त्यी पार्टीहरुको राजनैतिक संरचना तथा सस्कारलाई प्रोत्साहित गरिरहेका पार्टि कार्यक्रताहरुमा पनि पाइन्छ । त्यी राजनैतिक पार्टीहरु सधै व्याक्तीगत र बढिमा गुटगत फाइदाको लागि सबै गतिविधिहरु फोकस गर्दछन् । त्यहि कारणले पनि अहिलेको निर्वाचनमा राजमो बाहेका दलहरुबाट पाँच दलिय सम्झौतालाई ईमान्दारीपुर्वक लागु गर्ने काम गरिएन र कैयन स्थानमा गठबन्धनबाट गठबन्धन माथी घात समेत गरिएको छ ।
एउटा क्रान्तिकारी सिद्धान्तले लैस पार्टीको एउटा मात्र सदस्यको उपस्थितिले समाजमा व्यप्त शोषण दमन अन्याय अत्याचार र झुट फरेव र बेइमानीका पर्दाहरु च्यातिने डरले थर्कमान हुने वर्तमान प्रतिक्रियावादी राज्य व्यवश्थाका अनुयायी तथा तिनका एजेन्टहरु राजमोका नेता कार्यक्रताहरुलाई स्थानीय स्तरमा नै एउटा सदस्यसम्मको उपस्थितिलाई रोक्न साम दाम दण्ड सबै विधीको प्रयोग गरिरहेको हुन्छन् र अहिलेको स्थानिय निर्वाचन २०७९ मा पनि थोरै अपवाद छोडेर धेरै ठाउँमा घोषित वा अघोषित रुपमा नै त्यसप्रकारको कार्य भएको कसैबाट लुकेको छैन तर पनि उनीहरुका लाखौं जालझेल झुट फरेव बेइमानी र लुकेर वारगर्ने प्रवृद्धि घात प्रतिघातका क्षणिक आत्मसन्तुष्टी बाहेक केहि होइनन् र उनीहरु समयसंगै झनझन नांगिने छन् भन्नेमा राजमो पार्टी क्याडर मात्र होइन, सच्चा समर्थक शुभचिन्तकसम्म ढुक्क हुँदै स्थानिय तहको निर्वाचनमा हजारौं चुनौतीहरु विरुद्ध सशक्त प्रतिवाद गर्दै चुनावी आन्दोलनबाट दुई नगरपालिका तथा दुई गाउँपालिकाको प्रमुख गरि चार प्रमुख र तीन पालिका उपप्रमुख तथा करिव ३९ वार्ड अध्यक्षहरु र वहुसंख्यक वार्ड सदस्यहरु जनताका समसामयिक समस्याहरूसँग लडने गरि स्थानीयस्तरमा पार्टीले दरिलो उपस्थिति देखाएको छ । यो जीत र निष्ठावान नेताहले अन्ततः जनताको न्यायपुणर् आन्दोलनमा केसेढुंगा सावित गर्ने छन् भन्ने आम जनताको सोंचाइ पनि छ ।
एकातर्फ देशैभरि राजमो बाहेक सबैदलसँग घोषित तथा अघोषित गठबन्धन गरेको एमालेले आफुलाई एक्लाएको कुतर्क पेश गरेर सर्वसाधारण जनतालाई भ्रमित पारी सहानुभुती बटुल्दै अगाडि बढिरहेको र अर्कोतर्फ राजमो तथा मसालको स्थिती कमजोर पार्न तथा कैयन कार्यकर्ताहरुलाई भ्रमित पारेर देशको सच्चा क्रान्तिकारी आन्दोलनमा जनसंघर्षको सहभागितालाई कमजोर पार्न बर्षौंदेखि साम्राज्यवादी तथा सामन्तवादी मात्र होइन, प्रतिक्रियावादी तथा अवसरवादीहरुलेसम्म वाह्र तथा आन्तरिक रुपमा आक्रमण गरिरहेको कार्यलाई निरन्तरता दिदै राजमोको शक्तिलाई रोक्न कैयन खेलहरु यो स्थानिय निर्वाचनमा खेलिएका भए पनि त्यो उनीहरुको अभियानमा पार्टीका होनहार कार्यकर्ताहरुको सतर्कताले पार्टीलाई कमजोर पार्न खोज्ने तत्वहरुका जालझेल, झुट फरेव बेइमानी र घात प्रतिघातहरु थोरै स्थानहरु छोडेर धेरै ठाउँबाट चिरिएको छ ।
वर्गसंघर्षको आन्दोलन अगाडि बढाउन सोंचे जस्तो पनि नहुन सक्छ मित्र शक्ति भनेको एमालेको प्रतिगामी कदम विरुद्ध प्रतिक्रियावादी शक्तिहरुसँग सहकार्य सजिलो विषय थिएन तर प्रतीगामी शक्ति भन्दा प्रजातन्त्रवादी शक्ति प्रगतिवादी भएको मार्कसवाद लेनिनवाद तथा माओसेतुङ विचारधाराको सैद्धान्तिक धरातलमा उभिएर पार्टीले विष्लेषण गर्दा वर्ग मित्र शक्ति एमालेको प्रतिगामी बाटो रोक्नु पार्टिको नैतिक कर्तव्य हुन्थ्यो र पार्टिले दाया बाया नसोंची सहि निणर्य गरेको छ, तर त्यसका विरुद्ध प्रतिगामीहरुबाट मात्र होइन कतिपय अवसरवादीहरुबाट विभिन्न भ्रमजाल बुन्दै जनतालाई अन्योल पार्ने नापाक कोशीस गरियो ।
स्थानिय निर्वाचनमा यस्तै कैयन अप्ठ्यारा परिस्थिती तथा विभिन्न अवान्छनिय गतिविधीहरु विरुद्ध शशक्त प्रतिवाद भएको छ अझै पनि हाम्रो आन्दोलनलाई गलत दिशामा मोडने र वढि भन्दा बढि जनसाधारणसम्म भ्रम सृजना गर्ने कार्य निरन्तर भईरहने छ त्यसप्रकारका प्रतिगामी, पुनरुत्थानवादी र प्रतिक्रियावादीहरुका सिकन्जा तोडन पार्टीका कार्यक्रता झनझन फलामे अनुशासनको साथ एक ढिक्का बन्नु पर्ने सत्यतालाई पनि आत्मसात गर्नै पर्छ ।