बिषय प्रवेशः
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन सम्मेलनकै ईतिहासमा एउटा अद्वितीय सम्मेलन बन्न पुग्यो। वैचारिक, संगठनात्मक र विशेष परिस्थितिका कारणले पनि । गत जूलाई 23-24 चेन्नाईमा सम्पन्न सम्मेलन पश्चत सम्मेलनका बिषेशताहरु के थिए ? सम्मेलन सम्पन्न पार्न खेलिएको भूमिका कस्तो रह्यो ? सम्मेलनकै दौरानमा सम्मेलनका आन्तरिक कार्यक्रमहरु कसरी सम्पन्न भए ? सम्मेलनका चुनौतीहरु के थिए ? र सम्मेलनले चुनेको नेतृत्व, सम्मेलनले लिएको नीति र आगामी कार्यक्रमबारे सम्मेलनमा अनुपस्थित सदस्य, शुभचिन्तक र आम जनसमुदायलाई सम्मेलन सन्देश सहित जानकारी दिनु आवश्यक थियो । यहि आवश्यकताको महसुस गर्दै नवनिर्वाचित क्षेत्रीय समितिले गत जूलाई 31 गते दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका सम्पुर्ण नगरहरुमा सन्देश सभा आयोजना गर्ने निणर्य गर्यो । र सोही निणर्य अनुसार दक्षिण भारतका नगरहरुमा एकै साथ सन्देश सभा भव्य रुपमा सम्पन्न भई सकेका छन्। तसर्थ सन्देश सभाले आम जनसमुदायमा दिन खोजेको सन्देशहरु के हुन् ? सन्देश सभाकै सन्दर्भमा चर्चा गरौं ।
१. ऐतिहासिक सम्मेलनः
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भयो। सम्मेलनको गरिमा, महत्व र प्रभाव बढाउनको लागि मात्र ऐतिहासिक भनिएको होईन । साँच्चै ऐतिहासिक नै थियो सम्मेलन । हजारौं हजार जनसमुदाय र कार्यकर्ताहरूको भव्य उपस्थित, सम्मेलनको लोगो सहित रातो टिसर्टमा सजिएका प्रतिनिधि, पर्यवेक्षक र आमन्त्रित दर्शक, नेपाल र भारत प्रवासका चिरपरिचित नेताहरुको गौरवमय सहभागीता, रक्तिमका कलाकारहरु द्धारा भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुति र व्यवस्थित व्यवस्थापन यि सबै कारणले सम्मेलनलाई ऐतिहासिक बनेको थियो। यो ऐतिहासिक सम्मेलन सफलताको सन्देश नगर एरिया टोल र आम जनसमुदायहरू सम्म पुर्याउने सन्देश सभाको सन्देश थियो ।
२. सौहार्दपुर्ण वातावरणः
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन उच्च सौहार्दपुर्ण वातावरणमा सुसम्पन्न भयो । अनुसासित, ईमान्दार र जिम्मेवार कार्यकर्ताहरूको उपस्थितते सम्मेलनलाई सफल बनाउन निकै सहज वातावरण बन्यो । बन्दशत्रको कार्यक्रम जनवादी केन्द्रीयताको आधारमा अघि बढ्यो । संगठनको नीति, सिद्धान्त, प्रकृया, विधि र विधान बुझेका कार्यकर्ताहरूको सहभागिताले सम्मेलनलाई तार्किक निष्कर्षमा पुर्याउन सजिलो बन्यो। आफ्ना मतहरुमा खुला छलफल र बहस निकै शान्त वातावरणमा सम्पन्न भए। समग्र सम्मेलन सौहार्दपूणर् वातावरणमै समापन भयो। र यो सम्मेलन बिषेश हुनुमा सबैको हार्दिकता र सौहार्दता नै थियो ।
३. नेतृत्व, नीति र कार्यक्रमः
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन नेतृत्व, नीति र कार्यक्रमको सन्दर्भमा पनि निकै नै उपलब्धीपूणर् सम्मेलन बन्न पुग्यो। सक्षम, जुझारु र जिम्मेवारीपूणर् नेतृत्वको चयन दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको एउटा महत्वपुर्ण पक्ष थियो। वर्तमानको नयाँ परिस्थितिमा कसरी अगाडी बढ्ने ? आगामी दिनमा आम जनसमुदायहरूलाई मूल प्रवाहको अभियानमा कसरी समाहित गराउने र दक्षिण भारतका प्रवासी नेपालीहरुका समस्याहरूलाई कसरी समाधान गर्ने यो सन्दर्भमा स्पष्ट नीति र कार्यक्रमको खाका सम्मेलनले कोरेको छ । नयाँ नेतृत्व, नयाँ नीति र नयाँ कार्यक्रमको कारणले पनि दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन महत्वपूणर् बन्न पुगेको छ ।
४. चुनौतीको सामना :
आठौं अखिल भारत सम्मेलन सम्पन्न पारेको चार महिना मात्र बितेको थियो । चार महिनाको अन्तरालमा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन गर्नै पर्ने परिस्थिति आयो। भरखरै ठूलो आर्थिक सहयोग र लोमो समय खर्चेर अखिल भारत सम्मेलन सफल पारेका कार्यकर्ताहरूमा फेरी उस्तै सहयोग र समय लिएर क्षेत्रीय सम्मेलनमा जुट्नु पर्ने समय आयो । तुरुन्तै सम्मेलनको अभियान लिएर आम जनता संग पुग्ने र आर्थिक सहयोग लिन कठिन थियो तर पनि मूल प्रवाहका अविश्रम, आँटिला र अविचलित कार्यकर्ताहरू आँधीको वेगमा चुनौतीको सामना गर्दै सम्मेलन सफल बनाउन जुटे। यसर्थ यो सम्मेलनको सन्देश यो पनि हो कि हामी अनगिन्ती चुनौतीहरुको सामना गर्दै अगाडी बढ्न सक्छौ ।
५. फुटपरस्तहरूको पराजय :
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको सफलता नै फुटपरस्तहरुको पराजय हो किनकि सम्मेलन पूर्व नै अनुसासनविहिन, अराजक र फुटपरस्त तत्वहरुले मूल प्रवाहका कार्यकर्ता, सदस्य र शुभचिन्तकहरुमा फुटपरस्त गतिविधि बढाउदै आम जनतालाई दिग्भ्रमीत गराउन निकै ठूलो प्रयास गरिरहेका थिए । तर पनि अराजक फुटपरस्तहरुको संगठन विरोधी गतिविधिको सशक्त प्रतिकार गर्दै सम्मेलन सम्पन्न पार्यौ । सम्मेलनकै दिन सम्म पनि फुटपरस्त तत्वहरुले हाम्रो सम्मेलनमा आम जनताको उपस्थित कम गराउन हाम्रो विशाल सम्मेलनको विरुद्धमा भूसुनो सम्मेलनको नाटक बनाएर कारबाही कलाकारको प्रचार पनि बेसरी गरे । तर पनि मूल प्रवाहका कार्यकर्ताहरू र जनताहरु फुटपरस्तहरुको भ्रमलाई चिर्दै हजारौ हजार जनसमुदायहरू हाम्रो दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनमा उपस्थित भए । भव्य र सभ्य रुपमा सम्मेलन सम्पन्न बनायौं। फुटपरस्तहरुको सपना र षडयन्त्र चकनाचुर भयो । अर्थात फुटपरस्तहरुको पराजय भयो ।
निष्कर्षः
अन्तत- दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भयो। सौहार्दपुर्ण वातावरणमा सम्मेलन समापन, जुझारु नेतृत्व र अगाडी बढ्न मार्गदर्शन गरिरहेका नीति र कार्यक्रम, चुनौतीहरुको सामना गर्ने सक्ने कार्यकर्ताहरूको मनोबल र फुटपरस्तहरुको पराजय यो नै सम्मेलनको मर्म थियो । यिनै बिषयहरुको उजागर गरेर आम जनतामा सन्देश छर्नु सन्देश सभाले दिन खोजेको सन्देशहरु थिए ।