संशोधनवाद र नवसाम्राज्यवाद वर्तमान विश्वको प्रमुख समस्या बनेका छन्

मोनिका गार्टनर, संयोजक–क्रान्तिकारी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय संयोजन

क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय (आइसिओआर) का संयोजक मोनिका गार्टनर केही समयअघि नेपाल आउनुभएको थियो । नेपाल बसाइँका क्रममा हामीले गार्टनरसँग भेटेर विभिन्न विषयमा कुराकानी गरेका थियौँ । आइसिओआरको गतिविधि, विश्व कम्युनिस्ट आन्दोलनको अवस्था, नेपालको पछिल्लो अवस्थाप्रतिको मूल्याङ्कनलगायतका विभिन्न विषयमा जिज्ञासा राखेका थियौँ । प्रस्तुत छ, संयोजक गार्टनरसँग सुभास जिसीको सहयोगमा गरिएको कुराकानी :

० यहाँको नेपाल बसाइँ कस्तो रह्यो ?
– नेपालमा हामी एकदमै खुशी छौँ । भ्रमण एकदमै सफल भयो । अहिले छुट्टीका दिन थिए । यति सुन्दर देशमा बिदा मनाउने काम मात्रै नभएर सुन्दर मान्छेहरूसँग पनि भेटघाट भयो । मेरो नेपाल आगमन पाँचौँ पटक हो । नेपालमा तपाईहरूको न्यानो स्वागत र आतिथ्यताप्रति म आभारी छु ।

० यसअघि आउँदा र अहिले नेपालमा के कस्तो फरक पाउनुभयो ?
– नेपालमा भएको परिवर्तनदेखि म प्रभावित छु । त्यो परिवर्तन थुपै्र तहमा भएको छ । म यो भन्दा अघिल्लो पटक आउँदा यहाँ भारतको नाकाबन्दी थियो । त्यतिबेला भारत विरुद्व नेपालमा ठुलो जनमत पनि बनेको थियो र नाकाबन्दीले नेपालको जनजीवन धेरै नै प्रभावित बनेको थियो । अहिले नेपालमाथि भारतीय साम्राज्यवाद कमजोर भएको छ । हो, अहिले पनि भारतले नेपालका विरुद्व काम गर्न खोजेको छ । नयाँ बखेडा झिकेको छ । कालापानीलगायत क्षेत्र आफ्नो नक्सामा सामेल गरेको छ । नेपालका सबै दल भारतको बखेडा विरुद्व सङ्घर्षरत छन् । यहाँसम्म कि काङ्ग्रेस पनि लागिरहेको छ । यो ठुलो परिवर्त हो र नेपालका लागि महत्वपूर्ण कुरा हो ।

अर्को कुरा, यहाँ मानिसको जीवनस्तरमा पनि कैयौँ परिवर्तन भएको छ । जनताको जीवनस्तर माथि उठेको छ । पहिलेको भन्दा प्रत्यक्ष शोषण घटेर गएको छ । मैले महिलाको क्षेत्रमा पनि केही सुधार भएको देखेकी छु । नयाँ संविधानले महिला अधिकारको क्षेत्रमा धेरै कुरा समावेश गरेको छ । धेरै महिलाहरूले आफू आत्मनिर्भर बन्न खोजेको पाइयो । महिला हिंसाका विषय सार्वजनिक हुन थालेका छन् । भइरहेको छ । यो सकारात्मक हो ।

केही वर्ष अघिसम्म नेपालमा एनजिओको ठुलो प्रभाव थियो । अहिले त्यो हटेको छ तर सरकारमा सरेको छ । पहिला एनजिओले गर्ने काम अहिले सरकारले नै गर्न थालेको छ । यो गलत हो ।

अर्कातिर, नेपालीमा निम्न पुँजीवादी चिन्तन बढेको पाएकी छु । अहिले मध्यमवर्गीय परिवारमा स्वार्थीपना विकास भएको छ । उनीहरू आफ्नोबारेमा मात्र सोच्छन् । मेरो छोरो यस्तो होस्, उस्तो होस्, बाहिर गएर पढोस्, धेरै पैसा कमाओस् भन्ने भावना बढेको देखिन्छ । वास्तवमा यसको सट्टा हामी सबैका लागि यी कुरा हुन् भन्ने हुनुपथ्र्यो । सामूहिकताको भावना हुनुपर्ने थियो । तर निम्न पु“जीवादी चिन्तनका कारण सामूहिकताको भावना घटेर गएको छ ।

आइसिओआरको स्थापना कुन सन्दर्भमा कसरी भएको हो ?
– आइसिओआरको स्थापना २०१० अक्टोबर ६ मा भएको हो । यो धेरै नै आवश्यक थियो । थुप्रै देशका बिचमा गठबन्धन गरेर काम गर्नुपर्ने आवश्यकता थियो । सोभियत सङ्घको विघटनपछि विश्व कम्युनिस्ट आन्दोलनमा धेरै ठुलो तरलता थियो । विश्वमा सम्राज्यवादको खतरा अत्यन्त बढेर गएको थियो । त्यो बिचमा माक्र्सवादी–नेनिनवादीहरूको एउटा सम्मेलन भयो र त्यस्तो संस्थाको आवश्यकता महशुस भयो तर खोलिएन ।

आइकोर संसारभरका क्रान्तिकारीहरूको साझा सङ्गठन हो । आइकोर आपसी सहयोग र सहकार्य गर्ने व्यावहारिक संस्था हो । हामी सैद्वान्तिक कुराहरूमा छलफल गर्छौं र सहमति भएका विषयमा सहकार्य गरेर काम गर्छौँ । साम्राज्यवाद विरुद्ध विश्वप्यापी रूपमा सङ्घर्षलाई एकीकृत गर्ने काम हामीले गरेका छौँ । त्योसँगै हामीले समग्र वातवरणीय रक्षाको लागि पनि देशलाई सजग सचेत बनाउँदै वातावरण विनास विरुद्ध योजनाबद्ध रूपमा काम गर्छौँ ।

अहिले आइकोरमा सदस्यको सङ्ख्या बढिरेको छ । ४९ देशका ५८ वटा सङ्गठन यसका सदस्य छन् । अहिले पाँच वटा महादेशमा सङ्गठन छ ।

आइकोरको लक्ष्य अन्तर्राष्ट्रिय सामाजिक क्रान्ति हो । विश्व कम्युनिस्ट आन्दोलनको लक्ष्य प्राप्त गर्ने साझा सङ्गठन हो । सुरुमा आइकोर कोअर्डिनेसन समिति मात्रै हो । तर भविष्यमा कम्युनिस्ट अन्तर्राष्ट्रिय चाहिन्छ । विश्वभरिका कम्युनिस्टहरू अन्तर्राष्ट्रिय पार्टी हुने छन् । अहिलेका लागि हामीले राजनीतिक पार्टी र विचारधारा निर्माण गरिरहेका छौँ । अहिले हामीले कडा मिहिनेत गरिरहेका छौँ । बुर्जुवा साहित्य, निम्न पुँजीवादी चिन्तनको विरुद्वमा लडिरहनुपरेको छ । यो गाह्रो छ तर लड्नुपर्छ ।

अहिले विभिन्न देशहरूमा क्रान्तिकारी आन्दोलन अगाडि बढेको छ । अहिले राष्ट्रिय क्रान्ति बढेको छ । साम्राज्यवादी देशमा एउटै स्टेपमा समाजवादमा पुग्न सकिन्छ । जसरी साना साना खोलाहरू मिलेर विशाल नदी बन्छ, त्यसरी नै विश्वभरका देशमा रहेका क्रान्तिकारी पार्टी तथा सङ्गठनले एउटै कोअर्डिनेसन बनाएका छन् । त्यो हो– आइकोर ।

० अहिले विश्व कम्युनिस्ट आन्दोलनको मूल अन्तरविरोध के हो भन्ने लाग्छ ?
– अहिले साम्राज्यवादीहरूले संसारभर खतरा बढाइरहेका छन् । साम्राज्यवाद आफैमा खतरा र नराम्रो हो । यो आफैमा सङ्कटग्रस्त छ । आर्थिक, राजनीतिक, वातावरणीय हरेक रूपमा यो खतरा बनेर देखिएको छ । संसारभरका जनताको मुख्य अन्तरविरोध अहिले साम्राज्यवादसँग नै हो ।

साम्राज्यवादी देशका आपसी टकरावका कारण तेस्रो विश्वयुद्व वा अर्को युद्व हुन सक्ने सम्भावना पनि छ र अहिले नयाँ साम्राज्यवादी देश पनि उदाउँदै छन् । उनीहरूको बिचमा प्रतिष्पर्धा र अन्तरविरोध बढेको छ । यसरी नै साम्राज्यवाद अगाडि बढ्दै गयो भने प्रकृति, वातावरणमा धेरै कष्ट पु¥याउँछ । बेरोजगारी बढाउँछ । यो स्थितिमा हामीले हाम्रा देशमा मात्रै आन्दोलन अगाडि बढाएर पुग्दैन । त्यसैले विश्वप्यापी रूपमा क्रान्तिकारी सङ्गठन विश्वस्तरमै एकीकृत भएर सङ्घर्ष गर्नुपर्छ । त्यसैको परिणाम हो– आइकोर ।

हामीले यो ध्यान दिएका छौँ कि दुईवटा कुरालाई सँगसँगै अगाडि बढाउनुपर्ने हुन्छ । एक– राष्ट्रिय रूपमा सङ्गठन र वर्गसङ्घर्ष† दोस्रो– अन्तर्राष्ट्रिय सङ्घर्ष । त्यसकारण देशमा पार्टीलाई व्यवस्थित पार्ने र वर्गसङ्घर्ष अगाडि बढाउने कामसँगै अन्तर्राष्ट्रिय समन्वय र सङ्घर्षलाई पनि ध्यान दिएका छौँ ।

संसारको प्रमुख समस्या संशोधनवाद र नयाँ साम्राज्यवादी देश नै हुन् । यदि तपाईले नवसाम्राज्यवादी देशको विषयमा बुझन सक्नुभएन भने त्यसले भविष्यमा धेरै नै असर पु¥याउँछ । यो धेरै नै महत्वपूर्ण कुरा हो कि तपाईहरूको पार्टी नेकपा (मसाल) ले आफ्नो महाधिवेशनबाट भारतलाई साम्राज्यवादी देशको रूपमा घोषणा गरेको छ । अझ महत्वपूर्ण कुरा यो थियो कि यो विषयमा तपाईहरूले खुल्ला छलफल चलाउनुभयो । तपाईहरूले पहिला भारतलाई विस्तारवाद भन्नुभएको थियो । यो एउटा नीति मात्रै हो । भारतले आर्थिक र भौतिक रूपमा आफ्नो साम्राज्यवादलाई नेपालमा लादिरहेको छ । तपाईहरूले गरेको यो निर्णय विश्व कम्युनिस्ट आन्दोलनलाई नै महत्वपूर्ण पाठ हो ।

नवसाम्राज्यवादको विषय संसारभर नै छलफलको विषय हो । आइकोरले अहिले विश्वभर नै नवसाम्राज्यवादको रूपमा छलफल चलाइरहेको छ । नेकपा (मसाल) ले दिएको सुझाव आइकोरलाई महत्वपूर्ण हुन्छ ।

० तपाईहरू साम्राज्यवाद विरुद्ध विश्वभरि नै सङ्घर्ष गरिरहनुभएको छ । नेपालमाथि साम्राज्यवादी हस्तक्षेप कस्तो पाउनुभएको छ ?
मैले माथि पनि भनेँ कि नेपालमा भारतले आफ्नो साम्राज्यवादी उद्देश्य पूरा गर्न बेलाबेलामा कयौँं बखेडा झिक्ने गरेको छ । तर यहाँ भारत मात्रै होइन, अरू पनि साम्राज्यवादी देशहरूले चलखेल गरिरहेका छन् । उनीहरू नेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्न चाहन्छन् । अमेरिकाले नेपालमा आफ्नो साम्राज्यवादी उद्देश्य पूरा गर्न ठुलो मात्रामा रकम लगानी गरेको छ ।

हरेक साम्राज्यवाद देशको राष्ट्रिय सार्वभौमिकताका लागि खतरा हो । यो राम्रो होइन कि भारत पछाडि हट्छ र अमेरिका अगाडि बढ्छ । यहाँ चीन पनि छ । यो पनि साम्राज्यवादी देश हो । चीनले आफ्नो साम्राज्यवाद कायम गर्न नेपालीले चाहेअनुसार काम गरिरहेको छ । रेल, बाटो नेपालका लागि सही छ । नेपालीले पैसा तिर्नुपरेको छैन । तर यसको अर्थ यो होइन कि नेपाल चाइनामा निर्भर होस् । यदि यो चाइनाको साम्राज्यवादी पोलिसी हुँदैनथ्यो, यहाँ वातावरणीय प्रभावको पनि काम गर्नुपथ्र्यो । तर चीनले भौतिक काममा मात्रै ध्यान दिएको छ । त्यो पनि आफ्नै जनशक्ति ल्याएर र यदि चीनको नेपालमा समाजवादी नीति हुन्थ्यो भने उनीहरूले चिनियाँलाई लिएर भन्दा पनि नेपालीलाई सिकाएर काम गराउने थिए । त्यसका साथै भौतिक निर्माण मात्रै होइन, नेपालमा वातावरणीय प्रभाव कम गर्ने काम र सिप नेपालीलाई पनि दिने थिए । नेपालले यस्तो कुराबाट साम्राज्यवादी नीति कस्तो हुन्छ भन्ने बुझ्नुपर्छ । माओले भनेका छन्– यदि तिम्रो घरमा बाघ छ भने बाघसँग लडेर घरबाट निकाल्न त सक्छौ तर ब्वाँसो भित्र छिर्न सक्छ । त्यसकारण नेपालीहरूले चाइनाको बारेमा पनि सोच्नुपर्छ । जुनसुकै बहानामा आए पनि हरेक साम्राज्यवादले देशको सार्वभौमिकतामाथि आँच पु¥याउँछ । तसर्थ नेपाल सधैँ चनाखो रहनुपर्छ र आत्मनिर्भर बन्नुपर्छ ।

० विश्वभरि कम्युनिस्ट आन्दोलन कमजोर भइरहेका बेला नेपालमा भने हँसिया–हथौँडाको झण्डा बोक्नेहरूले नै बहुमतका साथ सत्ता चलाइरहेका छन् । यो घटनालाई यहाँले कसरी हेर्नुभएको छ ?
– अहिले विश्वभरि नै ध्रुवीकरण छ । विश्व दक्षिणपन्थतिर ढल्किरहेको छ । यो ध्रुवीकरणबाट विश्वभरका धेरै मुलुक प्रभावित छन् । विश्वभर उनीहरूको बहुमत छ । तर नेपालमा कम्युनिस्टलाई जनताले साथ दिएका छन् । यस्तो विश्वभर कहिँ पनि छैन, जहाँ कम्युनिस्ट भनिएकालाई भोट गरेर सत्तामा पु¥याइएको होस् । तर मलाई लाग्दैन कि नेपाली जनताले अहिलेको सत्तारूढ दललाई राम्रोसँग चिनेर भोट दिएका हुन्, बरु नेपालमा सत्ता चलाइरहेको दल नेकपा दक्षिणपन्थी पार्टी हो । उनीहरूले आफूलाई कम्युनिस्ट भनेकाले नै जनताले भोट दिएका हुन् । कम्युनिस्ट नाम भएकै कारणले यो सरकारमाथि दक्षिणपन्थीहरूले हमला गर्छन् । हामीले हमलाको सामना गर्नुपर्छ र जनतालाई यिनीहरू समाजवादी होइनन् भन्ने बुझाउनुपर्छ । यो विश्व दृष्टिकोण हो । सही कम्युनिस्ट पार्टीले जनतालाई प्रशिक्षण दिनुपर्छ ।

हामीले जनताको स्तरमा यो बुझाउन पनि चुनावमा भाग लिनुपर्छ र जनतालाई बुझाउनुपर्छ । हामीले त्यसो गरेनौँ भने जनतामा सही कम्युनिस्ट को हो भन्ने भ्रम पर्छ । यिनै दक्षिणपन्थीहरूलाई जनताले कम्युनिस्ट ठानिरहे भने यिनीहरूकै व्यवहारका कारण हामी कम्युनिस्ट चाहन्नौँ भन्न सक्छन् ।

तपाईलाई उदाहरण दिऊँ । पूर्वी जर्मन (जर्मन गणतन्त्र) मा तत्कालीन रुलिङ पार्टीले आफूलाई समाजवादी बताउँथ्यो । तर उनीहरू वास्तविक समाजवादी नभएका कारण कम्युनिस्ट आचरण देखाउन सक्ने कुरा भएन र देखाउन सकेनन् । अनि जनताले यस्तो समाजवाद चाहन्नौँ भनेर सङ्घर्ष गरे । उनीहरूकै कारण जनतालाई कम्युनिस्ट आचरण बुझाउन हामीलाई ३०÷४० वर्ष लाग्यो । त्यसकारण हामीले जनतालाई के समाजवाद हो र होइन भन्ने कुरा सूचित गराइरहनुपर्छ र हामीले प्रशिक्षण दिइरहनुपर्छ ।

० अहिले जलवायु परिवर्तनको समस्या विश्वव्यापी रूपमा बढिरहेको छ । यसको असरलाई कम गर्न यहाँहरूका योजना के छन् ?
– आइकोरले यसलाई खालि जलवायु परिवर्तन मात्रै भनेको छैन, यसमा धेरै वातावरणीय समस्या छन् । समुद्रमा विषको मात्रा बढेको छ । ओजोनको तह घटेको छ । वनजङ्गल बिनास वढेको छ । त्यसकारण हामीले जलवायु परिवर्तनभन्दा पनि वातावरणीय समस्याको बारेमा छलफल गर्नुपर्छ । मैले वातावरणमा ठुलो समस्या देखिरहेको छु । वातावरण रक्षाका लागि सरकार र दलहरूले खासै राम्रो भूमिका खेल्न सकेका छैनन् । ट्राफिक चाप, हावा, पानी प्रदुषित हुने समस्यालगायत थुप्रै वातावरणीय समस्या बढेर गएका छन् । हाम्रो सुन्दर भविष्यका लागि यी सबै कुरा महत्वपूर्ण हुन् ।

आइकोरको तेस्रो महाधिवेशनमा हामीले हामी संलग्न राष्ट्रले वातावरणीय समस्यालाई आन्दोलनका रूपमा लैजान नसकेकोमा आत्मालोचना गरेका थियौँ । केही समयअघि आइकोरले वातावरणको सन्दर्भमा एउटा ठुलो कार्यक्रम गरेको थियो । त्यो कार्यक्रममा सबै सदस्य राष्ट्रहरू सहभागी थिए । हामीले वातावरणीय समस्या समाधान गर्ने मात्रै नभएर वातावरणको संरक्षण र संबद्र्वन गर्ने सन्दर्भमा त्यसवाट निस्कन सक्ने अन्य समस्या, जस्तो– बेरोजगारीलगायतका विषयमा छलफल गरेका थियौँ । अहिले विश्वभर चलिरहेको ‘फ्राइडे फर फ्युचर’ (भविष्यका लागि शुक्रबार) भन्ने युवा विद्यार्थीको आन्दोलनलाई समर्थन गरेका छौँ । त्यस दिन उनीहरू स्कुल जाँदैनन् र वातावरण संरक्षणका लागि रोडमा प्रदर्शन गर्छन् । आइकोरका सबै सदस्य राष्ट्रले वातावरणको संरक्षणमा मात्र गर्नुपर्छ । समाजवाद स्थापानाका लागि पनि राम्रो वातावरण चाहिन्छ ।

० जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी) को अवस्था कस्तो छ, हामी जान्न सक्छौ“ ?
– साम्राज्यवादी देशमा माक्र्सवादी पार्टी चलाउनु धेरै नै कठिन कार्य हो । एमएलपिडीले समाजमा नयाँ भूमिकाका साथ काम गरेको छ । हामीले त्यहाँ ठुला ठुला काम गर्छौं तर मिडियाले सपोर्ट गर्दैनन् । हामीले झण्डै ५० वर्षयता निकै काम गरिरहेका छौँ र देशव्यापी रूपमा पार्टीको कुनै न कुनै प्रभाव छ । ठुला शहर र महत्वपूर्ण उद्योगमा पनि सङ्गठन बनाएका छौँ । त्यहाँका बुर्जुवाले कम्युनिस्ट विरोधी गतिविधि गर्छन् । प्रतिक्रियावादीले गरेको हर्कतका कारण पनि जनताले हामीलाई बुझ्न थालेका छन् । एमएलपिडीले संसारका ८०० वटा पार्टी र संस्थासँग सम्पर्क राखेको छ । यो समयमा एमएलपिडीले महत्वपूर्ण सैद्वान्तिक कुरामा पनि आफूलाई अगाडि बढाइरहेको छ र युवा लक्षित कार्यक्रम पनि अगाडि बढाइरहेको छ । १९६८ मा जर्मनीमा आफूलाई कम्युनिस्ट दाबी गर्ने १६० वटा सङ्गठन तथा पार्टी थिए । अहिले एउटै मात्र छ ।

० अन्तमा केही छ कि ?
– म तपाईहरूको पार्टीबाट एकदमै प्रभावित छु । म आशा गर्दछु कि हामी झन्पछि झन् नजिक रहेर काम गर्ने छौँ । नेकपा (मसाल) आइकोरमा अझै धेरै सक्रिय रहने छ । आईकोरलाई प्राथमिकता दिने छ र प्रतिक्रिया दिइरहने छ । अन्तर्राष्ट्रिय मुक्ति आन्दोलनको दिवसमा सहभागी हुने छ, जसका कारण विश्वले नै मसालका अन्तर्राष्ट्रिय कामबाट जानकारी लिने छ ।

मसालका सबै नेता÷कार्यकर्ताहरूलाई सफल जीवनको शुभकामना । साथै तपाईको प्रिन्ट मिडिया र अनलाइन ‘युगदर्शन’ लाई पनि शुभकामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार