
26, नोवेम्बर 2025, पुना, महाराष्ट्र
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समिति अन्तरगत खराडी एरिया समितिको भेला सम्पन्न भएको छ । भेलामा मध्य पश्चिम भारत क्षेत्रीय समितिका खेमराज राउतको प्रमुख आतिथ्यता एवं क्षेत्रीय सदस्य धन बहादुर बिकको आतिथ्यता रहेको थियो ।
भेलामा झगेन्द्र बिश्वकर्माकोे अध्यक्षतामा 11 सदस्यीय खराडी एरिया समितिको पूनर्गठन गरिएको छ । जसमा सचिव शंकर सिंह, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरूमा समिर सिंह, कृष्ण ज बिश्वकर्मा, लोकेन्द्र बिश्वकर्मा, नरेन्द्र बिश्वकर्मा, बैकल्पीक सदस्यमा नेत्र मलासी, नरेन्द्र बिश्वकर्मा सल्लाहकारमा गगन सिंह भूल र समिर सिंह (बी) रहनु भएको छ ।
भेलाको अध्यक्षता दिपक कार्की र संचालन तेज बिकले गर्नु भएको थियो ।
















