मूल प्रवाहका केन्द्रीय सदस्य केशमान नेपालीको निधन

बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्ती सतिबास निवासी नेपाली ६७ वर्षको हुनुहुन्थ्यो ।

उहाँको परिवारमा श्रीमती र तीन छोरीहरू रहेका छन् ।

मूल प्रवाहको चेन्नै पश्चिम नगर समितिको सदस्यसमेत रहनुभएका नेपालीको चेन्नैमा नै दाहसंस्कार गर्ने योजना रहेको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबिच, मूल प्रवाहको केन्द्रीय समितिले शोकवक्तव्य जारी गर्दै स्मृतिशेष नेपालीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

केन्द्रीय अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८२ कात्तिक २८ गते तदनुसार नोभेम्बर १४, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको हो ।

सक्रिय र अनुशासिक कार्यकर्ता रहनुभएका नेपालीको निधनबाट समाजलाई अपूरणीय क्षति पुगेको उक्त वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार