मुक्त कमैयाको उचित व्यवस्थापन गर !

अखिल नेपाल जनजाति सम्मेलनको अपिल

आदरणीय न्यायप्रेमी जनसमुदाय,

अखिल नेपाल जनजाति सम्मेलनले माघ ५ देखि १२ गतेसम्म “मुक्त कमैयाको उचित व्यवस्थापन गर ¤” भन्ने नारासहित ‘कञ्चनपुर–दाङ अभियान’ सञ्चालन गर्दै छ । उक्त कार्यक्रममा सहयोग, समर्थन र सहभागिताका लागि हामीले सम्पूर्ण न्याप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूसित हार्दिक अपिल गर्दछौँ ।

माघ ५ गते कञ्चनपुर, माघ ६ गते कैलाली, माघ ८ गते बर्दिया, माघ ९ गते बाँके र माघ १२ गते दाङमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने छ र सोही मितिमा जिल्ला सदरमुकाममा अन्तक्र्रिया कार्यक्रम गरिने छ । त्यसबाहेक खाली समयमा मुक्त कमैयाका बस्तीमा भेटघाट, छलफल, पर्चा वितरण, सदस्यता वितरणलगायतका साङ्गठनिक काम गरिने छ ।

अखिल नेपाल जनजाति सम्मेलन सम्पूर्ण शोषित–पीडित जनजातिहरूको साझा सङ्गठन हो । यसले आफ्नो स्थापना कालदेखि नै राष्ट्रियता, जनतन्त्र र जनजाति अधिकारको पक्षमा सङ्घर्ष गर्दै आएको छ । यस सङ्गठनले कमैया मुक्तिको पक्षमा आवाज उठाउँदै आएको इतिहास छ । अधिकांश कमैया थारू समुदायका थिए । कमैयाको समस्या जातीय समस्या हो तर मूल रूपमा वर्गीय समस्या नै हो । जातीय र वर्गीय दुवै दृष्टिकोणबाट कमैयाको समस्या समाधान गरिनुपर्दछ ।

२०५७ साउन २ गते नेपालमा सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो । कमैया मुक्तिको घोषणा गरेको १९ वर्ष पूरा भइसक्दा पनि मुक्त कमैयाको पुनस्र्थापना गर्ने कार्य पूरा भइसकेको छैनरु। अघोषित रूपमा कमैयालाई जस्तै शोषण गर्ने कार्य समाजमा बाँकी नै छ । मुक्त कमैयालाई राज्यले उपलब्ध गराएका सुविधा प्राप्त गर्न नपाउने, उपलब्ध गराइएको थोरै जमिन पनि लालपुर्जा नपाउनेलगायतका समस्याहरू मुक्त कमैयाले झेल्दै आइरहेका छन् । मुक्त कमैया कैयौँले कृषि पेशा छाडेर स्वदेश वा विदेशको मजदुरीतर्फ लागेका छन् । त्यसमा पनि धेरैजसो निर्माण मजुदर बनेका छन् । मुक्त कमैयाको सिप र क्षमताको विकास गर्दै उनीहरूलाई व्यावसायिक क्षेत्रमा लाग्ने र आत्मनिर्भर बनाउनेतर्फ पर्याप्त ध्यान पुग्न सकेको छैन । मुक्त कमैया धेरैजसो थारू समुदायको भएकाले उनीहरूको परम्परागत भाषा, संस्कृतिको संरक्षण गर्न जरुरी छ । मुक्त कमैयाका छोराछोरीलाई शिक्षा, रोजगारी र समाजको अवसरमा विशेष सुविधा उपलब्ध गराउने कार्य हुन सकिरहेको छैन । थारू समुदायमा रहेको बालविवाहलगायतका संस्कृतिले मुक्त कमैयालाई छाड्न सकेको छैन । स्वयम्लाई पछाडि पार्ने संस्कृति, रहनसहन त्याग्ने र स्वावलम्बी संस्कृतिको विकास गर्नेतिर ध्यान दिन जरुरी छ । मुक्त कमैया मूल रूपमा किसान–मजदुर भएकाले उनीहरूको आधारभूत समस्या मजदुर र किसानको समस्यासँगसँगै हल हुन सम्भव हुन्छ ।

अखिल नेपाल जनजाति सम्मेलनले विगतमा सञ्चालन गरेका विभिन्न कार्यक्रम आम जनताको माया–ममता र सहयोगबाट सफल भएका थिए । मुक्त कमैयाको समस्यालाई लिएर यसपटक सञ्चालन गरिने “कञ्चनपुर–दाङ अभियान” लाई पनि यहाँहरूबाट यथासम्भव सहयोग, समर्थन र ऐक्यबद्धता प्राप्त हुने छ भन्ने हामीलाई पूरा विश्वास छ ।

२०७६ माघ १ गते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार