भारतमा अलपत्र नेपालीहरुको आवाज संसदमा पनि गुंजियो (अडियो सहित)

काठमाडौं । भारतका विभिन्न राज्यहरुमा अलपत्र र वेखर्चि अवस्थामा पुगेका नेपालीहरुको आवाज आज नेपालको संसदमा समेत गुंजिएको छ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले शुक्रबार सुरु भएको संसदको बजेट अधिवेशमा आफ्नो धारणा राख्दै अलपत्र र वेखर्चि भइ वेसहारा भएकाहरुलाई तुरुन्तै स्वदेश भित्र्याउनु पर्ने धारणा राख्नु भएको थियो ।

“ यस प्रकारले अहिले बेखर्चि अत्यन्त दयनीय रहेका भारतस्थित २५ हजार करिब नेपालीहरुको डाटा फोन नम्बर र नाम सहित मसँग पनि आएको छ ।” उनीहरुलाई स्वदेश फर्काउन सरकारसँग माग गर्दै पौडेलले भन्नु भएको छ– “सीमा क्षेत्रमा क्वारेन्टिनमा रहेकाहरुलाई पनि सुरक्षित रुपमा नेपाल फर्काउनु पर्छ ।”

त्यस्तै सांसदन पौडेलले उत्तराखण्डको हल्द्वानीस्थित क्वारेन्टिनबाट १७ नेपालीलाई निकालिएको र उत्तरप्रदेशस्थित पलियामा रहेको क्वारेन्टिनमा एक छाक मात्रै खान दिने गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणसंगै भारतमा लगाइएको लकडाउनले कैयौं श्रमिकहरुले रोजगार गुमाएका छन् । खास गरि असंठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको अवस्था दयनिय बन्दै गएको छ ।

सम्मानीय सभामुख महोदय,

कोरोना भाइरसले विश्व व्यापी रुप मै महामारीको रुप लिंदै गइरहेको परिप्रेक्षमा, अहिले विश्व नै त्रसित भइरहेको अवस्थामा, वास्तवमा मैले दुईवटा प्रतिनिधि मुलक घटनालाई यहाँ भन्न चाहन्छु । भारतको उत्तराखण्डको हल्द्वानीमा त्यहाँको कोरेन्टाइनमा बसेका १७ जना नेपालीहरुलाई अब तिमिहरुलाई खान दिन सक्दैनौं भनेर निकालिदिए र त्यो रुवासी उनीहरुको त्यहाँ छ भने, फेरि २०० जना कैलालीको पलिया भन्ने ठाउँको कोरेन्टाइनमा बसेकालाई एक हप्तासम्म १ छाकको दरले खान दिए र अब हामी तिमीहरुलाई खुवाउन सक्दैनौं भनेर सुचना पनि निकाली दिएको अवस्था छ । यो प्रतिनिधि मुलक मैले यी घटनाहरुलाई भने । जसले गर्दा खेरी आज नेपालीहरुको अवस्था धेरै दयनीय बन्दै गएको छ ।

जो बेखर्चि छन्, जो अत्यन्त दयनीय अवस्थामा छन् उनीहरुको डाटा सरकारले कलेक्शन गरेर कम्तीमा पनि तत्काल तिनीहरुलाई आफ्नो देशमा ल्याएर व्यवस्थापन गर्नको निम्ती मैले सम्माननीय सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले विदेशस्थित नेपालीहरुलाई प्रार्थमिकताको आधारमा स्वदेश फर्काउने जुन घोषणा गर्यो त्यो स्वागत योग्य कुरा हो । तर त्यसमा मैले भारतको कुरा समेटेको कुरा भेट्टाइन । भारतमा झन् भन्ने हो भने खुला सिमाना भएको देश, अहिल सीमानाको कोरेन्टाइनमा बसेका धेरै नेपालीहरुको विचल्ली देखिएको अवस्था छ । त्यतिखेर दुई हजार मानिसहरु मात्रै सिमाना थिए, जसलाई सरकारले चाहेको भए राम्रो तरिकाले नेपाल तिरैको कोरेन्टाइनमा राखेर व्यवस्थापन गर्न सक्दथ्यो । त्यो गम्भीर प्रकारको, त्यो एकदम ढिलो पनि भयो र असम्बेदनशील निर्णय भयो त्यो विषयमा । पछि उनीहरुलाई ल्याउने निर्णय ग¥यो तर धेरै ढिलो ग¥यो ।

यस प्रकारले अहिले बेखर्चि अत्यन्त दयनीय रहेका भारतस्थित २५ हजार करिब नेपालीहरुको डाटा फोन नम्बर र नाम सहित मसँग पनि आएको छ । मैले के भन्न चाहेको छु भने, सम्माननीय सभामुख महोदय मार्फत सरकारलाई, कि त्यो डाटा त्यहाँको क्रियाशिल संघ संस्था र भारतस्थित नेपाली दूतावाससँग को–अर्डिनेशन गरेर प्राथमिताको आधारमा ति वेखर्चि नेपालीहरुलाई स्वदेश ल्याएर उनीहरुको व्यवस्थापन गरियोस् । कोरेन्टाइनमा राखियोस् र उनीहरुको तत्काल त्यो कोरेन्टाइनमा राखेर उपचार गर्ने व्यवस्थापन एउटा रह्यो भने त्यो दिर्घकालिन रुपमा त्यो समाधानको रुपमा हुन सक्दैन । यो विश्व नै अहिले जटिल परिस्थितिमा छ, यो अवस्थामा हामीले तत्कालिन रुपमा त्यो समस्यालाई समाधान गर्नु पर्दछ । त्यसको निम्ती सरकारको गम्भिर ध्यानाकर्षण गराउन पनि चाहन्छु ।

यो संगसँगै के भन्न चाहन्छु भने दृर्घकालिन रुपमा विश्वभरिबाट नेपालीहरु वेखर्चि भएर अस्थायी रुपमा जागिर गर्नेहरु धेरै फर्किने छन् । तिनीहरुलाई हामीले ल्याएर यहाँको कोरेन्टाइनमा राखेर मात्रै समास्या समाधान हुन सक्दैन । कोरेन्टाइनमा राख्ने तत्कालिन समस्या समाधानको पाटो हो सभामुख महोदय । तर दिर्घकालिन रुपमा उनीहरुलाई भोली आउने भोकमरीको समस्याबाट बच्नको निम्ती पनि उनीहरुलाई समय मै हामीले श्रमसँग जोड्नु जरुरी छ । उनीहरुलाई उत्पादनको क्षेत्रमा लैजानको जरुरी छ । आज कृर्षिको क्षेत्रमा जोडन जरुरी छ, आज बाझा पल्टेका खेतहरुलाई कम्तीमा पनि प्याकेज बनाएर सरकारले ल्याउन सक्यो भने उनीहरुलाई श्रमसँग जोडेर, कृर्षिसँग जोडेर, काम दिएर भोली विहान त्यो भोकमरीको कहाली लाग्दो स्थितिबाट केही हदसम्म भएपनि जोगाउन सकिन्छ सभामुख महोदय ।

यो स्थितिलाई मध्य नजर गर्दै अगाडि लैजादाखेरी अहिले पनि स्वास्थ्य क्षेत्रमा कहाली लाग्दो अवस्था छ । किट नपुगेर धेरै ठाउँबाट फोन पनि आइरहेको छ, सभामुख महोदय ।

उनीहरुलाई कम्तीमा रोग लागेको छ कि छैन, जाँचबुझ गर्न सक्ने अवस्था पनि देखिंदैन । स्वास्थ्य उपकरणहरु पनि धेरै ठाउँमा अभाव भइसकेको छ । त्यसैले त्यो पूर्ति गर्नको निम्ती पनि तत्काल सरकारले कदम चाल्न पर्ने जरुरी छ सभामुख महोदय ।

त्योसँगसँगै हामीले अहिलेको अवस्थामा पिसिआरद्वारा नै हामीले जनताको त्यो प्रकारको निरिक्षण गर्न सकेनौं भनेदेखि भोली विहान दुइचार जनालाई मात्रै हामीले निरिक्षण गरेमात्र पुग्दैन । यो फैलियो भने महामारीको रुप लिन्छ । लकडाउन अलिहेको निम्ती आवश्यक हो र सरकारले गरेको कुरा पनि हो । किन भने वाध्यात्मक अवस्था थियो, अर्को उपाय पनि थिएन । तर लकडाउनले मात्रै हाम्रो समस्या समाधान हुन सक्दैन । त्यसका पछिका कहालि लाग्दो समस्या छ । राशन, हामीले दिने राहात पनि कहिलेसम्म, कहाँसम्म, कसरी पु¥याउने त्यो स्थितिलाई पनि मध्यनजर गर्दै अबको आवश्यकतालाई त्यो चिजलाई पनि सरकार अगाडि बढ्नु पर्ने जरुरी देख्दछु ।

सभामुख महोदय, तत्कालिन रुपमा स्वास्थ्य उपकरणमा भएको भ्रष्टाचार, राहात वितरणमा भएको भ्रष्टाचार, यी चिजलाई कडाईपूर्वक त्यो भ्रष्टाचारको छानविन गरि सम्बन्धित दोषिलाई कार्यवाहीको कटघेरामा उभ्याउनु पर्छ । यस्तो स्थितिमा स्वास्थ्य उपकरण, राहत जस्तो कार्यमा भ्रष्टाचार गर्दछ भने उसले के गर्दैन होला ? त्यसैले दोषीहरुलाई तत्काल कटघेरामा उभ्याइयोस् । उसलाई कडाभन्दा कडा कारवाही गरियोस् र त्यो जनता समक्ष एक रुपले समाचार सम्प्रेषण पनि गरियोस् । अहिलेको समाचार सम्प्रेषणमा पनि एकरुपता चाहिएको छ ।

कोरोनासँग जुध्नको निम्ती देशमा पनि सबै दलहरु, सबै पार्टीहरु, सबै संघ संस्थाहरुलाई, नेपाली जनतालाई सरकारले आव्हान गरेर यो कोरोना भाइरसको संकटबाट निक्लिनको निम्ती एकमना एकता भएर जानको निम्ती हरेक प्रकारका जनताबाट आउने सहयोग, सरकारबाट हुने सहयोग एक प्रकारले साङला बाधेर अगाडि गयौं भने हामीले यो भयानक संक्रमण कोरोनाबाट पनि मुक्त हुनको निम्ती सहज बाटो अबलम्बन गर्न सक्नेछौं । भन्दै मेरा भनाई यहिं अन्त्य गर्न चाहन्छु धन्यवाद ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार