लाहुरेको कथा

  • सुरेशकुमार पाण्डे

“सरकारले भारतस्थित नेपालीहरुलाई मात्र लाहुरेको रुपमा बुझेको छ । कोरोनाको कारणले बिदेशमा हाम्रो शन्तान कुन अबस्थामा होलान् भनेर उद्धार गर्नु भन्दा पनि यो लाहुरे मरेमर्छन्, बाँचे बाँच्छन भन्ने उदेश्यले कामगरेको ब्यबहारले देखायो । कति महाकालीमा हाम्फाले, कति भोकले मरे सरकारलाई केहि सार छैन ।” भन्दै मणिले रिस पोख्छ । भारतमा बसेका मजदुरलाई त मात्र चुनावको बेला शंझिन्छ सरकारले भन्दै बिरेले पनि मणिको बिचारमा समर्थन दिन्छ ।

भारतमा पनि ता उस्तै छौँ हामी काम गर्दासम्म खाने, पैसा जोगाएर पनि न राख्ने सरकारले पनि केगरोस् ? लुम्बाले उनीहरुको बिचारलाई क्रस गर्छ ।

एक पटकको कुरा सुनाम ? हुन त मणि जीलाई पनि थाहा छ, भन्दै लुम्बाले इजाजत माग्छ । सुना–सुना बिरेले समर्थन दिन्छ । त्यो क्या प्रेमको कथा सुनाउँनुस् मणिजी हजूरले मलाई भन्दा हजूरलाई प्रष्ट आउँछ । भन्दै लुम्बाले मणि तिर हेर्छ ।

हस । भन्दै मणिले कथा सुनाउँन थाल्छ : अँ त्यो अक्टुवर महिनाको अन्तिम तीरको कुरा हो, भर्खर चिसोले रफ्तार छोपेको थियो । मणिले भन्दै जान्छ म र केहि सामाजिक साथिहरु सामन्य अस्पत्ताल पुग्छौं । अस्पत्तालमा दश नबज्दै चहल–पहल निकै हुन्छ, त्यो सरकारी होस्पिटल भएर होला, भिडनै थियो । दाई यता आउँनुस ! एउटी महिलाले हामीहरुलाई बोलाउँदै गेटको बाँया साईड तिर जान ईसारा गरिन्, हामी उनको आवाज सुनेर ठिङ्ग उभियौँ । उनीपनि हामी उभिएको देखेपछि नजिक आइन् । उनले त्यो अस्पत्तालमा त्यो बेला नर्सको काम गर्थिन्, उनले त्यहाँ अस्पत्तालभित्र आफुले सक्ने जति काम नेपाली श्रमजिविहरुको लागि बेहिचकिच भागदौड गरेर सहयोग पुराउँ थिन् । अस्पतालमा भएको औषधि पनि उनले दिलाई दिन्थिन् । नेपालीहरुको लागि उनी सदै सहयोगि बन्ने प्रयत्न गर्थिन् । यस्तो एकप्रकारले उनको स्वाभाव नै बनेको थियो ।

तर उनी आसाम भारत कि नै हुँन नेपाल मूल कि भएर होला नेपाली समाजलाई मायाँ गर्थिन् । हुन त उनको श्रीमानको मृत्यु पछि उनलाई त्यो ठाउँमा नोकरी लगाउँन समाजका साथिहरुले दिन रात भनेन, केस गरेर उनलाई उनको श्रीमानको ठाउँमा नोकरी लगाईदिएका थिए ।

उनले हामीलाई लिएर त्यो नजिकको वार्डमा जान्छिन् त्यहाँ एउटा बैडमा प्रेमको शव मात्रै थियो अरु कोहि पनि थिएनन् ।

प्रेम नामक ब्यक्तिलाई केहि दिन पहिले यो अस्पत्तालमा भर्ति गराएका थिए । उसलाई साथिहरुले चन्दा कटाएर उपचार गर्दै थिए तर उपचार कै द्वौरानमा आज बिहानै उसको मृत्यु भएकोले फोन गरेर उनै महिलाले बोलाएकि थिईन् ।

प्रेम एउटा बलियो ज्युडाल भएको ब्यक्ति हो, उसलाई धेरैले नामले भन्दा लाहुरे भनेरै बोलाउँथे, उ कैयौँ बर्षदेखि भारतमा बस्यो र यतै जिन्दगी बितायो । उसको घरपरिवार कहाँ थिए, छन् कि छैनन् त्यो भने कसैलाई थाहा हुन सकेन । कहिले कुना ठाउँ कहिले कुन ठाउँमा मजदुरी गर्ने, गय्रो हात पाखुरा चल्दासम्म कमायौ, अनि खायो । उस्ले जाँड रक्सि तास केहि छाडेन । एक प्रकारको लडाकु स्वभाबको मान्छे थियो । लामा–लामा जुँघा पालेर, घरि तिखा पार्दै, छाति चौडा पारेर हिँड्ने गथ्र्यो ।

तो हामी बस्ने शहरमा कतैबाट केहि बर्ष पहिले आयो र त्यहाँ बिहे लगायतका पार्टिहरुमा भान्सा पकाउँने काम र बेटरको काम पनि गर्यो ।

आफ्नो घर झापा बाहेक अरु भन्दैन थ्यो । साहेद भन्न चाहन्थ्यो वा सानैमा भारतमा आएपछि बिर्षियो । त्यसबारे कैयौँ पटक सोधपुछ गर्दा पनि भनेन । यो शहरमा पटक पटक उसलाई सोधपुछ गर्ने गर्दा उ चुपचाप पञ्जाबको बरेटा भन्ने ठाउँ पुग्यो र त्यहाँ एउटा परिवारवालासँग नजिकै क्वाटर लिएर बस्ने उनीसँगै बेटरमा काम गर्न थालेछ । उसले केहि महिना त्यहाँ बितायो, त्यहिद्वौरानमा उ बिमार परेछ र साथिहरुले आपसमै आफ्नै पाराले चन्दा काटेर उपचार गर्न थालेछन् । त्यो धेरै बिमारी भएपछि हामी बस्ने शहरको सिबिल अस्पत्तालमा ल्याएर भर्ना गरे पछि एकदिन त्यहाँका साथिहरुले यसलाई हेरदेख गर्नु बैनी हामी भोली पैसालिएर आउँछम् भनेर अस्पतालमा ति महिलाको जिम्मा लगाएर गए तर फर्केर आएनन् ।

त्यो हाम्रो समाजले थाहा पाएपछि रेखदेख गर्न थाल्यो तर दुई दिन पछि त्यो मर्यो । त्यहाँ लामो समयसम्म उनीहरुले आफ्नै पाराले हेरदेख गरे हामीलाई भनेनन् जब ठुलो संकट पर्यो त्यसपछि भने तर उपचारकै दौरानमा उसको निधन भयो । आज उनै महिलाले फोनमा जानकारी गराएपछि हामी पुगेका थियौँ ।

अनि नेपाल पठाउँनु भयो त ? बिरेले मणिको कुरा बिचैमा काट्छ । पुरा कुरात सुन यार ! सुब्बाले बिरेलाई चुप गराउँछ ।

कहाँ नेपाल लग्ने नि ? मणिले अगाडि भन्न थाल्छ– त्यो लाहुरेको त घरै थाहा छैन, अनि कता लाने ? मणिले प्रति प्रश्न गर्छ, सबै मौन हुन्छन् ।

सामाजिक सथिहरुले समय समयमा देखरेख गरि रहेका थिए र उसको ठेगाना पत्ता लगाउँन ठुलो प्रयास गरे तर हात लागेन । मणिले एकछिनको मौनतालाई तोड्दै अगाडि फेरी सुनाउँन सुरु गर्छ । प्रेमको निधन २७ अक्टुबर २००१ मा भयो, हुँनता यो सानो शहर थियो तर यहाँ प्रया घटनाहरु धेरै घट्थे, पञ्जाब र हरियाणाको सीमाना पर्ने हुँदा हरियाणा र पञ्जाबमा बरेटा, मानसा, जाखल, लहिरा गागा, लोगोवाल, बठिन्डासम्मका घटनाहरुको घटनाबाट पनि यो शहर अछुतो थिएन ।

के तिनि शहरहरुमा संगठन थिएन र ? बिरेले प्रश्न तेर्छाउँछ ।

थिएनी संगठन भएर त घटनाहरु ओक्लिन्छन् । संगठन नभएको ठाउँमा कयौँ घटनाहरु त देखिदैनन् तर घटनाहरु त हुन्छन् नि । लुम्बाले बिरेको कुरा बिचैमा काटेर भन्छ । भन्नुस हजुरले लुम्बाले फेरी कथा सुनाउँन अनुरोध गर्छ ।

सबै साथिहरु जुटे, मणिले कथा सुरु गर्छ– उसका आफन्तिहरु कोही थिएनन् कतै अत्तोपत्तो नै थिएन । यस्ता केसहरु पहिला होईनन् । पहिले पहिले ता यस्ता अन्गिति घटनाहरु घट्थे । नेपालीहरु घरबाट लाहुर जान भनि हिँड्ने, अनि भारत मै अलपत्र परेर घरै नजाने कहिले कुन कहिले कुन शहरमा भौतारी ने यस्तैता थियो अबस्था । बाँच्दासम्म मजदुरी गरेर खान्छन्, पछिको सोँचेर जम्मा हुँदैन, अन्तिममा उनीहरुको यस्तो अबस्था हुन्छ “उनीहरु जुटेका साथिहरुसँग यस्तै कुरा सम्झाउँदै आफ्नो झोलाबाट लेटर प्याड निकालेँ, अनि सबैको नाम लेखेर चन्दा दिन भने सबैले चन्दा काटेर उसको अन्तिम सँस्कार नजिकैको संसानघाटमा लगेर गर्यो । कसैलाई थाहा थियो, मात्र एउटा लाहुरे लाबारिस जसलाई नेपालीको नाताले नेपालीहरु वारिस बनेर अन्तिम बिदाई गरेका थियौँ ।
ओहो धेरै मार्मिक कथा अहिले त्यस्ता नेपालीहरुको कुन हाल होला ? बिरेले फेरी प्रश्न गर्छ ।

भोकै मर्ने अबस्था नआएको होला भन्न सकिदैन जहाँ समाज छ त्यहाँ ता साहेद समाजले जोगाउँलान् । जहाँ असंठित नेपाली कामदारहरु छन् र केहि धनको जुगाड छैन भने कसरी बाँच्न सक्छन् ?

उनीहरुलाई कोरोनाले होईन भोकले खान नपाएर मर्ने देखिन्छ ।

होइन । नेपालको सरकारले किन लाहुरेहरुलाई नहेरेको होला ? लुम्बाले प्रश्न गर्छ । त्यस्ता घर नै थाहा नभएकालाई सरकारले कसरी हेर्ने त ? बिरेलेप्रति प्रश्न गर्छ ।

के सबै त्यस्ता छन् र जसका घर छन् उनलाई त सरकारले घरपुराउँनु पर्दैन लुम्बाले भन्छ । खै ? भन्दै मणिले कुराको बिट मार्छ । सबैले एक अर्काको मुखमा हेरा हेर गर्छन्, जस्तो एकले अर्कासँग यो प्रश्नको उत्तर खोज्दैछन् तर भेट्टिदैन ।
१९ अप्रेल २०२०,

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार