छिमेकीद्वारा साँध मिचाई कहिलेसम्म ?

सुरेश कुमार पाण्डे

आज देशमा छिमेकिले गरेको हश्तक्षेपले गर्दा ठुलो धक्का पुगेकोछ, तर त्यो भन्दा ठुलो जनतालाई सरकारले हश्तक्षेपको बिरोधमा सशक्त आवाज नउठाउँदा दुखःलागेको छ ।

आखिर देशमा आएका जुनसुकै सरकार पनि भारतीय हस्तक्षेपको बिरुद्धमा मुकदर्शक किन बन्छन ? किन उसको दवाबमा रहन्छन् ? यो नै जनचासोको बिषय बनेको छ । आज भन्दा करिब ५७ बर्ष अगाडि सन १९६२ तिर तत्कालिन राजा महिन्द्रले भारत र चिनको युद्धमा भारत प्रास्त भएपछि आफ्नो रक्षाको लागि भन्दै सहयोग मागेर केहि समयको लागि सैनिक ब्रेक बनाएको थियो । तर त्यो सैनिक ब्रेक बनाउँन सहयोग लिएको त्यहाँ मात्र सिमित नरहेको कुरा बि.स.२०५२मा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रेमकुमार धामीले पहिलो पटक कालापानीलाई राष्ट्रिय मुद्धाको रुपमा सस्थापित गराएपछि पुष्टी भयो । त्यो बेला त्यसको ब्यापक बिरोध पनि भयो “भारतीय बिस्तारवाद कालापानी छाड” जस्ता कयौँ नाराहरु लगाईए तर पछि प्रेम कुमार धामी नुवाकोटको ३५किलो मिटर भन्दा परको भिरबाट जिपको दुर्घटनामा परे र २०५४सालको भाद्र २७ मा उनको निधन भयो । भन्निन्छ त्यस पछि त्यो मुद्धा अलि ओझेलमा पर्दै गयो, तर कालापानीको बारेमा समय–समयमा खवाज उठ्दै आएको हामी पाउँछौं ।

लिम्पियाधुरा भनेको नेपाली सिमाना सुरुहुँने जीरो प्वाइंट हो । कालापानीमा एउटा कृतिम खोल्शा बनाएर त्यसलाई महाकालीको मूलभन्ने प्रयासपनि गरिएका कुराहरु आएकै हुन् । जीरो प्वाइंट बाट बगेको नदीको मुहान नै महाकालीको उद्गम स्थल भयको तथ्य नापि तथा भूमीसुधार बिभागले पुष्टि गरी सकेकोछ ।

हाल भारतले आफ्नो कुटी, नावी, गञ्जिका बासिन्दाहरुले तिरो तिर्न तत्कालिन मालपोत कार्यलय बैतडी उपस्थित भयको रिकर्ड नेपालसँग शुरक्षित छ भन्छन् । नेपालको सिमाना भित्रपर्ने यी तिनौटै गाउँ रातारात कसरी भारतीय भू–भागमा परिणत भए ? भूमी सुधार ब्यबस्थापन बिभाग मालपोत कार्यालय दार्चुलाले २०७३ असार २१ मा अभिलेखको प्रतिलिपिलाई बिभागमा पठाएको थियो । पत्र संख्या ७२–७३ चलानी नम्बर ५२६ अनुसार कटी, नावी, गुञ्जु गाउँको मोठ श्रेष्टाको प्रतिलिपि विभागमा शुरक्षित छ ।

यसै सम्बन्धमा ब्यास गाउँपालिका को सस्थाई बासिन्दा तथा प्रदेश सभा सदस्य गेल्बु सिंह बोहोरा भन्छन– ब्यास गाबिस अन्तरगत यि तिनवटै गाउँ नेपालका हुन् । तर अहिले ति भारतीय भयका छन् । त्यो जमिन भारतमा आएपछि स्वायत त्यहाँका बासिन्दापनि भारतीय भए तर त्यहाँका जनताले ब्यापक बिरोध गर्दै आएका छन् ।
भारतले सन १९५०को कथित शान्ति तथा मैत्रि शन्धिको धारा आठ अनुसार करिब६०हजार हेक्टर भूभाग नेपिललाई फिर्ता गर्नु पर्ने हुन्छ तर उस्ले उल्टै नेपाली भूभागलाई भारतिय नक्सामा गाभेर संसारलाई उल्लु बनाउँदै आफ्नो दादागिरी देखाउने दुशसहाश गर्दैछ ।

भारतले ब्रिटिश कालदेखी लगातार छिमेकिहरुमाथी अप्नाउँदै आएको हैकमवादी र बिस्तारवादी नितिलाई काएम राख्दै आएको कुरा उस्को अहिलेको ब्यबहारलेपनि प्रष्टपारेकोछ ।

उस्ले लगातार आफ्ना छिमेकिहरुमाथी कुनैन कुनै बहानामा अप्नाउँदै आएको ब्यबहार उनिहरुको स्वतन्त्र अस्तित्वमाथिको बलत्कारनै हो ।
सन १९४७भारत आजाद भयपछि सबै भन्दा पहिले पाकिस्तान, लाई दुईटुक्रामा दबदिल गर्न उस्ले खेलेको कै भुमिका परिणाम पाकिस्तानको पूर्वि हिस्सा सन१९७१मा बेग्लै बाग्लादेश अस्तित्वमा आयो।सिक्किम एउटा सार्वभौम सत्ता सम्मपन्न देशलाई ब्रिटिसकै ब्यबहार अपनाउँदै सन १९७४मा भारतको एउटा प्रान्त बन्यो।सन १९६२मा चिनसँग पनि युद्ध गर्यो तर हारेपछि सिथिलता आएपनि उस्ले बिस्तारै छिमेकि हरुमा कतै शान्तिको नाउँमा कतै सहयोगको नाउँमा हश्तक्षेपकारी निति अप्नाउँदै आयो र भुटानलाई आफ्नो औपनिबेश बनायो । नेपाललाई सुगौली शन्धिले अर्ध उपनेबेसिक बनाएको अहिलेपनि नेपाल त्यहाँबाट उठ्न सकेकोछैन ।

अहिले नेपालमाथि भारतले गरेको नाङ्गो र घृणित हस्तक्षेप भारतिय नियतिको प्रष्ट अनुहार हो।जस्को बिरोधमा सरकारले आवाज उठाउँन नसक्नु सरकारको दब्बु मानसिकताको उपजहो । भारतले यो १९हजार हेक्टर भूभागलाई आफ्नो नक्शामा पारेर नाङ्गो हश्तक्षेप गर्दापनि नेपालको सरकार चुँ नबोल्नुले यो सरकारबाट देशलाई शुरक्षा मिल्न नसक्ने प्रष्टैछ ।

भारत र पिकिस्तानको बिचमा १९६५मा भयको शान्ति बार्ता र युद्धबिरामको घोषणाको बाबजुद लगातार युद्ध हुँदैआएको कुराले यस्लाई कुनै शन्धि सम्झौताले असर पर्दैन यो बेलगाम भयो भन्नेकुराको राम्ररी पुष्टि घर्छ । अंझ उस्ले जम्मु काश्मिर को बिषयमा धारा ३७०–३५लाई बलजफ्ती हटाएर अन्ट्रर्राष्ट्रिय नियम कानून् समेतलाई उलंघन गरेकोले पनि यसको हैकमवादी नीतिमा फरक नपरेको प्रष्टैछ ।

त्यसकारण देशलाई जोगाउँने मन नेपाली जनताको छ भने सबै भन्दा पहिले भारतिय हस्तक्षेपको बिरुद्ध आवाज उठाउँनु पर्छ र दलालि मानसिकता भयका नेताहरुको लाई देशको सिमाना कटाउँनु पर्छ । देशको बिरुद्धमा उठ्ने आवाजलाई नियन्त्रणमा लिनेर कार्वाई गर्ने संघीयतालाई खारेज गरेर अखण्ड नेपालको निर्माण गर्ने जिम्मा नेपाली हौं भन्नेहरुको काँधमा आएकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार