महिला मुक्ति आन्दोलनलाई वर्गिय मुक्तिसँग जोडेर अगाडि बढ्नु पर्ने आवश्य हुन्छ : खनाल

नई दिल्ली । ८ मार्च अन्तर्राष्ट्रिय महिला श्रमिक दिवशलाई कतिपय पक्षले ५ तारे होटलहरुमा त कतिपयले विभिन्न मनोरंजन प्राप्त गर्ने उदेश्यबाट प्रेरित भएर मनाउने गरेता पनि मेहनतकश बर्गले आफ्नो मुक्ति आन्दोलनलाई टेवा पु¥याउने उदेश्यका साथ मनाउने गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कार्यवाहक अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा सम्पन्न ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै– पुँजीवादी व्यवस्थाले महिलाहरु माथि गरेको चरम शोषण, दमन र भेदभावको विरुद्व खासगरी अमेरिका र युरोपका विभिन्न देशमा विभिन्न समयमा बलदानीपूर्ण आन्दोलन गरेका थिए । तिनै गौरवपूर्ण ऐतिहासिक संघर्षको जगबाट नै ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुवात भएको खनालले बताउनु भयो ।
खनालले भन्नु भयो– “महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्तिसँग जोडिएको छ, त्यसैले यो आन्दोलनलाई वर्गिय मुक्ति आन्दोलनसँग जोडेर अगाडि बढेमा मात्रै वास्तविक मुक्ति सम्भव छ ।” महिला हिंसाको बिरुद्ध संघर्ष गर्न महिला दिदी बहिनी समाजमा संगठित हुनु जरूरी रहेको समेत खनालले जोड दिनु भएको थियो ।
कार्यक्रममा महिला केन्द्रीय विभागबाट शारदा खनाल, मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय सहसचिव शिव केसी, कोषाध्यक्ष तिलक पाण्डे, नगर अध्यक्ष बिन बहादुर कुँवर, सदस्य मुक्ति भुसाल, रक्तिम विभागका पहल सिंह परियार, विद्यार्थी क्षेत्रीय समिति सहसचिव निशा खनाल, सदस्य अस्मिता पाण्डे, महिला नगर विभागबाट सावित्रा कुँवर लगायतले आ–आफ्ना बिचार राख्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर विभागकी बिष्णु रायमाझीले र सञ्चालन गिता पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मन्जु रायमाझीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार