महिला नेत्री नन्दकला थापा (का. अनिता)लाई नेकपा(मसाल)को श्रद्धाञ्जली

काठमाडौं, 4 दिसेम्बर 2025,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कुल बहादुर थापा कि पत्नी एवं महिला नेत्री नन्दकला थापा (देवी थापा)को उपचारकै क्रममा पोखरा स्थित मणीपाल हस्पिटलमा 2082 मंरिस 18 गते नेपाली समयानुसार 5ः40मा वहाँको दुखद निधन भएको छ । वहाँ लामो समय देखि बिमारी हुनुहुन्थ्यो र लामो समय सम्म चेन्नईमा उपचार भएको थियो । 2081 दशैंको समयमा भेटघाटको लागि स्वदेश जानु भए पछि निरन्तर नेपालमै उपचार भईरहेको थियो । वहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सकृय कार्यकर्ता हुनुहुन्थ्यो । साथै वहाँ नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सदस्य समेत हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले वहाँको निधन प्रति गहिरो दुख व्यक्त गर्दै शोक वक्तव्य जारी गरि श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।
शोक वक्तव्यमा भनिएको छ।

“बागलुङ जिल्ला जैमुनी नगरपालिका-८ निवासी कामरेड नन्दकला थापा (का. अनिता) को आज २०८२ मंसीर १८ गते निधन भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त कामरेड कुलबहादुर थापा (उहाँका पति) सहित उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति तथा समवेदना व्यक्त गर्दछौं ।

कामरेड नन्दकला हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो। उहाँ भारतस्थित नेपालीहरुको सर्वप्रिय संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा लामो समयसम्म कार्यरत रहनु भएको थियो । उहाँले हाम्रो पार्टीका विभिन्न तहका समितिमा रहेर सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो। उहाँ हाम्रो पार्टीको अनुशासित, सक्रिय, जुझारु, कर्तव्यनिष्ट र प्रतिवद्ध सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार